राज्य नै लागिपरेर फसाएमा को छ र जो फस्दैन ?



जेपी गुप्ता, पूर्वमन्त्री ।

बि.स. २०५७ बितेको १९ बर्ष भयो । तेती खेर जन्मेका बालक आज १९ बर्षको तन्नेरी भए । यस कालखण्डमा अपवाद बाहेक प्राय: सबैले पुराना कुराहरू बिर्सिसके । हुनत् जो प्रतिशोधको घानमा परेर पिल्सिएको छ, चर्चामा छैन-उसका बारेमा खोजिनीति नहुनु स्वभाविक नै हो । नित्यदिन सडकले अभिमत बनाउँछ । मुद्दा चलाउँछ र संचारजगतले फैसला दिन्छ । संसारलाई प्रभावित गर्दछ ।यस्तै चलिरहेछ ।

अहिले अख्तियार निकै चर्चामा छ । बेलामौकामा यसो भैरहन्छ । एक समय म पनि पात्र थिए । चर्चामा अहिले पनि घिसारिन्छु । शायद मनहरूमा बनेको छाप मेटिन्न् होला । तैपनि यहाँ केही तथ्य राखेको छु । राजाज्ञानेन्द्र को शाहीशासनकाल मा म उपर मुद्दा चलाईयो । यसको पृष्ठभूमि बुझ्न तत्कालिन राजाका सैनिकसचिव विवेककुमारशाह ले आफ्नो संस्मरणका पुस्तकमा दैनिकीको रूपमा लेखेका केही कुराहरू जो म वा हामीसंग सम्बन्धित रहेका छन्-यहाँ यथारूप राखेको छु । मैले भोगेको फैसला त अब के बदलिएला र ? तैपनि, म संगका उ बेलाको परिस्थिति तथा परिबन्द बुझ्न केही सहयोग हुन्छ कि ! हेर्नोस्, राज्य नै लागिपरेर फसाएमा को छ र जो फस्दैन ?
** **

राजा ज्ञानेन्द्रका सैनिक सचिव विवेक कुमार शाहका केही टिपोटहरू, उनैको पुस्तकबाट साभार:

•२०५७ असोज ९ गते : दुनै घटनामा(२०५७,असोज८ गते) नेपाली सेनाले सरकारलाई सहयोग गरेन भनेर सूचना तथा संचार मंत्री जयप्रकाशप्रसाद गुप्ता ले आक्रोश व्यक्त गरेको खबर छ । उहाँले भन्नु भएको छ-“माओवादी दरबारबाट संचालित छन् । हामी सरकारमा भएकोले दरबारको पोल खोल्न मिल्दैन । बाहिर गएपछि दरबारको भण्डाफोर गर्छौ । अहिले दरबारियाहरू सलबलाउन थालेका छन् । संबिधानमा संशोधन गरेर राजाले शक्ति हत्याउने योजना बनाई रहेका छन् । प्रहरीका लागि हतियार किन्न १७ करोड रूपिया सेनालाई बुझाईसकिएको छ । तर, सेनाले दरबारको निर्देशनमा अहिलेसम्म हतियार उपलब्ध गराएको छैन । यो भन्दा राम्रो सत्ता बाहिर जानु हुनेछ । राजासंग मुडभेडको स्थिति आए हामी बढी भन्दा बढी निर्वासित हुनुपर्ला । तर, हाम्रो संघर्ष जारी रहन्छ ।”

•२०५७,असोज १० गते: दुनै घटना को सन्दर्भमा सरकारी पक्षबाट आफ्नो कमीकमजोरी ढाकछोप गर्नेगरी समाचार दिईएको छ । दुनै घटना वारे जाहेरीको क्रममा सरकारबाट मलाई हुकुम भयो-“मंत्रीहरू, संचार मंत्री जय प्रकाश प्रसाद गुप्ता र गृहमंत्री गोबिन्दराज जोशी ले सेनाका बिरूद्ध प्रेसमा जथाभावी र आक्रमक रूपमा बोलीरहेको अवस्था छ । कुरा विचारणीय छ ।”

