नेपालमा ‘आफ्नो ज्यान आफै बचाऔँ’ भन्ने नारा बढी प्रभावकारी हुनेछ



नारायण गाउँले ।

भाइरसको नयाँ र तीव्र सङ्क्रमणशील प्रकारका कारण आजबाट बेलायतलाई चौतर्फी नाकाबन्दी शुरु भएको छ ! सप्लाइको लाइफलाइन मानिने र दिनमा हजारौं लरी आवतजावत गर्ने युरो-टनेल फ्रान्सले बन्द गरिदिएको छ । सामान र यात्री दुबैका लागि कम्तिमा दुई दिनका लागि सीमा बन्द भएपछि धेरै यात्री र ट्रकहरू सीमामैं रोकिएका छन् । फ्रान्सले रोके पनि उताबाट आउने सामान आफूले नरोकेको भन्दै बेलायत सरकारले जनतालाई नआत्तिन र आवश्यकभन्दा बढ़ी खरिद नगर्न सल्लाह दिएको छ ।

बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ प्रकार अन्यभन्दा ७०% सम्म बढ़ी सङ्क्रमणशील रहेको वैज्ञानिकहरूको दाबीसँगै बेलायतसँग धेरै देशले हवाइ सम्बन्ध स्थगित गर्दै गरेको समाचार आइरहेछन् ।

जर्मनी, फ्रान्स, इटाली, आयरल्याण्ड, स्विट्जरल्याण्ड नेदरल्याण्ड जस्ता युरोपियन देशले डिसेम्बरभरिका लागि ‘ट्राभल ब्यान’ घोषणा गरेका छन् भने आज ब्रसेल्समा बस्ने युरोपियन काउन्सिलको बैठकले सिङ्गो युनियनको ढोका बेलायतका लागि बन्द गर्ने अनुमान छ । आजबाट हङ्कङ्, क्यानडा, टर्की लगायतका देशले पनि हवाइ सम्बन्ध स्थगित गर्ने बताइएको छ ।

आमरूपमा भ्याक्सिनेशन सुरु गरेको बेलायतमा भाइरसको नयाँ स्ट्रेन भेटिएसँगै विश्वभर चिन्ता बढेको छ । युरोपको शेयर बजार ओरालो लागेको छ भने छिटै महामारीबाट बाहिर आउने आशामा ठेस लागेको छ ।

बेलायतमा हिजो ३५९२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन अघिल्लो हप्ताभन्दा झन्डै दोब्बर हो । झन्डै सिङ्गो बेलायत सेमिलकडाउनमैं रहेको अवस्थामा समेत हप्ता दिनमैं दोब्बर हुने गरी फैलिएको सङ्क्रमणले धेरैलाई चिन्तित बनाएको छ । बेलायतमा लकडाउनका नियमहरूमा थप कड़ाइसमेत गरिएको छ ।

नयाँ प्रकार (स्ट्रेन) बारेको अध्ययन प्रारम्भिक चरणमैं रहेकाले थप तथ्य आउन बाँकी नै छ । तथापि भाइरसको स्ट्रेन एकदमैं सङ्क्रमणशील रहे पनि यो पहिलेभन्दा बढ़ी घातक भएको पुष्टि भने नभएको बताइन्छ । अहिले विकास गरिएको भ्याक्सिनले अझै पनि यसलाई नियन्त्रण गर्न सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।

समाजवादी र क्रान्तिकारी नेपालको राष्ट्रिय महत्त्वको विषय र मुद्दा महिनौंदेखि ‘ओली र प्रचण्ड’ रहेकाले आफ्नो ज्यान आफै बचाऔँ भन्ने नारा बढ़ी प्रभावकारी हुन सक्ने मेरो विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम(पूर्णपाठ)

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ

केआईआईटी जस्ता शैक्षिक संस्थाहरू हाम्रा विद्यार्थीका लागि किन असुरक्षित छन् ?

-सुमना श्रेष्ठ । केआईआईटीमा फेरि पनि एकजना नेपाली बहिनीले आत्महत्या गरेकी छिन् ।

अद्वैत र विशिष्टाद्वैका विचको सङ्घर्ष र प्रेम

डा. गोविन्दशरण उपाध्याय । ‘ऋतेः ज्ञानान्न मुक्ति’ शास्वत ज्ञान प्राप्त नभएसम्म मुक्ति प्राप्त

हिजो गणेशमानलाई हत्कडी लगाउनु जसरी बेठिक थियो आज रविन्द्र मिश्रलाई लगाउनु पनि त्यसरी नै बेठिक हो

-युगनाथ शर्मा पौडेल अप्रिय भविष्यवाणी गरिरहेको यो दृश्य । रवीन्द्र मिश्र, राप्रपाका वरिष्ठ