होली पर्वको मनोविज्ञान



सकारात्मक मनोभावको विकासका लागि चाडपर्व 

कार्य व्यस्तताको दैनिकीमा हामीले विभिन्न खालका अवस्था र अकेनथरी व्यक्तिले गरेका राम्रा नराम्रा व्यवहारको सामना गरेका हुन्छौं । यसरी अरुले गरेको व्यवहार र बाहिरी वातावरणले हाम्रो मनलाई गहिरो प्रभाव पार्ने गर्छ । दिनभरी कार्यालय, पसल, कारखाना वा कुनै पनि कार्यक्षेत्र अथवा अन्त कतै विभिन्न कारणले हाम्रो मनोभावमा उत्तारचढाव आउने हुन्छ । तथापी अधिकांशको हकमा हाम्रो दैनिकीको वातावरण नै यस्तो हुन्छ कि त्यसले हर्ष, आनन्द, स्नेह, प्रेम, सहयोगी आदि सकारात्मक मनोभाव भन्दा नकारात्मक मनोभाव उत्पन्न गर्न सहयोग गरेको हुन्छ । कार्यको बोझ, अनेक मानिसले गरेका मन नपर्ने व्यवहारहरूले हामीमा तनाव लिने, हातास हुने, झर्को लाग्ने जस्ता अनेकन किसिमको मनोभाव उत्पन्न गराएको हुन्छ । चाडपर्वहरू हाम्रो दैनिकीको काम गर्ने समयको विश्राममात्रै होइन, बरु बाहिरी वातावरण परिवर्तन गरि दैनिक रूपमा मनमा उब्जने मनोभावमा फेरवदली गर्ने विश्राम हो । चाडपर्वको महौल नै मनलाई पुलकित बनाउने खालको हुन्छ । वास्तवमा चाडपर्वहरू मानिसको मनोभावसँग गहिरोसँग जोडिएको हुन्छ । मनोभावनाका सन्दर्भमा चाडपर्वको उद्देश्य मानिसमा आनन्दित, स्नेह, भाइचारा, उत्साहित, सहयोगी आदि राम्रा मनोभावको विकाससँग सरोकार राख्छ ।

हामीले प्रयन्न गरेर मनलाई जे कुराप्रति ध्यान दिन लगायौं त्यही कुराप्रति स्वचालित रूपमा मन झन्झन् केन्द्रित हुँदै जाने हुन्छ । अर्थात् मनलाई दुःखी हुन सिकायो भने त्यो दुःखी हुन्छ । अनन्दित हुन सिकायो अने आनन्दित हुन सिक्छ । अनि प्रेम वा घृणा के सिकाउँछौं त्यहीं सिक्छ । हाम्रो दैनिकीले हाम्रो मनलाई विशेषगरि नकारात्मक कुराप्रति झुकाव राख्न मद्दत पुर्याएको हुँदा, तत्अनुरूप हाम्रो मन झन्झन् व्याकुल हुँदै जाने खतरा हुन्छ । तर चाडपर्वको महौलले मनमा सकारात्मक मनोभाव विकास गरी हाम्रो मनलाई आनन्दित बनाउन सहयोग पुर्याएको हुन्छ ।
अब मूल विषय होलीले हाम्रो मनोभावलाई कसरी प्रभाव पार्छ भन्ने तिर केन्दित बनौं ।

पानीसँग जोडिएको आनन्द

होली पानी र रंगको पर्व हो । पानी र हाम्रो मनको गहिरो अन्तर सम्बन्ध छ । हामी आमाको गर्भमा हुँदा हाम्रो वरिपरि पानीले भरिएको थियो । आमाको गर्भमा हुँदा हामी समस्यारहित र सुरक्षित थियौं । वास्तवमा ध्यानी महात्मा बाहेक आममानिसको सबैभन्दा खुसीपूर्ण अवस्था कुनै थियो भने त्यो आमाको गर्भमा हुँदाको थियो । अध्यात्म गुरू ओशो भन्नुहुन्छ, हरेक मानिसले जीवनभर आनन्दित हुन निरन्तर प्रयत्न गर्नुको कारण पछाडि उसले आमाको गर्भमा महशुस गरेको जस्तै आनन्दलाई फेरि भोग गर्ने मनोभावका कारण त्यसो गरेका हुन् । यसकारण पानीसँग हाम्रो मनको आन्नद निक्कै गरिरोसँग गाँजिएको छ । ससाना बालबालिका पानीमा खेल्दा उफ्रदा रमाएर खुसी भएको त हामी सबैले देखेको भोगेको कुरा नै हो ।

