भिरबाट लडेको गाईजस्तो मेरो देश



डा. युवराज संग्रौला ।
मन मनै पीडा हुन्छ । जब देशको सर्बत्र हालत देख्छु, भिरबाट लडेको गाईजस्तो देख्छु । त्यो थाङ्गथिलो शरीरमा बाँचेको आत्मा जस्तो कुनै कुनामा मुखले भेटेको झार तानेर खान्छ तर अझै बाँच्ने जिजिभिषा छोडेको छैन। सायद राम्रो सेवा उपचार पाए बाँच्दो हो ।

१. हाम्रो आफ्नै इतिहास, भारतको इतिहास अनि चीनको इतिहास पढ्छु उतिबेला सुदूर बिगतमा पनि गुरुकुल थिए, विद्यार्थी थिए, शिक्षक थिए अनि उनिहरु आदर्श, मूल्य मान्यताका लागि संघर्ष गर्थे । उनीहरु राष्ट्र जोगाउन लागिपर्थे । भ्रष्ट शासककाविरुद्ध लढ्थे । चाणक्यले नन्द अत्याचारका विरुद्ध लडे । आमाको लास जलाउँदा दाउराको कर तिरेनन् । चीनमा साङ याङ्गले माफी मागेनन् बरु चारवटा घोडाले तानेर शरीर टुक्रा टुक्रा पारेर मर्न तयार भए ।

२. इतिहासमा ती मानिस भ्रष्टाचारको बिरोध गर्थे । उनीहरु मारिन्थे तर लुच्चो जीवन बाँच्नु भन्दा मर्न तयार हुन्थे । त्यो सभ्यता र ज्ञानबाट आएको मेरो देश आज लडेको गाईजस्तो भएको छ । शरीर भरी किर्ना लागेका छन् । किर्ना रगत चुस्न मात्र तल्लिन छन् । किन नचुसुन, उनको धर्म नै चुस्ने हो । उपियाँ जिउँदो लास खोज्छन्, उनको दाउ पनि चुस्ने नै हो ।

३. डाँडाबाट उभिएर हेर्यो भने, सबै पहाड खनिएका छन् । काका गाउँको नेता छ भतिजोको डोजर छ । जनताले तिरेको कर छ । जनता प्रत्येक क्षण कर तिर्छन् । काम गर्ने कामको नशामा मेरेका छन, लुट्ने हरेक दिन लुटिरहेका छन् । पहाडलाई हेर्दा जताततै जंगलका चेउमा बीचमा डोजरले जमिन सम्याइएका छन् । ती जमिन माफियाले दर्ता गराएका छन् अनि भ्रष्टाचारबाट कामाउनेले किनेर रिसोर्ट बनाउँछन् र त्यहाँ षड्यन्त्र गर्ने अर्को एउटा अखडा बन्छ । त्यहाँ रक्सी बिक्छ ।

४. कसरी बन्छ देश जब समता सकिन्छ । कसरी बन्छ देश जब स्वाभिमान र देशभक्तिको भावना मर्छ । कसरी बन्छ देश जब समृद्धिको सपना लुटिन्छ । जब विकासमा किरा लाग्छ, त्यो किरापरेको फल जस्तो हुन्छ । मातृभूमि भन्दा ठूलो अरु केही छैन । तर विकासका नाममा असभ्यता मौलाएको छ । अहिले अपराधको धम्की दिने मानिसले गाली खाँदैन। लुट्ने भ्रष्टाचारीले गाली खाँदैन, लुगा फ्याकेर नांगो हुनेले गाली खाँदैन। म जस्ताले गाली खान्छन् जस्ले आफनै नागरिकले आफ्नै जमीनमा श्रम गरेर धनी हुनुपर्छ भन्छ । मेरो एउटा विद्यार्थी छुट्टीमा मेधेस गएर खसी किनेर ल्याउँछ र कमाएर पढ्छ उसलाई गतिलो मानिन्न, मेरो अर्को विद्यार्थी मुर्दावाद र जिन्दावाद भन्दै कुद्छ उ समाजको आदर्श मानिन्छ । मेरो वैज्ञानिक आफू राम्रो बीउ बनाउन अनुसन्धान गर्दैन, उ मोन्सान्टोका बिउमा देशको विकास फल्ने देख्छ। मेरा अर्थशास्त्री नेपालीका सुनचाँदी र नोटका रुपमा दराजमा मकाएको धन निकालेर लगानी गर्न सिकाउँदैनन्, उनीहरु विदेशीको लगानी ल्याउने सम्मेलन गरेर नेपालीले तिरेको कर सिध्याउँछन।

५. जब म स्वालम्वनको कुरा गर्छु, जब म आफनै परिश्रम र लगानीको कुरा गर्छु, नेपाली किसानको रक्षाको कुरा गर्छु, किर्ना र उपियाँ मलाई टोक्न आउँछन् । यो चरित्र आफू काम नगर्ने, अल्छि, लुट्ने झोलेको चरित्र हो ।

रास्ट्रको निर्माण योग्य मानिसले मनमा स्वाभिमान र दिमागमा बुद्धि खेलाएरमात्र गर्न सक्छन् । आजसम्म विदेशीले कुनै देश बनाइदिएका छैनन् । आजसम्म सत्ताको राजनीति गर्नेले कुनै देश बनाएका छैनन् । आजसम्म ध्यानमात्र गर्नेले गरिबीबाट मुक्ति दिएका छैनन् । मसँग गफाडीहरु थुप्रै आउँछन् देशका बारेमा चिन्ता गर्दै । उनीहरुका आँखामा लुट्न नपाएको कुन्ठा देख्छु । म देशका बारेमा सोच्न छोड्ने छैन ।
एक जना गरिबका नेताले भनेका थिए
‘मेरा आँखा सधैं रसाउँछन्
किनकी
म यो भूमिलाई अधिक माया गर्छु।’
म झोले र माफियाका गाली खान बानी परिसेको छु।
एक दिन आउने चेतनशिल पिँढीले लढेको गाईको उपचार गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अजरबैजानका उपविदेशमन्त्रीलाई सहकार्यका क्षेत्रको पहिचान गरी मिलेर काम गर्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन्

अर्थमन्त्रीसँग भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको भेट

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का

अद्वैत र विशिष्टाद्वैका विचको सङ्घर्ष र प्रेम

डा. गोविन्दशरण उपाध्याय । ‘ऋतेः ज्ञानान्न मुक्ति’ शास्वत ज्ञान प्राप्त नभएसम्म मुक्ति प्राप्त

केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु छानबिनका लागि सरकारले कुटनीतिक पहल थालिसक्योः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी