ओलीलाई भ्रष्ट, असफल र तानाशाह भन्नुअघि आफ्नै पार्टी र देउवालाई हेर्नुभएको छ ?



नारायण गाउँले ।

प्रिय कांग्रेसी जन ! ओलीलाई भ्रष्ट, असफल र तानाशाह भन्नुअघि आफ्नै पार्टी र देउवालाई हेर्नुभएको छ ?
-केन्द्र त टाढा भयो, एउटा मात्रै प्रदेशमा समेत चुनाव जित्न नसकेपछि कसैले नैतिक जिम्मेबारी लियो ? कसैले राजीनामा दियो ?
-आफूलाई लोकतान्त्रिक भन्ने पार्टीले कार्यकालभित्र महाधिवेशन गर्नुपर्ने होइन ? केले रोकेको थियो ? के ओलीका कारण कांग्रेस महाधिवेशन हुन नसकेको हो ?

-निर्वाचनपछिको तीन वर्ष के हेरेर बित्यो ? कांग्रेस न सड़कमा थियो, न देखिने गरी संसदमा थियो । कुटिलतापूर्वक महाधिवेशन पर धकेल्ने, आफ्नो कार्यकाल आफूखुशी थप्दै जाने र सामान्य भ्रातृसङ्गठनको चुनाबसम्म गर्न नसक्ने कांग्रेसले अरूलाई असफल भन्न मिल्छ ?

-देउवाले पार्टीलाई चुनाव जिताउन त सकेनन्, कार्यकालभरि पार्टीको संरचनालाई पूर्णता समेत दिएनन् । जब कार्यकाल सकियो, भटाभट मनखुशी नियुक्ति दिए । यस्तो नियुक्ति खाएर विधि र पद्धतिको कुरा गर्न मिल्छ ?

-राजनैतिक सङ्कट बढ़ी रहोस् र आफ्नो सभापति पद बचिरहोस् भन्ने तुच्छ चाहना आफैमा प्रतिगमन होइन ?

-जाबो समयमा चुनाव गरेर आफ्नो नेतृत्व छान्न समेत नसक्ने र देउबाले अध्यक्ष तोकिदिनुपर्ने विद्यार्थी सङ्घ या तरुणदेखि महिला सङ्घसम्मले कसरी प्रतिगमको सामना गर्ने ?

देउवाको अग्लो फोटोमुनि उभिएर सरकारको नालायकीपन या ओलीको तानाशाहीबारे चर्को नारा लगाएको अलि नसुहाउने रहेछ ! बाँकी कुरो त तपाईं आफै बुझ्नुहुन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

राज्यलाई १ करोड ८४ लाख हानिनोक्सानी गरेको भन्दै अख्तियारद्वारा नारायणी अस्पतालका तत्कालीन निर्देशक ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय

माओवादीले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरू गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने भएको

रासायनिक मलको अभाव हुने भएपछि प्राङ्गारिक र जैविक मल खोज्दै सरकार

काठमाडौँ । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको