के नेकपाले सीको सन्देशबाट शिक्षा लिनेछ ?
– मोहनविक्रम सिंह
पत्रपत्रिका (कान्तिपुर असोज २७ गते)मा प्रकाशित समाचारअनुसार चीनका राष्ट्रपति सीले नेकपाका नेताहरूसित भेट हुँदा यो कुरामा जोड दिएका थिए : ‘जनताको मन जित्ने काम गरेर मात्र लामो समयसम्म सत्तामा रहन सकिन्छ…. चीनमा हामी समाजवाद निर्माणमा अघि बढेका छौँ, जुन जनताको आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै गएकाले सम्भव भएको हो, सत्ता कब्जाकै कारणले मात्र होइन ।’ त्यस सिलसिलामा चीनका राष्ट्रपतिले यो पनि बताएका थिए : ‘पार्टी वैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले, दह्रो बनाएर मात्र हामीले चीनमा प्रगति गरेका हौँ ….. तपाइँहरूले पनि हाम्रा अनुभवलाई ध्यान दिन सक्नुहुन्छ ।’
सीले चीनमा समाजवादको निर्माण भइरहेको जुन विचार प्रकट गरेका छन्, त्यो सही छैन । किनभने त्यहाँ समाजवाद होइन, पुँजीवादको निर्माण भइरहेको छ र धनी र गरिबहरूका बीचको खाडल झन् बढ्दै गइरहेको छ । अब चीनको पुँजीवादले साम्राज्यवादको रूप लिइसकेको छ । त्यस्तो अवस्थामा चीनमा कायम भएको व्यवस्थाले त्यहाँका जनताको आकांक्षा र आवश्यकता पूरा गर्दछ भन्ने कुरा सही होइन । तर, यो लेखमा हामी त्यो विषयको सैद्धान्तिक छलफल गर्नपट्टि लाग्दैनौँ ।
किनभने त्यहाँ समाजवाद होइन, पुँजीवादको निर्माण भइरहेको छ र धनी र गरिबहरूका बीचको खाडल झन् बढ्दै गइरहेको छ ।
हामीले यो लेखमा चीनका राष्ट्रपतिले नेपालका नेताहरूलाई दिइएको सन्देशबारे नै केही चर्चा गर्ने छौँ । उनको सन्देशका दुईवटा विषयहरू यसप्रकार छन् । प्रथम, सत्ता कब्जा गरेर मात्र होइन, जनताको मन जित्ने काम गरेपछि मात्र लामो समयसम्म सत्तामा रहन सकिन्छ । द्वितीय, पार्टीलाई बैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले दह्रो बनाएर मात्र प्रगति गर्न सकिन्छ ।
त्यसप्रकारको सन्देश दिंदै सीले चीनको पार्टीका ती दुवै प्रकारका अनुभवहरूबाट शिक्षा लिन नेकपाका नेताहरूलाई आह्वान गरेका छन् । चीनको पार्टीका अनुभवहरू मुख्य रूपले दक्षिणपन्थी संशोधनवादी पार्टी र पुँजीवादी विकासका अनुभवहरू हुन् । त्यसकारण तिनीहरूलाई सम्पूर्ण रूपमा सही भन्न मिल्दैन ।
चीनको पार्टीका अनुभवहरू मुख्य रूपले दक्षिणपन्थी संशोधनवादी पार्टी र पुँजीवादी विकासका अनुभवहरू हुन् । त्यसकारण तिनीहरूलाई सम्पूर्ण रूपमा सही भन्न मिल्दैन ।
तैपनि उनले नेकपालाई दिएको सन्देशले नेकपा वा नेपालका लागि केही सकारात्मक महत्व पनि राख्दछ । त्यसकारण यहाँ हामीले त्यसबारे केही प्रकाश हाल्ने प्रयत्न गर्दै छौँ ।
सीले उक्त दुवै भनाइहरूलाई एउटा भाइचारा पार्टीको हैसियतले मैत्रीपूर्ण र कुटनीतिक प्रकारले प्रस्तुत गरेका छन् । कुनै बच्चाले पढाइमा राम्रो ध्यान दिएन भने, उसका बाबु आमा वा शिक्षकले उसलाई पढाउनका लागि दुई प्रकारले प्रयत्न गर्न सक्दछन् : प्रथम, हप्काएर, गाली गरेर वा पिटेर पनि पढ्न लगाउने । द्वितीय, उसलाई ‘किन पढिनस्’ भनेर कुनै प्रश्न वा आलोचना नगरिकन सकारात्मक र स्नेहपूर्वक पढ्नको लागि प्रोत्साहित गर्ने ।
