सरकार हाम्रो उद्दार गरिदेउ, खर्च आफैं बेहोर्छौं
नमस्कार
माननीय सांसद ज्यू
म माल्दिभ्सको एउटा टापुमा काम गर्ने एउटा गरिब परिवारको सदस्य हु । यहाँ कम्पनी बन्द भएको २ महिना भै सक्यो । कम्पनीले नेपाल पठाउनु खोजेको छ । याहाँ न काम छ न पैसा दिएको छ खाना पनि सुखा रोटी र दाल मात्र त्यही पनि पेटभरी दिएको छैन । साह्रै गाह्रो भएको छ । नेपालको लकडाउनले गर्दा अलपत्र परियो । सबै देशहरुले आफ्ना नागरिकलाई आफ्नो देश लागिसक्यो । हाम्रो कुरा सुनिदिने कोही भएन । याहाँ कोरोना दिन दिनै बढिरहेको छ । घर फर्किने आस मरिसक्यो । यदि हजुरहरुको मन खान्छ भने हाम्रो लागि केही पहल गरिदिनु पर्यो । हामीहरु आफैं टिकट आफ्नै खर्चमा प्लेन चार्टर गरेर आउन तयार छौं । तर हाम्रो कुरा सुनिदिने कोही भएन । न त एम्बेसी छ याहाँ । साह्रै कठिनाई भोग्नु परेको छ । यदि सक्नु हुन्छ भने केही पहल गरिदिनु पर्यो । अरु देशले गर्न सक्छ भने हाम्रो देशले अवश्य सक्छ । यो कुरा सम्बन्धित निकायसम्म पुर्याईदिन यो सानो अनुरोध छ ।। धन्यवाद ।
ईश्वरी विश्वकर्मा
कुश्मा पर्वत
हाल, मल्दिभ्स।