यस कारण चीनसंग रणनीतिक साझेदारी जरुरी छ



भरत दाहाल

चिनियाँ राष्ट्रपतिले ने्पालसंग चीनको ‘रणनीतिक साझेदारी’ गर्ने कुरा उठाएपछि सिआईए र रअका तलवीहरु वर्वराउन थालेका छन्। दुई देशका बिचमा हुनु पर्ने सम्बन्ध नै रणनीतिक साझेदारी हो। यी दलालहरुको ईण्डियाले नेपालमाथि कतिपटक नाकाबन्दी लगायो ? तराईलाइई विभाजन गर्न रअ ले कतिवटा मिशन चलायो ?

ईण्डियाले नेपालको कसित भूभाग कब्जा गरेको छ ? ईण्डियनहरुलाई नागरिकता दिलाउन के गर्न बाँकि राख्यो ? सिआईए र यूरोपीयनहरुले नेपाललाई विखण्डन गर्न साम्प्रदायिकताको मुद्दामा कति डलर लगानी गरे ?

सिआईए र यूरोपीयनहरुले नेपाललाई विखण्डन गर्न साम्प्रदायिकताको मुद्दामा कति डलर लगानी गरे ?

धर्मान्तरणको अधिकार हुनु पर्ने भनेर यूरोपीयनहरु र अमेरीकाले वक्तव्य जारी गरेका हुन् कि होईनन् ? मोदीसंग मिलेर यूरोपीयनहरुले नेपाल विरुद्ध वक्तव्य जारी गरेका हुन् कि होईनन् ? सिआईएले नेपालबाट चीनका विरुद्धमा खम्पा विद्रोह चलाएको हो कि होईन ?

सोंचौं, उत्तरतिर चीन र त्यसको अभिन्न अंगका रुपमा तिब्बत नभएको भए नेपाल कता पुग्थ्यो ? यी साम्राज्यवादीहरुले नेपाललाई चारैतिरबाट थुनेरै मार्थे। अनुमान गरौं, बिचमा नेपाल नभएको भए तिब्बतको हालत के हुन्थ्यो ?

ईण्डो-पश्चिमा साम्राज्यवादीहरु तिब्बतको सिमानामा बसेर चीनबाट त्यसको विभाजन गर्थे। चीन र नेपालको समस्या एउटै हो। त्यो समस्या हो- साम्राज्यवादीहरुबाट सार्वभौमिकताको रक्षा कसरी गर्ने भन्ने कुरा।

यी साम्राज्यवादीहरुले नेपाललाई चारैतिरबाट थुनेरै मार्थे। अनुमान गरौं, बिचमा नेपाल नभएको भए तिब्बतको हालत के हुन्थ्यो ?

दुबै देशका शत्रुहरु एउटै हुन्। यस अर्थमा नेपाल र चीनका बिचमा रणनीतिक साझेदारी एकदमैं जरुरी छ। हामीले यो तथ्य पनि नबिसौं कि चीनले तिब्बतको सुरक्षाका लागि नेपालमा आफ्नो भूमिका अघि नबढाएको भए नेपाल ०६५ सालमैं समाप्त भैसक्थ्यो। संविधानसभाबाट ६ महिनामा संविधान जारी गरेर सबै काम तमाम गर्ने तिनीहरुको योजना बनिसकेको थियो।

नेपाल र चीनका बिचमा रणनीतिक साझेदारीको कुरा उड्दा डिप्रेसनको शिकार हुने यी दलालहरुले ईण्डियासंग संस्कृति एउटै भएकाे भन्ने झूठ कथाका आधारमा ‘विशेष सम्बन्ध’ रहेको बकबास गरिरहेका छन्।

ईण्डियासंग कहाँ छ एउटै संस्कृति ? ईण्डियाको संस्कृति वैष्णव संस्कृति हो, हाम्रो शैव र शाक्त संस्कृति हो। उनीहरुको संस्कृति पुरुष प्रधान छ भने हाम्रो नारी प्रधान। उनीहरुको संस्कार वर्णवादमा आधारित छ भने हाम्रो जातियताभन्दा बाहिर छ।

ईण्डो-पश्चिमा एजेन्टहरुका काल्पनिक कथाहरुलाई चिरेर हामी आफ्नै राष्ट्रिय हितका पक्षमा उभिनु पर्छ।

नेपालका ९० प्रतिसत शक्तिपिठहरुमा गैर बाहुन पुजारीहरु छन्। चाडपर्व मनाउने संस्कार पनि मिल्दैन। उनीहरुले रामले रावणलाई मारेको खुसियालीमा दशैंको दशौं दिनलाई उत्सवका रुपमा मनाउँछन्, हामीकहाँ नव दुर्गाको पुजा गरेर दशौं दिनका दिन ठूलाहरुबाट आशिर्वाद मागिन्छ।

उनीहरुको दिपावली राम लंकाबाट अयोध्या फर्केको दिनको खुसियालीमा मनाईन्छ, हाम्रौ तिहार दुई भाइबहिनीहरुको मिलनको कथामा आधारित छ।

ईण्डो-पश्चिमा एजेन्टहरुका काल्पनिक कथाहरुलाई चिरेर हामी आफ्नै राष्ट्रिय हितका पक्षमा उभिनु पर्छ। ईण्डियासंगको विशेष सम्बन्धको कुरा दलाली मात्र हो। हामीले चीनसंग रणनीतिक साझेदारीको पक्ष बोलेको कुरा देशको प्रतिरक्षाको विषय हो। अब यी देशघाती दलालहरुसंग कठोर बहसमा उत्रिनु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा

महाशिवरात्रिमा आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको

तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा

ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