•२०५८, जेठ ८ गते: महाराजधिराजबाट भ्रष्टाचार को बिषयमा कुनै न कुनै कडा कदम चाल्नैपर्ने सोचाई बनाई बक्सेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने भनी अख्तियारलाई प्रभावकारी ढंगबाट परिचालन गरिने सोचाई बनाई बक्सेको छ । तर, यसमा प्रधानमंत्री गिरिजाप्रसाद कोईराला ले कुनै वास्ता गर्नु भएको छैन ।

•२०५८, भदौ १८ गते: सरकारी संचार माध्यम नेपालटेलिभिजन मा गणतन्त्र वारे खुला बहस तीन पटकसम्म प्रसारण गरिसकेको छ । यस वारे टेलिभिजनका महा प्रबन्धक दुर्गानाथ शर्मा लाई सोधपुछ गर्न आवश्यक निर्देशन गरिएको छ । यो कार्यक्रम संचालन गर्न संचारमंत्रीजयप्रकाशगुप्ता ले नै निर्देशन दिएको बुझिन आएको छ ।

•२०५९, असोज १९ गते: आज दरबारका सचिवहरूको कार्य विभाजन भयो । पशुपतिभक्त महर्जन लाई राजनीतिक फ्रन्ट, मलाई रक्षा, मोहनबहादुर पाण्डे लाई संचार र सुदन पोखरेल तथा #सागर तिमिल्सिना लाई सामाजिक क्षेत्र जिम्मा दिएर काम गर्न हुकुम भयो । राजाबाट सुशासन र भ्रष्टाचार नियन्त्रण मा तत्कालै काम थाल्नु हुकुम भयो ।

•२०५९, असोज २० गते: आज राजाबाट अख्तियारकाप्रमुख सुर्यनाथउपाध्याय लाई दर्शन भेंट बक्सियो । अब भ्रष्टाचार नियन्त्रण सम्बन्धि कामको थालनी हुनसक्छ । केही भ्रष्ट नेता माथी कारवाही पनि हुनसक्छ ।

•२०६०, बैशाख ३ गते: राजनीतिक नेताहरूका बिरूद्ध अख्तियारमा रहेका भ्रष्टाचार सम्बन्धि मुद्दा तत्काल अघि बढाई त्यस्ता नेतालाई सार्वजनिक गर्नपनि सरकारबाट हुकुम भयो ।

•२०६०, जेठ ५ गते: एमालेका एकजना शीर्ष नेताले मलाई भन्नु भयो-“ईश्वर पोखरेल र प्रदीप नेपाल लाई अख्तियारले कारवाही गर्न सके एमाले पार्टी लाई नै एक किसिमको सन्देश दिन सकिन्छ । उनिहरू पार्टी भित्र भ्रष्ट नेताको रूपमा परिचित छन् । उनिहरूलाई कारवाही भए केपी ओली र राधाकृष्ण मैनाली को सहयोग प्राप्त गर्न सकिन्छ ।

•२०६०, जेठ ७ गते: अख्तियारमा कार्यरत् सहसचिव प्रेमराज कार्की आज मलाई भेटन आउनु भएको थियो । उहाँले अख्तियारमा भैरहेको काम कारवाही प्रति असन्तोष प्रकट गर्नु भयो । उहाँको भनाई थियो-“प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायलाई एमालेले घेरेर राखेको छ । अन्य आयुक्तको बिश्वसनीयतामाथी प्रश्न उठेको छ । त्यसैले उहाँहरूको पदावधि थप गर्नु हुदैन । अदालतका न्यायधीशहरू पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्टि, सहमति जुट्ने अपेक्षा

प्रगति ढकाल, काठमाडौं । नेपाललगायत अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले नयाँ

व्यापार घाटा चुलिँदै, चार महिनामा थपियो साढे चार खर्ब घाटा

  काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे

‘एकलाख मान्छे उतार्छु भन्थ्यो, एकलाख जरिवाना हात पारेर गयो !’

काठमाडौँ । नेकपा एमालेले शुक्रबार काठमाडौँमा जागरणसभा आयोजना गर्यो । काठमाडौंको दरबारमार्गमा सभा

‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

हेमन्त जोशी, काठमाडौं। प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख