शासन व्यवस्थामा आएको ज्वरो निको पार्न कसले गर्ने प्रयत्न ?



भीम उपाध्याय ।

काखको बच्चा एक्कासी कडा ज्वरो आएर बिरामी पर्दा निरक्षर अनपढ आमाले पनि म डाक्टर होईन, केही गर्न सक्दिन, जान्दिन भनेर त्यतिकै बस्छ र ? आमाले मायाले आफूले जानेको बेसार, तुलसी, टिमुर, ज्वानो, मरिच जे उपलब्ध छन्, पकाएर, औषधि बनाएर खुवाई हाल्छिन्। बच्चा पनि विस्तारै सन्चो पनि हुन थाल्छ। म डाक्टर होइन भनेर आमाले प्राणप्रिय बच्चालाई त्यसै सफर गर्न कुनै हालतमा पनि दिँदैनिन् ।

मुलुकको शासन व्यवस्थामा ज्वरो आई बिमारी पर्दा सबै जनताले आफू विज्ञ भए पनि, नभए पनि त्यस्तै बेसार, टिमुर, ज्वानो, मरिच पकाएर खुवाउनुपर्छ। जान्दिन भनेर चुप लागेर बस्नु हुँदैन। डाक्टर आउला, हेर्ला, उपचार गर्ला भनेर पर्खेदै हात बाँधेर बसेमा डाक्टर आईपुग्दासम्म बच्चा मर्न पनि सक्छ।

तपाइँ हामी कसैले पनि यो दुनियाँको सबै ठेक्का लिएका छैनौं, लिन सम्भव पनि छैन।तर हाम्रा अगाडि यदि कोही पीडित वा अति दुःख पाएको, आर्थिक रूपमा अतिकमजोर, अतिबेरोजगार, गरिब व्यक्ति जम्काभेट भयो वा उसले दुःख पाएकोले तपाइँ हामीसँग सहयोगको याचना गर्यो भने वा देखियो भने त्यसबेला कुनै अन्य कुरा सोच्दै नसोची, तत्काल आफूले सकेको सहयोग दिईहाल्नुपर्छ। नभए, दान गर्न नसकेको धन, ज्ञान र शक्ति बेकार हुन्छ। त्यसले पछि आफैंलाई पिर्ने गर्छ।

जति जति पछि नेपालमा नयाँ नयाँ सरकारहरू आउँदै गर्छन्, तिनलाई त्यति त्यति काम गर्न झन् झन् बढी कठिन हुँदै जाने र फलामको च्युरा चपाउनु पर्ने हुँदै गर्छ । किनभने मुलुकको विगत अथाह बिगारी सकिएको छ, बिकृतिका रोगहरू धेरै क्रोनिक भएर छिप्पिदै गई राजकीय शरीरका अंगका अन्य भागहरूमा पनि सुनामी संक्रमण भएको छ र त्यो जारी छ। यो भन्दा डरलाग्दो कुरा त ती बिकृतिका सर्जक वा जनकहरू, पात्रहरू, खेलाडीहरू यिनै नेता, तिनका कार्यकर्ता, आफन्त, समर्थक, भातृ संगठन, चन्दादाता, उद्योगी ब्यापारी, कथित प्रि/पोष्टपेड दलीय बुद्धिजीबीहरू वा विद्वानहरू नै हुन् । तिनकै कब्जामा मुलुक छ । आफन्तहरूको घेराउमा यसरी घेरिएर होलसेलमा शासन प्रशासन बिकृत बने वा परेपछि यसको समाधान चानचुने हुने कुरै छैन। महाभारतको कथामा जस्तो नातेदारबीच मै टोटल वारको धर्मयुद्धबाहेक अरू कुरै समाधान पनि सम्भव छैन।

कुनै मानिसले समाज वा मुलुकका लागि कुनै गाह्रो वा असम्भव प्रतित काम गर्छु भनेर अघि बढ्यो भने मेरो सहयोग र समर्थन रहने गर्छ। मैले गर्न नसक्दैमा अरूले गर्न सक्दैन भन्दिन। तर, मैले गर्न सक्छु भने अरूले पनि गर्न सक्छन् भन्ने ठान्छु।

ईमानदार लगनशील भएर लागिपर्नु आफ्नो हातमा छ, नतिजा सबै आफ्नो हातमा छैन। कसैको ईमानदार प्रयत्ननै मेरा निम्ति सबैभन्दा स्तुत्य रहन्छ। सही नतिजा निस्कन धेरै तत्वहरूको समन्वय, सहयोग, सहकार्य वा अनुकूल समयको हात हुने गर्छ। कसैले केही गरेन भने केही हुनेवाला छैन, तर कसैले केही गर्यो भने पनि हुन्छ भन्ने हुँदैन । त्यसैले गर्न पवित्र मनसायले अघिसर्नेहरू नै महान हुन्, ती नै मानवजाति, समाज र मुलुकका जिम्मेवार व्यक्ति हुन् ।

प्रयत्नमा मात्र अधिकार छ, नतिजामा कसैको अधिकार हुँदैन। पवित्र भलाईका काममा प्रयत्नशील रहने सबैमा स्तुत्य छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