रङसँग जोडिएको खुसी

आँखालाई मोहित बनाउने श्रृष्टिको सबैभन्दा सुन्दर कुरा रंगी विरंगी फूलहरु हुन् । कहिलेकाहीं देखिने आकाशको इन्द्रेणीको मोहनीले सुन्दर अनुभूति गराएको सम्झना हामी सबैसँग छ । रंगीविरंगी चराहरूसँग मनले पनि खुसीको आकाशमा उडान भर्छ । श्रृष्टिमा हामीलाई राम्रा लाग्ने कुराहरूमा रंगहरूको विविधता छ । हाम्रो मन एउटा मात्रै रंग भन्दा विभिन्न रंगहरू एकैचोटी देख्न पाउँदा खुसी हुन्छ । रंगहरूसँग विभिन्न किसिमको मनोभाव जोडिएको हुन्छ । अनि अनेकन रंगहरू एकै साथ देख्दा हाम्रो मनका सबै मनोभावहरू मिसिएर हामी रमाउने हो । आंशिकता भन्दा जीवन सम्पूर्णमा रमाउँछ । सबैलाई उज्यालोको चाहना हुन्छ तर सधैँ उज्यालो मात्रै हुने थियो भने जीवन साह्रै नरमाइलो हुन्थ्यो । जीवन त रातको अँध्यारो, दिनको उज्यालो, साँझ र विहानको मध्यम प्रकाशको संयोजनका कारण रमाइलो भएको हो । सम्पूर्णतामा साँच्चै आनन्द हुन्छ ।

अर्को कुरा वाहिरी आवरणको सन्दर्भमा कुनै वस्तुको आकृति र आकारले हाम्रो मनको केही सीमित मनोभावलाई प्रभाव पर्छ । अस्वभाविक अकारको ठूलो वा सानो अथवा फरक ढङ्गको आकृति भएको कुराले हामीमा आश्चर्य, डर वा हाँसो जस्ता सीमित मनोभाव मात्रै उत्पन्न गराउन सक्छ । तर रंगहरूले हाम्रो आँखालाई यसकारण झट्टै तान्छ की रंगसँग हाम्रो सम्पूर्ण किसिमको मनोभाव जोडिएको हुन्छ ।

कसरी खेल्ने त होली ?

वास्तवमा अनेक प्रकृतिका पर्व हुन्छन् । समूहको सम्पर्कमा आई अन्तरंग भएर मनाइने पर्व अन्तरमूखी मानिसका लागि नभएर बहिरमूखी मानिसका लागि हुन् । त्यही भएर एक्लै आफैंमा रमाउने मानिसलाई होलीले मोहनी लगाउँदैन तर बहिरमूखी मानिसलाई चाहिं अन्य चार्डपर्व भन्दा होलीको विशेष महत्व हुन्छ ।

बाहिरी वातावरणले हाम्रो मनोभावलाई प्रभाव पार्ने हुँदा रंग र पानीको उपयोगले हाम्रो मन खुसी बनाउँछ । होलीको जादु हो दुई अपरिचित मानिसलाई केही पलमै निकट मात्रै ल्याउँदैन सँगै उफ्रन र रमाउन पनि सघाउँछ । अन्तरमूखी स्वभाव बाहेक अरूसँग घुलमिल हुन नसक्नुमा अहंकार (‘म’ अरू भन्दा फरक र विशेष हुँ भन्ने भाव)को पनि भूमिका हुन्छ । तसर्थ छिमेकमा अनेक समाजिक तप्का र तहका मानिस रमाएर सँगै होली खेल्छन् भने ति मानिसहरूमा अहंकार कमजोर भएर हामी एक हौं भन्ने मनोभाव उत्पन्न गराउनमा पनि होली सहायक हुन्छ ।
होलीलाई आधार बनाएर हाम्रो मनलाई उल्लासपूर्ण हुन सिकाउने हो भने थोरै ध्यान दिएर होली खेल्नु उपयुक्त हुन्छ । होली खेल्दाको अवधीभर अनेक पटक अरूले पानीले छ्याप्छ । अबिर दलिदिन्छ । अनि आफूले नि अरूलाई तत्अनुरूपको व्यवहार गरिन्छ । हामीलाई कोही प्रिय लाग्छ, कोही अप्रिय लाग्छ । त्यसैले होली खेल्दा कसैले पानी छ्याप्दा वा अबिर दलिदिँदा रमाउने मन कसैले त्यस्तै व्यवहार गरेमा रिस उठ्ने वा हिंसाको भाव उत्पन्न हुनसक्छ । त्यसलै होली आफूलाई प्रिय लाग्नेसँग खेल्ने हो । अरूलाई पानी खन्याइदिँदा वा रङ दलिदिँदा अनि आफूलाई अरूले पानी खन्याइदिँदा र अबिर दिलिदिँदा मनमा उत्सव र हर्ष छ भने होली खेलेको ठिक हो । त्यसैले तपाईंले कसैलाई पानी र रङ दल्न खोज्दा उसले नराम्रो महसुस गरेर प्रतिकार गर्छ भने त्यस्तो मानिससँग होली नखेल्नुहोस् । त्यस्तो अवस्थामा होलीले मनलाई खुसी बनाउनुको साटो मनमा नकारात्मक मनोभावना उत्पन्न गराउने हुन्छ ।

मनमा होलीको पानीले आन्नद र रंगले खुसी भरिदियो भने, होलीपछिका दिनहरूमा त्यो आनन्द र त्यो खुसी बरकर रहने मात्र होइन बढ्दै जाओस् । अहिलेलाई यतिनै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो होः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दू धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र

कोभिड खोप पूरा विश्वभरि कहिलेसम्म पुग्ला ?

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले खोपले महामारीको ज्वारभाटालाई मोड्न ठूलो आशा

विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह

काठमाडौं । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) ले विद्यालय बन्द गर्ने निर्णय नगर्न

हामीबाट होइन, ओलीबाट पार्टी कमजोर बनाउने काम भयोः माधव नेपाल

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विधिको पालना र