खास समस्या ओलीमात्रै हुन्, अरू त गफ हुन् !



नारायण गाउँले ।
संसदमा बहुमत प्राप्त नेकपा भन्ने दल छ । म नभए पार्टी र संसद किन चाहियो भन्ने दम्भ ओलीले त्याग्ने हो भने नेकपाकै अर्को कोही प्रधानमन्त्री चुनिन सक्छ । दुई वर्ष अविश्वास प्रस्ताव ल्याउन पाइन्न । सरकार त्यसै स्थिर हुन्छ । ओलीबाहेक अरूले ल्याउने जथाभावी अध्यादेश पनि राष्ट्रपतिले रोकिहाल्छिन् । यसअघि देउवाले गरेको सिफारिश रोकेकै हुन् ।

ओलीबाहेक अर्को नेता नै छैन, चलाउनै सक्दैन, अर्कोले पाएको भोट जनताको हुँदै होइन भन्नु अतिवाद हो । झापाको क्षेत्र नम्बर ५ का भोटर मात्रै जनता हुन्, बाँकी सबै भेडा हुन् या सिङ्गो पार्टी भूस हो र ओलीमात्रै चामल हुन् भन्ने व्याख्याले त उनकै अपमान गर्छ । नेकपामा ओलीबाहेक अर्को मान्छे नै छैन भने अरू पार्टी पनि छँदै छन् ।

कुर्सी मोहकै कुरो गर्ने हो भने ओलीको सड़क जात्रा पनि तेस्रो पल्ट प्रधानमन्त्री बन्नका लागि हो । उनी बारम्बार बन्न हुने, अरू बन्न नहुने भन्ने के छ र ? पूरै कार्यकाल चलाएको कोही छैन । झलनाथलाई त १०० दिन नहुँदै हटाउनुपर्छ भन्ने उनै हुन् !
गोकुल बाँस्कोटाले छोडेको केही हिसाबकिताब र सड़क प्रदर्शनको खर्चबारे चिन्ता हो भने बसेर पार्टीमा भागबण्डा गरे भयो । देउवा पनि किचनकै मान्छे हुन् । लोभ नगरी अलिकति बाँडचुँड गर्यो भने खुसी भइहाल्छन् ।
एउटाले हुटिट्याउँ प्रवृत्ति छोड्दा आकाश र निकास दुबै सुरक्षित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