महामारीको कारण उदाएको अमेरिका, महामारीकै कारण सकिने सम्भावना
भरत दाहाल ।
अनुमान गर्नुहोस् कि एउटा आकस्मिक विपत्तिमा आफ्नै गठबन्धनबाट साथ नपाउने गरी यति घिनलाग्दो राजनीतिक स्तरमा ओर्लिन सक्ने अमेरीकी सत्ताले नेपालमा एमसिसि ल्याएर चीनका विरुद्धमा के गर्न खोजेको होला ? अमेरीका भन्दा पनि MCC लाई जसरी पनि ल्याउनु पर्छ भन्ने यहाँका कोरोनाहरु कति खतरनाक छन् ? संभवतः छिटै अमेरीकी साम्राज्य सदाका लागि डुब्दैछ। यो त्यसका गठबन्धन सदस्यहरुका लागि पनि थेग्न नसकिने बोझ भैसकेको छ। अर्काको डाह र ईर्ष्याले त्यसले कसैलाई पनि नपच्ने खालका कृयाकलापहरु गर्न लागेको छ।
अमेरीकाको शक्तिका रुपमा उदयको कथा पनि महामारीसंगै जोडिएको छ। सन् १७९३ देखि १७९८ सम्म अमेरीका र क्यारेबियन क्षेत्रमा फैलिएको जण्डिसको महामारीसंग पराजित भएर फ्रान्सले क्यारेबियन क्षेत्र अमेरीकालाई बेचेर त्यहाँबाट भोगेको थियो। यही घटनाले अमेरीकाको उदय गरायो। अहिले कोरोना भाइरसको नियन्त्रणमा सामुहिक रुपमा लाग्न छाडेर अमेरीकाले यसलाई चीन विरोधि राजनीतिक मुद्दा बनाउन जुन प्रयास गरिरहेको छ, यो घटना त्यसका लागि विश्वबाटै अलगाउ र पतनको निमित्त कारण बन्न सक्ने संभावना प्रबल बन्दै जान थालेको छ।