कृष्णबहादुर महरा के गर्छाै अब ?
भरत दाहाल ।
कृष्णबहादुर महरा ! जति चाकरी गरे पनि साम्राज्यवादले उपयोगिता सकिएपछि समाप्त पार्छ। जनयुद्धका बहानामा ईण्डो-पश्चिमा साम्राज्यवादलाई बोकेर देश विरुद्ध धेरै ठूला अपराधहरु गरेका छौ। साम्राज्यवाद भनेको के रहेछ भन्ने कुरा अब थाहा पायौ। हिंजोका कृयाकलापहरुबारे पश्चाताप गरेर MCC लगायतका वैदेशिक षडयन्त्रहरुका बारेमा देशभक्तिको भूमिका निभाऊ !
अर्को कुरा पनि याद होला। MCC प्रवेश गराउन प्रारम्भिक भूमिका खेल्ने खलपात्रहरु बाबुराम भट्टराई र बर्षमान पुन हुन्। उनीहरुले सन् २०१० मा ईण्डियाको ‘विवेकानन्द फाउन्डेशन’को कार्यक्रममा गएको बहाना बनाएर नेपालमा MCC भित्र्याउन पहल गर्ने बचन दिएर आएका थिए। त्यही अनुसार अमेरीकाले सन् २०११ मा नेपाललाई छनाैट गरेर संभाव्यता अध्ययन सुरू गरेकाे थियाे।
MCC संझौतालाई ‘कृष्णबहादुर महराले संसदमा अड्काएकोले यसको निकास कसरी निकाल्ने’ भनेर ‘रोशनी काण्ड’ भन्दा अगाडी ओलीलाई भेट्न सिंगापुर र त्यसपछि अमेरीका गई एम्बुसको योजना लिएर फर्कने खलपात्र पनि बर्षमान पुन नै हुन। उनी अहिले MCC का प्रखर समर्थक छन्।
बर्षमान पुनको फिर्ति सवारीसंगै केपी ओलीका ‘सहयोद्धा’ अग्नी खरेलले आफ्नो सकृयतामा टोलमा सिसि क्यामेरा जडान गरेको पनि थाहा होला। रोशनी शाहीसंगको सम्बन्ध जे भए पनि त्योसंग MCC को कुनै सम्बन्ध थिएन तर त्यसलाई ढाल बनाएर MCC को निकास खोज्ने यी देशद्रोहीहरुका बिरुद्धमा आवाज उठ्छ कि उठ्दैन ? हामीले हेर्ने मूख्य कुरा यही हो।