‘मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’



आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेतृ बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ ।

मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौ झै लाग्छ । हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं तर अफसोस सोचले अझै पिछडिएका छौं ।

यहाँ बालिकाहरुलाई सम्म खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन् । बाँकी तपाईहरु बुझकी !
निवेदक एक
आम नेपाली नारी
ऋचा शर्मा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आवासीय चिकित्सकका माग पूरा गर्न चिकित्सक संघको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका आवासीय चिकित्सकलाई काठमाडौं केन्द्रित आन्दोलनमा आउन आह्वान

दशरथ रंगशालामा रोबर्टो कार्लोस(फोटोफिचर)

काठमाडौं । ब्राजिलका फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित भएका छन् । नेपाल

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौँ । शिक्षामन्त्रीमा नेकपा एमालेका नेता रघुजी पन्त नियुक्त भएका छन् । राष्ट्रपति

प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई