‘हामीले ६० हजार रुपैयाँको फोन बोकेर यो देशमा अवसर छैन भन्ने सन्तान बनायौं’



डा. युवराज संग्रौला ।
पाँचथर सुभाङ्ग म जन्मिएको मैले माध्यमिक शिक्षा यहीँबाट पूरा गरें । यो घर मेरा पुर्खाहरु तेह्रथुम आठराइबाट पाँचथर आइ बनाएको हो । यो घर बनाउने पितृ प्रतिमान संग्रौला हुन् । उनीपछि अहिले म सातौं पुस्ता हुँ । म यहि घरमा जन्मिएको हो, म अहिले ६० बर्षको भएँ । त्यसआधारमा यो घर ६० बर्षको भयो । मेरो बुवा बि.स. १९७६ मा यहि घरमा जन्मिनु भयो । त्यसबाट यो १०० बर्षको हो भनी प्रमाणित हुन्छ । मेरो हजुर बुबा ३२ बर्षमा भतिजाको विवाहमा तमोर नदीमा डुङ्गा पल्टिँदा बित्नु भयो । मेरो बुवा ९ बर्ष हुँदा । मेरो हजुरबुवा बि.स. १९४४ मा यहि घरमा जन्मिनु भयो । त्यसबाट यो घर १६६ बर्षको भयो । मेरो हजुरबुबाको बुवा यही घरमा जन्मिनु भयो । मिति थाह भएन । अरु चार पुस्ताको ४४ बर्षमात्र जोड्दा पनि २०० बर्ष हुन्छ ।

यो घर अहिलेसम्म भत्किएको छैन । १९९७ बि.सं को भुकम्पले यो भत्किएन तर अरु गाउँका सबै घर भत्किए । बि. स. २०१८ मा पनि ठूलो भुकम्प आयो यहाँ तर त्यसमा पनि भत्किएन । २०४५ को भुकम्पमा सबै घर भत्किए । मेरो काकाको समेत भत्कियो । त्यसपछि मेरो बुबाले काकालाई दिनु भयो । वहाँ पनि पछि झापा झर्नु भयो र यो घर बेच्नु भयो । मैले उल्टो गरें झापाको बेचेर यो घर किने र मेरा उत्तराधिकारीलाई सुम्पिएँ ।
पाँचघर दाजुभाइले आफ्ना पुराना घर फिर्ता किन्यौं । तीन जना हजुरबुबाका सन्तान हामी पुर्खौली ठाउँमा फर्किएको हो ।

१. मेरा छोरीहरु यो घरलाई पुर्खाको इतिहास संग्रह गर्ने म्युजियम बनाउन चाहन्छन् । उनीहरु यसलाई गाउँमा सामाजिक चेतना निर्माण गर्न चाहन्छन् । यो चेतनाको मुख्य केन्द्रबिन्दु स्थानीय स्रोतको परिचालन र प्रविधिलाई स्थानीयकरण गरि युवाहरुमा जीवनको सक्रियता प्रवद्र्धन गर्न चाहन्छन् ।

२. हिजो हामी तीन हजुरबुवा मध्ये दुईका सन्तानहरु काकाहरु, छोराहरू, छोरीहरु र बुहारीहरु बसेर परामर्श गर्यौं । अब उप्रान्त महिला र पुरुष नभनी दुबै लिङ्गका सदस्यहरु निर्णयमा सरिक हुने र नेतृत्व गर्न दिने निर्णय पनि गर्यौं। यसले बुहारी र छोरीहरु उत्साहित भए ।

३. अब परिवारबाट विदेश नजाने निर्णय पनि गरियो । अघिल्लो पुस्ताले गरेका कमजोरीको लेखाजोखा गरी आत्माआलोचना गरियो ।

४. अब एउटा सानो कम्पनी गठन गरि सबै परिवारको मिलाएर करिब २०० रोपनी जमिनमा बहुउद्देश्यीय कृषि फार्म संचालन गर्ने, गाई र भैंसी पालनबात रैथाने प्रविधि प्रयोग गरि घिउ उत्पादन गर्ने, बाख्रा पालन गर्ने र मासु उत्पादन गर्ने बाख्राको रौं र छाला उत्पादन गरि छालाको पेटी, पर्स आदि उत्पादन गर्ने, रायाको डुकु उत्पादन गर्ने, अमृसो, अदुवा उत्पादन गर्ने र पारिलो जमिनमा एभोकाडो, सुन्तला, कागती उत्पादन गर्ने सल्लाह गरियो । यी प्रोजेक्ट क्रमशः गर्दै जाने निर्णय गरियो । बारीमा त सुन पो फल्ने रहेछ । बजार पनि पाँचथर र इलाम ताप्लेजुङमै पुग्ने रहेछ ।

५. अब बेरोजगार छोराछोरी बुहारी पहाड फर्किने तय भयो । लैगिंक समानता, दलितमाथीको छुवाछूत उन्मूलन, उत्पादकत्व विकास, कृषि उत्पादनबाट समृद्धि र आफ्नो ठाउँ आफ्नो नाउँलाई एकैसाथ जोड्ने निर्णय गरियो ।

६. फागुन २६ गते हामी भेला भएर प्रोजेक्टहरु विकास गर्छौं । सुभाङ्गका दाजुभाइ सबैलाई हामीले यो बताएर आयौं ।

चुनौति छन् । तर चुनौति नै सम्भावनाका स्रोत हुन् । हामीलाई लाग्छ यो नै नेपालको समृद्धिको आधार सोच हो । हामीले अल्छी भएर विदेश खोज्यौं । हाम्रा सबै स्थानीय प्रविधि विदेशी शिक्षाले समाप्त पारिदिए । हामीले ६०,००० रुपैयाँको फोन बोकेर यो देशमा अवसर छैन भन्ने सन्तानलाई बनायौं । हामीले चाउचाउ र कुर्कुरे खाने लत छोराछोरीमा बसायौं । दूध बेचेर कोक खाने संस्कार बसायौं । मेरो पुस्ताले यो अपराध गरेको हो । आधुनिकता समपन्नता हो बर्बादी होइन । यो मेरो मनोउपनिवेशवाद विरोधी स्वाधिन जीवन प्रतिको चाहना पनि हो । देशलाई आफ्नो ढंङ्गले निर्माण गर्न थालौं । राजनीतिका गफ र खेलबाट पर गएर गाउँ बनाउन थालौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारी दिवसको सकस

डा. गोविन्दशरण उपाध्याय । पश्चिमाहरूले हरेक विषयवस्तुलाई “वाद“मा परिणित गर्छन् । उनीहरूले नारीहरूको

विदेशी झोलेतन्त्र देशका लागि अभिसाप हो

भरत दाहाल । दशथरी एनजिओ र विदेशी दूतावासका शर्तहरु राखेर बनाईएको संविधान र

सर्वोच्चको फैसलाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे

थुप्रै कानुनी तर्क जिवित छन् त्यसले कोही नरमाउनुहोस् र हतास् पनि

जगन्नाथ खतिवडा । दुई पार्टीको एकीकरण पश्चात् डाँडामा उदाउँदो सूर्य चिन्ह लिएर सन्ध्या