‘आशा गरौँ, यो अब शब्दयुद्धभन्दा अगाडि नबढोस्’



नारायण गाउँले ।

इजरायल र साउदी अरबमा बस्ने नेपालीहरू बारे सोच्दै छु । म भएको भए मिलेसम्म एकडेढ़ महिनाको छुट्टी लिएर फर्किने थिएँ होला ।
मेरो पुण्टे विश्लेषणमा ईरान र अमेरिकाबीचको तनाब युद्धमा बदलियो भने त्यसको सबैभन्दा ठूलो असर इजरायलमा पर्ने अनुमान छ ।

१- मध्यपूर्वमा अमेरिकाको सबैभन्दा नजिकको साझेदार इजरायल हो । रसिया र अमेरिका दुबै पक्षका मुश्लिम देशहरूले इजरायललाई शत्रु मान्ने हुनाले इजरायलमाथिको हमलाले इरानलाई त्यस क्षेत्रमा मात्र नभई सिङ्गो मुश्लिम जगतमा लोकप्रियता र सहानुभूति हासिल गर्न मद्दत गर्ने अनुमान गर्न सकिन्छ ।
२-बदला लिने बताइसकेको र पहिलेदेखि नै युद्ध अमेरिकाले सुरु गरे आफूले खतम गर्ने धम्की दिँदै आएको इरानले पक्कै प्रतिकार गर्ने आमविश्वास छ । अमेरिकी हमलालाई उसले इजरायलको नाम पनि जोडेर भर्त्सना गरेकाले इजरायल निशाना बन्न सक्ने अनुमान गरिएको हो ।
३.मेनल्याण्ड अमेरिकामा आक्रमण गर्न सजिलो नभएकोले मध्यपूर्वमा रहेका नजिकका अमेरिकी बेसहरू निशाना बन्न सक्छन् । रसियाको प्रत्यक्ष या अप्रत्यक्ष सहयोगबिना सोझै इरानले युद्ध सुरु गर्न सक्ने सम्भावना कम छ । टर्की या रसियाको ब्याकअप मिल्ने हो भने इरान अमेरिकामाथि भारी हुन सक्ने अनुमान छ । यस्तोमा इजरायल र साउदी अरेबियाले अमेरिकालाई साथ दिन सक्ने हुँदा तिनलाई मुख्य बाधाको रूपमा हेरिन सक्छ । अमेरिकाका परम्परागत सहयोगी बेलायत, फ्रान्स र जर्मनीले तत्काल अमेरिकालाई सैन्य मद्दत गर्ने सम्भावना कम छ ।
४. सामरिक रूपमा निकै शक्तिशाली रहे पनि भौगोलिक रूपमा इजरायल सानो र एक्लो रहेकाले त्यसलाई निशाना बनाउन सजिलो ठान्नेहरू हुन सक्छन् ।
५-अमेरिकाजत्तिको ‘इंटेलिजेंस’ इरानसँग नभएकाले टार्गेटेड र कोअर्डिनेटेड आक्रमणभन्दा पनि ऱ्याण्डम हमला बढ़ी हुनसक्ने हुँदा त्यसले सार्वसाधारण गैरसैनिकको हताहती धेरै हुन सक्छ । सिरियादेखि अफगानिस्तानसम्म यस्तै ऱ्याण्डम या सीमित इंटेलिजेंसको सहारामा भएका अमेरिकी आक्रमणमा हजारौँ सार्वसाधारणले ज्यान गुमाइसकेका छन् । सीरियामाथि रसियन बमवारी पनि यस्तै ‘ठाउँ नै बढार्ने’ खालको थियो । युद्ध र तनाब जति बढ्दै जान्छ, दुबै पक्षबाट यस्तो जथाभावी हमलाको सम्भावना पनि बढ्छ ।
६ –इरानले सोझै हमला नगरे पनि द्वन्द्व चर्किने र सिङ्गो विश्वसहित अमेरिका इरानतिर अलमलिने हो भने परम्परागत शक्तिहरूले समेत इजरायलमाथि आक्रमण बढाउन सक्ने सम्भावना रहन्छ ।

यो सामरिक उत्तेजना सेलाओस् र मत्थर होस् भन्ने कामना गर्नुबाहेक हामीले गर्न सक्ने भनेको आफ्नो सुरक्षा चिन्ता र सतर्कतामात्रै हो । बग्दादस्थित अमेरिकी दूतावासमा हमला र आगजनी भएको केही घण्टा बित्न नपाउँदै अमेरिकाले इरानी सैन्य कमाण्डरलाई लक्ष्य बनाएर गरेको हमलाले यसको तयारी धेरै पहिलेदेखिको हो भन्ने देखाउँछ । दूतावास आक्रमण त एक बहाना जस्तो बनेको मात्र हो । उत्तरकोरियाका शासकको शैलीमा अमेरिकालाई घुँडा टेकाउने धम्की दिँदै आएका इरानी सैन्य कमाण्डर धेरै पहिलेदेखि अमेरिकी राडारमा थिए ।

यसको पर्दामा इरान देखिए पनि यो अमेरिका र रसियाबीचको शक्तिसङ्घर्षकै एउटा कडी भएकाले यो विश्वकै शान्तिसुरक्षाका लागि थ्रेट बन्न सक्छ । आशा गरौँ, यो अब शब्दयुद्धभन्दा अगाडि नबढोस् ।

ए अँ, यो अत्यन्त सीमित ज्ञान, सूचना र विश्लेषणका आधारमा गरिएको अनुमान भएकाले पूरै गलत हुन पनि सक्छ है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको पर्यटन क्षेत्रमा गम्भीर चुनौती

राजेन्द्र बजगाईं । व्यापक क्षति भइसकेपछि नागरिक उड्डयनमन्त्रीको यो एक कदमको प्रयास ठिकै

स्वतन्त्रताको प्रत्याभूति ऋषि संस्कृतिमा

डा. गोविन्दशरण उपाध्याय । आज विश्वस्वतन्त्रता दिवस हो । आजको विश्व मानव समाजमा

धन्न काठमाडौंका दूतावासहरूले अझै भिसा दिन्छन् !

नारायण गाउँले । धन्न काठमाडौंका दूतावासहरूले अझै भिसा दिन्छन् । हाम्रो कागजपत्रमाथि विश्वास

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

डा. शोभाकर पराजुली भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको