सत्ताबाहिर हुँदासमेत आफूमाथि छानबिन होस् भन्न सक्ने नेता कांग्रेस र नेकपामा कति होलान् ?



नारायण गाउँले ।

बन्दुकको नाल अरूतिर सोझिएको बेला जो पनि क्रान्तिकारी हुन्छ, तर आफ्नै गर्दनमा तरबार तेर्सिएको बेलासमेत जसले न्यायको पक्षमा बोल्न सक्छ, त्यो पक्कै खास हुन्छ !

मन्त्रिपरिषद्ले गरेको ‘नीतिगत’ निर्णयका आधारमा मन्त्रीदेखि कर्मचारीसम्मलाई भ्रष्टाचार मुद्दा लाग्ने तर त्यो निर्णयमा सबैभन्दा बढ़ी जिम्मेबार प्रधानमन्त्रीले उन्मुक्ति पाउने अवस्था उचित नभएको बाबुराम भट्टराईले सार्वजनिक अभिव्यक्ति दिएका छन् । आफूलगायत आरोपित सबैलाई छानबिनको दायरामा ल्याइनुपर्ने उनको विचारलाई सम्मान छ ! वास्तवमैं निर्णय गर्नेले उन्मुक्ति पाउने र त्यसलाई कार्यान्वयन गर्नेलाई मात्रै समाउने प्रणाली गलत हो नै ।

धेरै परीक्षामा फेल भएका छन् तर बाबुरामले एउटा सानो परीक्षा पास गरेजस्तो लाग्छ । उनले सत्ताधारीको छायाँमा परेर बाटो बङ्ग्याउने कमजोर अख्तियारलाई सोझो बाटो हिँडेरै भ्रष्ट जति सबैको कठालो समात्न सक्ने बनाउनुपर्ने राय व्यक्त गरेका छन् । सत्तामा नहुँदा यस्तो राय राख्नु ठूलो कुरो होइन, तर आफैमाथिसमेत छानबिन हुनुपर्ने र छानबिन गर्न नमिल्ने कानुन भए त्यो फेरिनुपर्छ भन्ने साहस अलिकति खास त पक्कै हो नै । सत्ताबाहिर हुँदासमेत आफूमाथि छानबिन होस् भन्न सक्ने नेता कांग्रेस र नेकपामा कति होलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजमा समाजिक सद्भाव कायम राख्ने पाँच बुँदे सर्वपक्षीय सहमति

वीरगंज । वीरगन्जमा भएको घटनाका दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने

मुलकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्नुपर्छः पूर्वराजा शाह(भिडियो)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंका तिनकुनेमा भएको जनधनको क्षतिबाट

नयाँवर्षको आगमनसँगै पर्यटकीय गन्तव्यमा चहलपहल बढेपछि व्यवसायी उत्साहित

सिबी अधिकारी, काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको

६ वटा निजामती ट्रेड युनियनहरुले भने-निजामती ऐन जारी गर्ने प्रक्रियामा तत्काल अगाडि बढाउ

काठमाडौँ । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूल संघीय निजामती सेवा ऐन निर्माणमा आफूहरूसँग छलफल