‘ठूलो पदमा रहेका सबै मान्छे घुस्याहा हुँदैनन् र सज्जन पनि’



डा. गोविन्दशरण उपाध्याय ।

केही मान्छे शक्तिशाली भएर पनि आफुलाई निकै दुर्वल, परनिर्भर र दाससरह ठानिरहेका हुन्छन् भने केही मान्छे निर्वल भएर पनि स्वातन्त्रको अनुभूति गर्न निरन्तर प्रयासरत हुन्छन् | एसको अर्को पाटो पनि छ, केही मान्छेहरूले दोस्रो मान्छेलाई उसको हैसियत, क्षमता र बौद्धिकता भन्दा बढी आँकलन गरिरहेका हुन्छन् | दोस्रो व्यक्तिको क्षमतालाई अनावश्यक रूपमा बढी आंकलन गरेर, शत्रुतापूर्ण ब्यबहार आरम्भ गर्छन् |

ठूलो पदमा रहेका सबै मान्छे घुस्याहा हुँदैनन् र सज्जन पनि हुँदैनन् | विधिअनुसारको काम गर्नेहरूले विधिले निषेध गरेका कार्यमा सहयोग गर्दैनन् र विधिले खुलाएका कामहरूलाई ज्यान दिएर सफल पार्न लागि पर्छन् | सरल जीवन विधिअजुसार जीवन यापन गर्नेहरूले भौतिक रूपमा यदाकदा पाहुना पाल्ने हैसियत पनि राख्दैनन् किनभने विधिअनुसार पाउने तलवले गृहस्थी चलाउन मात्र मिल्छ |

उदाहरणका लागि नेपाल सरकारको उच्च कर्मचारी सचिव वा विविका प्राध्यापक कै कुरा गरौँ | उनीहरूको वैधानिक तलव घर धान्न ठीक्क हुन्छ | सामान्य मान्छेले पदीय हिसावले धेरै धनि आंकलन गरेका हुनसक्छन् | अवैधानिक तवरले कमाउनेको कुरा नगरौं |

तैभएर जुनसुकै र जस्त्तो सुकै मान्छेलाई एउटा हाडछाला भएको मनुवाकै रूपमा लिए धेरै सजिलो हुन्छ | यसो गर्दा आफु पनि अपमानित भएको अनुभूत हुँदैन र अर्कोले पनि लज्जाबोध गर्नु पर्दैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड भन्छन्-अब जनताको भरोसा माओवादी केन्द्र

नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

सुनसरीको रासीमा गोली प्रहारबाट दुई जना घाइते, एक गम्भीर घाइते

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई

३१ वर्षपछि पक्राउ परे काभ्रेमा हत्याका अभियुक्त

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ

बिस्केट जात्राको पाँचौं दिन ढालियो ५५ हात लामो योसिद्यः

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात