स्वास्थ्यमन्त्रीलाई खुला पत्र



स्वास्थ्यमन्त्रीज्यू,
ठाउँठाउँ कोरोनाभाइरस हस्पिटल भन्दै पूर्वाधार नभएको भवनमा बेड र बोर्ड राख्ने काम बन्द गर्नु जरूरी देखियो । बचाउन सकिने तीन वटा ज्यान गइसक्यो ।

सास फेर्न नसकेर भेन्टिलेटरमा राख्नुपर्ने सिकिस्त बिरामीलाई धागो कारखानाको पुरानो बिल्डिङमा सुताइदिएपछि मृत्युलाई रोक्न सकिन्नथ्यो नै । यसरी उपचार नै नपाएर मान्छे मर्ने अवस्थाले तपाईंलाई पनि उत्तिकै दुःख लागेको होला । धनगढ़ीमा भर्ना भएका बिरामीले तातो पानी पिउन पनि पाएका छैनन् । न कसैले परीक्षण गर्छ, न दबाइ दिन कोही आउँछ । यसरी त हस्पिटल र आइसोलेशनको नाममा बिरामी कोठामा थुनिएर मर्ने भयो । भरतपुरमा बनेको कोरोनाभाइरस हस्पिटलमा भाइरस नै नभएका बिरामीले सही उपचार नपाएर ज्यान गुमाए । निगेटिभ आयो भन्यौं, खुशी भयौं । चार दिनपछि बल्ल रिजल्ट आउँछ, आफन्तले के गर्ने ? मर्दै गरेको बिरामीलाई पानी दिने कि नदिने ? शव बुझ्ने कि नबुझ्ने ? क्वारेन्टीनमा बसेका मुटुका बिरामीको पोखरामा मृत्यु भयो ।

कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति छ । तर त्यसले समन्वयबाहेक अरू काम गरेजस्तो देखिन्छ । तुरुन्त देशभरका सबै खाले स्वास्थ्यसंस्थाबीच समन्वय गरेर एउटा ठूलो फोकल हस्पिटल तय गरेर त्यहाँका बिरामीलाई अन्यत्र सार्न जरूरी देखियो । यस्तो हस्पिटल जसमा दक्ष जनशक्तिदेखि भेंटिलेटरसम्मको भौतिक पूर्वाधार होस् । नयाँ भवनमा त्यो जोड्न सजिलो हुँदैन । क्लिनरको टिम चाहियो, पोर्टर चाहियो, सुरक्षाकर्मी चाहियो, किचन स्टाफ चाहियो, शौचालयहरू चाहियो र पालो दिन सक्ने गरी विषयविज्ञ डाक्टर-नर्सको ठूलो टोली चाहियो । त्यो सबै नयाँ भवनमा जोड्न गाह्रो हुन्छ ।

विदेशको उदाहरण हेरेर नयाँ हस्पिटल बनाउनु त राम्रो देखिएला, तर त्यसले झन जोखिम बढाउँछ । हामी रातारात हस्पिटलको अत्यावश्यक पूर्वाधार निर्माण गर्न सक्दैनौं । अक्सिजन त सिलिन्डरबाट लैजान सकिएला तर यस्तो विशेषज्ञ हस्पिटल बनाउन अन्य धेरै कुरा चाहिन्छ । फार्मेसी, इक्युपमेंट, लन्ड्री, क्लीनिंग प्रोडक्ट, हात धुनेदेखि पिउने स्वच्छ पानीलगायतको हस्पिटलको आफ्नै इकोसिस्टम हुन्छ, जसलाई सजिलै नयाँ भवनमा पूरा गर्न सकिन्न ।

आवश्यक परे, तिनको प्रयोग गरौँला । अहिलेलाई हरेक क्षेत्रमा एउटा हस्पिटल खाली गर्न सकिन्छ । बेलायतले पनि यही गर्दै छ । चीनले गरेको पनि यही हो । तीनचार हजार बेडको मेकशिफ्ट हस्पिटल थपिएका हुन्, बाँकी त बनेकै पूर्वाधार प्रयोग गर्ने हो । यो किफायती, प्रभावकारी र लाइफसेभिङ् हुन्छ । हस्पिटलको वर्तमान जनशक्ति नै प्रयोग गर्ने गरी तालिम शुरू गरौँ । ड्रिलहरू गरौँ । इन्फेक्शन कन्ट्रोलका उपायबारे ब्रिफिंग गरौँ । अहिले आएका पीपीई त्यहाँ पुऱ्याउँ । एक एक वटा एम्बुलेन्स डेडिकेटेड रूपमा त्यसैका लागि तयार राखौं । क्लिनरदेखि डाक्टरसम्मको ‘ऱ्यापिड रेस्पोन्स टिम’लाई आवश्यक तयारीका साथ तालीम दिएर राख्ने हो भने देशको जुन कुनामा पनि एअरलिफ्ट गरेर डाक्टर पुऱ्याउन सकिन्छ । अनुभव नभएकाहरूलाई उपचार गर्नै पर्ने आदेश दिएर हुँदैन । तिनले झन बढ़ी इन्फेक्शन फैल्याउने डर हुन्छ ।

बिरामीलाई हस्पिटल गए बाँचिन्छ भन्ने लागेन भने त ती घरमैं रोग पालेर बस्छन् । उपचारका नाममा छि:छि: दुर्दुर् र अपहेलना मात्रै सहन त को हस्पिटल जान्छ र ? अहिले सबैभन्दा बढ़ी आवश्यकता समन्वयको देखियो ।

नारायण गाउँले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादी छाडेर एमाले प्रवेश गरेका दुई मेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका दुई मेयर, पाँच

सर्वोच्चको फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको छः प्रधानमन्त्री

दोस्रोपटक प्रतिनिधि सभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

यो कुनै अवसरवादी गठबन्धन होइनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल