प्रधानमन्त्रीको भाषण
डा. गोविन्दशरण उपाध्याय
दक्षिण एसियाली साहित्य सम्मेलनमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले दिएको उद्घाटन मन्तब्य सुन्दा र पढ्दा निकै रमाइलो लाग्यो ।
लाग्छ, उहाँमा नेपालको धार्मिक तथा सांस्कृतिक इतिहासमा निकै दखल छ र त्यसको सुरक्षा तथा पुनर्जागरणका लागि उहाँ निकै चिन्तित हुनुहुन्छ । जेहोस् प्रधानमन्त्रीले खुलेआम नेपाल र नेपालीको सांस्कृतिक तथा धार्मिक इतिहासको रक्षा गर्नुपर्ने वक्तव्य दिएर निकै महत्वपूर्ण काम गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री खुलेआम वैदिक संस्कृतिको आफ्नो विगतलाई स्वाभिमानपूर्ण तवरले स्वीकार गर्छ । हाम्रा प्रधानमन्त्री आफ्नै देशको श्रीपशुपतिनाथ मन्दिर पनि जादैनन् जानै परे पनि भारतीय प्रधानमन्त्री साथी चाहिन्छन् ।
हाम्रा प्रधानमन्त्री आफ्नै देशको श्रीपशुपतिनाथ मन्दिर पनि जादैनन् जानै परे पनि भारतीय प्रधानमन्त्री साथी चाहिन्छन् ।
मन्त्रीत्रहरू बडो गर्वका साथ “धर्म नमान्ने“ भनेर आफ्नो नास्तिकता सार्वजनिक गर्छन् । त्यस्तो अवस्थामा प्रम. ओलीको भाषणले के मर्म दिन्छ ( सबैले विचार गरिरहेका छन्।)
चिनियाँ राष्ट्रपतिले आफ्नो भाषणमा “आफ्नो सांस्कृतिक इतिहासको संरक्षण गरिरहेको चीन“ भने पछि हाम्रा प्रधानमन्त्रीलाई चेतना आएको हो कि भन्ने पनि अनुमान गर्छु । किनभने वर्तमान चाइना र नेपाल दूबै देशमा “भावनात्मक ( साम्यवादी“ शक्तिहरूले सरकार चलाइरहेका छन् ।
व्यवहारमा साम्यवाद लोपोन्मुख छ भने बोलाई र बयानवाजीमा साम्यवादीहरूले विश्व विजय गर्दै छन् । यसअर्थमा साम्यवादीको हैसियत मन पराउने नेपाली साम्यवादी शक्तिले ठूलो भावनात्मक साम्यवादी (चिनी)ले सांस्कृतिक संरक्षणको उपदेश दिए पछि आँखा खुलेका हुन् कि भन्ने ठान्छु ।
प्रधानमन्त्री हामी सबैका अभिभावक हुन् । प्रधानमन्त्री बोलेपछि देश बोल्छ । अव साहित्य सम्मेलनमा बोलेका कुरा कसरी लागू गरिन्छन् ? हेर्न वाँकी छ । मलाई प्रम ओलीले चिनियाँ राष्ट्रपति वा भारतीय प्रधानमन्त्रीको बाटो नै अनुगमन गर्लान् जस्तो त लाग्दैन ।
मलाई प्रम ओलीले चिनियाँ राष्ट्रपति वा भारतीय प्रधानमन्त्रीको बाटो नै अनुगमन गर्लान् जस्तो त लाग्दैन ।
अर्कोतिर चिनियाँ राष्ट्रपतिको भ्रमण सकिएपछि पूर्वप्रम प्रचण्डको “चिन्ता“ विर्सन सकिन्न । जसरी प्रचण्डले चलाएको जनयुद्धमा हिन्दू धर्म संस्कृतिप्रति जिरो सहनशीलताको व्यवहार गरियो र त्यसपछि जसरी इसाईहरूको विस्तार हुँदैछ ( हामीले देखि र बुझिरहेका छौँ । धर्म निरपेक्षता त इसाईहरूलाई धर्मपरिवर्तन गर्न छूट दिन ल्याएको एउटा बोलियो संवैधानिक प्रावधान भएको स्पष्ट भएको छ