तर, ती दुवै जुन तरिका अपनाए पनि उनीहरूको ध्यान वा चिन्ता बच्चाले नपढेको कुराप्रति नै हुन्छ र उनीहरूको प्रयत्न उसलाई पढ्न प्रोत्साहन वा मार्ग प्रदर्शन गर्नेपट्टि नै हुन्छ । त्यही कुरा चीनका राष्ट्रपतिले नेकपाका नेताहरूलाई दिएको सन्देशका सन्दर्भमा पनि सत्य हो ।
त्यही कुरा चीनका राष्ट्रपतिले नेकपाका नेताहरूलाई दिएको सन्देशका सन्दर्भमा पनि सत्य हो ।
सीले नेकपाका नेताहरूलाई सिंधै र ठाडो प्रकारले आलोचना गरेर होइन, मैत्रीपूर्ण कुटनीतिक शैलीमा नै नेकपाका नेताहरूको कार्यशैली वा सङ्गठनात्मक प्रणालीमा भएको कमजोरीको आलोचना गरेका छन् । सीको भनाइबाट प्रष्ट हुन्छ, नेकपाको कार्यशैली वा उनीहरूको प्रशासकीय प्रणालीमा उनीहरूको (नेकपाका नेताहरूको) कति गम्भीर प्रकारको कमजोरी रहेको छ र त्यो कारणले उनीहरू सत्ताबाट हट्ने कति धेरै खतरा छ, त्यो कुरा उनले राम्ररी बुझेका छन् ।
उनले नेकपाका नेताहरूलाई जुन सन्देश दिएका छन्, त्यसबाट प्रष्ट हुन्छ कि उनको मुख्य ध्यान उनीहरूको (नेकपाका नेताहरूको) शासन प्रणाली र सङ्गठनात्मक प्रणाली सही नभएको कार्यप्रति आलोचना नै थियो । यो आम रूपमा थाहा भएको कुरा होकि उनीहरूले जनताको मन जित्ने गरेर काम गर्न सकेका छैनन, त्यसले गर्दा जनमत लगातार उनीहरूका विरुद्ध बन्दै गइरहेको छ ।
यो आम रूपमा थाहा भएको कुरा होकि उनीहरूले जनताको मन जित्ने गरेर काम गर्न सकेका छैनन, त्यसले गर्दा जनमत लगातार उनीहरूका विरुद्ध बन्दै गइरहेको छ ।
उनीहरूको कार्यशैली अत्यन्त असन्तोषजनक प्रकारको छ । उनीहरूको सङ्गठनात्मक प्रणाली पनि अत्यन्त असन्तोषजनक प्रकारको छ । उनीहरूको सङ्गठनमा अनुशासन वा व्यवस्थाको अत्यन्त कमी छ । सीले सङ्केत गरे झै, उनीहरूको सङ्गठन ‘बैचारिक, राजनीतिक, सैद्धान्तिक, सङ्गठनात्मक हरेक किसिमले’ अत्यन्त कमजोर छ । उनीहरूले संसदमा तीन चौथाई बहुमत भएको आधारमा आफू शक्तिशाली भएको अनुभूति गरेको देखिन्छ । तर, सीले ठीकै भनेका छन्, ‘सत्ता कब्जाकै कारण’ कोही लामो समयसम्म सत्तामा रहन सक्दैन ।
त्यसका लागि एकातिर, जनताप्रति अपनाइने नीति र कार्यशैली सही हुनुपर्दछ, अर्कातिर, सङ्गठनात्मक प्रणाली सही र बलियो हुनुपर्दछ । तर, उक्त दुवै प्रश्नहरूमा नेकपामा गम्भीर प्रकारका कमजोरीहरू छन् । खास गरेर आज नेकपाको सरकार मात्र होइन, गणतन्त्रलाई उखेलेर फाल्नको लागि कैयौँ देशी र विदेशी शक्तिहरू सक्रिय भएको अवस्थामा आफ्नो कार्यशैली र सङ्गठनात्मक प्रणाली दुवैमा सुधार नगरेमा बर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने कुरा प्रष्ट छ ।
सामान्यतः नेकपाको सरकार टिक्छ वा टिक्दैन ? त्यो हाम्रो सरोकारको विषय होइन । तैपनि देशको अहिलेको अवस्थामाथि समग्ररूपले विचार गर्दा त्यो हामीसित वा सम्पूर्ण देशसित सम्बन्धित कुरा पनि हुन जान्छ ।
खास गरेर आज नेकपाको सरकार मात्र होइन, गणतन्त्रलाई उखेलेर फाल्नको लागि कैयौँ देशी र विदेशी शक्तिहरू सक्रिय भएको अवस्थामा आफ्नो कार्यशैली र सङ्गठनात्मक प्रणाली दुवैमा सुधार नगरेमा बर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने कुरा प्रष्ट छ ।
