ऋषिकाको बाटोमा
डा. गोविन्दशरण उपाध्याय
महिलाहरूलाई “शक्तिको” रूपमा मान्यता प्रदान गर्ने वेदहरू धन्य छन् | अपौरुषेय वेदहरूको यही उदात्तताले गार्गी, विश्वआरा, अपाला , घोषा , लोपा, मुद्रा, मैत्री सिकता,रत्नावली “पण्डिता”हरूले मन्त्र साक्षात्कार गरेर “ऋषिका” बनेका थिए |
पछि, शाक्त-सम्प्रदायको विकास भयो जसको जरो नै महिलालाई शक्तिका रूपमा अग्रणी बनाउनेमा केन्द्रीत बन्यो | यो आन्दोलनमा पुरुषहरूले पनि अत्यन्त सहृदयता र भक्तिपूर्ण तवरले भाग लिए | हामी नेपालीहरू आफु जन्मेको देशलाई “मातृभूमि” मान्छौं |
विश्वको सबैभन्दा प्राचीन संस्कृत महाकाव्य बाल्मिकी रामायणमा “आमा र जन्मभूमि स्वर्गभन्दा पनि श्रेष्ठ हुन्छन्” भनेर भगवान रामले “मातृभूमि”को सम्मान गर्नुभएको छ | “फादरल्याण्ड”को संस्कृतिमा हुर्कने यहुदी, इसाई तथा मुस्लिम संस्कृतिमा जन्मभूमि मातृभूमि हुँदैन |
“फादरल्याण्ड”को संस्कृतिमा हुर्कने यहुदी, इसाई तथा मुस्लिम संस्कृतिमा जन्मभूमि मातृभूमि हुँदैन |
जन्मभूमिको लागि मातृभूमिको सम्मान शाक्त परम्पराको देन हो भन्ने मेरो ठहर छ | शाक्त-परम्परा वैदिक संस्कृतिको पवित्रतम देन हो जसले हरेक बालिका, महिला तथा वृद्धालाई मातृशक्तिका रूपमा सम्मान गर्छ | वैदिककाल देखि नै शक्तिपूजाको परम्परा चलिआएको छ |
“उमा हैमावती”का रुपमा केनोपनिषदले शक्तिको उल्लेख गरेका छन् भने अथर्ववेदमा यत्रतत्र मातृशक्तिको बखान पाइन्छ | कम्युनिस्टहरूका प्रथम विचारगुरू फायरवाखले सबैभन्दा पहिले “आदिम समाज मातृसत्तातात्मक” थियो भनेर लेखेपछि कार्लमार्क्स र तेसपछिका इतिहासमा “आदिम-समाज”संग जोडेर “महिलाहरूमा यौनअधिकार रहेको मातृसत्तातात्मक” समाजको परिकल्पना गरियो |
कार्लमार्क्स र तेसपछिका इतिहासमा “आदिम-समाज”संग जोडेर “महिलाहरूमा यौनअधिकार रहेको मातृसत्तातात्मक” समाजको परिकल्पना गरियो |
आज यसै जगमा उभिएर महिला-स्वत्रन्त्रताको कुरा हुन्छ | यही सोचले गर्दा नै फ्रान्सेली लेखिका सिमोद द विवेरले “महिला र पुरुष दुई प्रकारका स्वतन्त्र मनुष्य जाति” भएको ब्याख्या गर्न भ्याइन | यदि पुरुष र स्त्री दुई स्वतन्त्र जति हुन्थे भने महिलाबाट पुरुष जाति जन्मने कुनै प्राकृतिक आधार देखिन्न |
यदि साम्यवादीहरूले देखेको “मातृसत्तातात्मक” समाजको सारभूततत्वलाई हेर्ने हो भने यो विचारले महिलाप्रति चरमअपमान र घृणाव्यक्त गर्छ | यो विचारले महिलाहरूलाई “जोसुकैसंग यौन सम्पर्क गरेर बालबालिका जन्माउने र यौनचाहना राख्ने पुरुषहरूलाई कज्याउने असभ्य”का रूपमा हाकाहाकी प्रस्तुत गरेको छ |
हामीले विर्सनु हुँदैन कि सन् १९१३ सम्म अंग्रेज पुरुषहरूले आफ्नी पत्नीहरूको हाटमा बोलि लगाएर निलाम गर्थे | काकताली भनौं वा प्रायोजित अन्तत: मातृसत्ताको परिकल्पनामा पनि पश्चिमाहरूले “महिलाहरूको मुख्य काम सेक्ससुख दिनु नै हो” भन्ने विषयमा केन्द्रीत छ |
महिलाहरूलाई “जोसुकैसंग यौन सम्पर्क गरेर बालबालिका जन्माउने र यौनचाहना राख्ने पुरुषहरूलाई कज्याउने असभ्य”का रूपमा हाकाहाकी प्रस्तुत गरेको छ |
महिलालाई केन्द्रविन्दूको प्रलोभन दिएर जानिँदो र नजानिँदो तरिकाले उनीहरूको “वस्तु-उपयोग” गर्नु पश्चिमाहरूको मौलिक चरित्र नै हो | सुन्दरीप्रतियोगिताहरू र महिला-अंगहरुको विज्ञानपनमा प्रयोग यसका ज्वलन्त उदाहरण हुन् | फरक एत्ति हो कि कम्युनिस्टहरूले मातृसत्तात्मक समाजको परिकल्पना गरे, पूँजीवादीहरूले तेही इतिहासमा टेकेर महिलाको “ब्रेनवास” गर्दै “विज्ञापनको सुन्दर वस्तु” बनाए | हामी शाक्त परम्परा मान्छौ |
महिलालाई शक्ति, देवीका रूपमा आराधना गर्छौं | मातृशक्तिका रूपमा सम्मान गर्छौं | यही सम्मानलाई ब्यबहारिक रुपले स्थापित गर्ने हो भने महिलाहिंसाको सम्भावना नै रहन्न | पश्चिमाहरूले थोपरेका विधिहरू स्वत: खारेज हुन्छन् | एस विषयमा विचार गरौँ, मनन गरौँ र महिलाप्रति भेदभावरहित मौलिक दृष्टिकोण स्वीकार गर्दै/गराउंदै ऋषिकाको पथमा अगाडी बढौं |