म सम्झन्छु, हिन्दू भोटले जितेका भारतीय प्रधानमन्त्री मोदी आउँदा नेपालीले जयजय गरेकै हुन्, भीड स्वस्फूर्त थियो । सम्भवतः त्यसबेला मोदीले काठमाडौँबाट चुनाव लडेको भए पक्कै जित्ने थिए ।
दोस्रोपटक आउँदा नेपालीले “मोदीमा नाकावन्दी अवतार“ पाए । हिन्दू नेताको रूपमा गद्दीसीन भएका भारतीय प्रमको नाकावन्दीले ८० प्रतिशत नेपालीको दुखेको चित्त अझैं दुखिरहेको छ । आज भारतीय मित्रका रूपमा मोदी पच्न सकेका छैनन् ।
म सम्झन्छु, हिन्दू भोटले जितेका भारतीय प्रधानमन्त्री मोदी आउँदा नेपालीले जयजय गरेकै हुन्, भीड स्वस्फूर्त थियो । सम्भवतः त्यसबेला मोदीले काठमाडौँबाट चुनाव लडेको भए पक्कै जित्ने थिए ।
तर भारत र नेपालको सांस्कृतिक सम्वन्ध बलियो छ । मोदी सरकारले नेपाल विरुद्ध नाकावन्दी लगाउँदा भारतीय सरकारको त्यहााका जनताले कडा आलोचना गरेका थिए ।
चीन पनि नेपालको मित्र राष्ट्र हो । भूगोलले गर्दा चीन नेपालीसंग त्यति नजिक छैन । नेपालीहरूले चीनलाई “सस्तो समान बेच्ने देशका रूपमा बढी चिन्छन् ।
सरकारले भृकुटीसँग नातो गाँसे पनि चिनियाँहरू व्यापारमा विश्वास गर्छन् भन्ने तत्थ्य अव लुकेको छैन चिनियाँहरूलाई “छोरीबेटीको सम्वन्ध“का आधारमा पगाल्न सकिन्न । उनीहरूलाई भारतीयझैँ भावनामा पगाल्न सकिन्न भन्ने बुझेकै हुनुपर्छ ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमण गर्दा चिनियाँ राष्ट्रपतिको भक्तिमा सरकार उत्रेको बुझिन्थ्यो । चिनियाँ राष्ट्रपति सुरक्षा सरकारको जिम्मा हो । त्यसमा प्रश्न उठाउन मिल्दैन तर पनि उनी आउँदा जनताले टेलिभिजनमा हेर्न रुचाए भने सरकारले भीडमा सिभिलका कर्मचारी र सिपाहीलाई “सर्वसाधारणक रूपमा झन्डा लिएर उभिन खटाएको देखियो ।
तर चिनियाँ राष्ट्रपतिले भने नेपाली कम्युनिष्टलाई कम्युनिष्ट कै फरक परिभाषा सिकाएर आफ्नो देश फर्के । रुन्चे बोलीमा प्रचण्डले भोलिपल्टको अन्तर्वार्तामा यो कुरा स्वीकार गरे, जलपानमा पनि यही प्रभाव देखियो ।
उनी आउँदा जनताले टेलिभिजनमा हेर्न रुचाए भने सरकारले भीडमा सिभिलका कर्मचारी र सिपाहीलाई “सर्वसाधारणक रूपमा झन्डा लिएर उभिन खटाएको देखियो ।
त्यसैले म भन्छु, हामी आफ्नो खुट्टामा उभिनुपर्छ । प्रमका रूपमा तपाईंले नेपाल प्राज्ञ प्रतिष्ठानमा दिएको भाषण सबै नेपालीको लागि सरकारी दिशानिर्देश बनोस् ।
नेपालीले वाणभट्ट, भाष्कर, शुश्रुत, चरकको खोजलाई पहिले जानोस् त्यसपछि विश्वका समस्त विद्वानहरूलाई पनि बुझुन् । शिर आफ्नै होस् । नेपालको परिचय र इतिहास सबैभन्दा प्राचीन हो । कमसल कुरा त्यागौं र असल कुराहरूलाई अगाडी बढाऊ ।