किनभने अहिलेको सरकारको पतन भयो भने देश प्रतिगमनको दिशामा जाने नै सम्भावना छ । त्यस्तो भयो भने त्यसबाट खाली नेकपालाई मात्र होइन, देशलाई नै गम्भीर क्षति पुग्ने छ । त्यसप्रकारको दुर्घटनाले नेपालको इतिहासलाई पनि लामो समयसम्म प्रभावित गर्नेछ । त्यस्तो हुन नदिनका लागि हाम्रो यो चिन्ता रहेको छ कि, प्रतिगामी शक्तिहरूको हमलाबाट वर्तमान सरकार नढलोस् र देशमा राजनीतिक अस्थिरता पैदा नहोस् र देश प्रतिगमनको दिशामा नजाओस् ।
चीनको कम्युनिष्ट पार्टी अब कम्युनिष्ट पार्टी रहेको छैन र त्यो दक्षिणपन्थी संशोधनवादी पार्टी बनेको छ । तैपनि हामीलाई जानकारी भएसम्म त्यसको सङ्गठनात्मक प्रणाली वा अनुशासनको पक्ष धेरै नै बलियो छ ।
त्यसैले नेकपा र चीनको कम्युनिष्ट पार्टीको सहकार्यमा काठमाडौँमा सञ्चालित प्रशिक्षण कार्यक्रमका बेलामा २०७६ असोज ७ गते ‘सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम’ शीर्षकले प्रकाशित मेरो लेखमा मैले नेकपाले चीनको पार्टीबाट अनुशासनबारे शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएको थिएँ । हामीले कतिपय प्रतिक्रियावादी वा बुर्जुवा शक्तिहरूबाट पनि शिक्षा लिनुपर्ने आवश्यकता हुन्छ ।
लेनिनले पुँजीपतिवर्गबाट विजीनेश र क्रिस्चियन धर्मबाट आफ्नो आस्थाअनुसार समर्पित भएर काम गर्ने स्प्रिटबाट शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएका थिए । भारतको राष्ट्रिय स्वयंसेवक सङ्घमा पनि अत्यन्त उच्च प्रकारको अनुशासन प्रणाली छ । त्यो कट्टरपन्थी हिन्दूवादी सङ्गठन हो ।
काठमाडौँमा सञ्चालित प्रशिक्षण कार्यक्रमका बेलामा २०७६ असोज ७ गते ‘सी विचारधारा र नेकपाको प्रशिक्षण कार्यक्रम’ शीर्षकले प्रकाशित मेरो लेखमा मैले नेकपाले चीनको पार्टीबाट अनुशासनबारे शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएको थिएँ ।
त्यसबाट पनि सिक्नुपर्ने आवश्यकतामा हामीले बारम्बार जोड दिने गरेका छौँ । त्यही प्रकारले चीनका राष्ट्रपतिले भ्रमणका सिलसिलामा जारी मेरो वक्तव्यमा पनि मैले चीनको पार्टीबाट नेकपाले शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएको थिए । त्यस विषयमा जोड दिने हामीले विशेष हैसियत पनि राख्दछौँ ।
किनभने, हामीले यो दावा गर्न सक्दछौँ, नेपालका सबै राजनीतिक पार्टी वा सङ्गठनहरू मध्ये हाम्रो पार्टीमा नै सबैभन्दा उच्च प्रकारको अनुशासन छ र त्यसलाई माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक सिद्धान्तअनुसार सुदृढ पार्नका लागि हामीले लामो समयदेखि कडा सङ्घर्ष गर्दै आएका छौँ र अहिले पनि त्यसप्रति हाम्रो पूरा ध्यान छ ।
हाम्रो पार्टीको अन्य सबै राजनीतिक पार्टी वा सङ्गठनभन्दा उच्च प्रकारको सङ्गठनात्मक प्रणाली र अनुशासन भएको हाम्रो दावीलाई के कसैले तथ्यका आधारमा आलोचना गर्यो भने हामीले त्यसप्रकारको आलोचनालाई स्वागत गर्ने छौँ ।
हाम्रो, एकातिर, त्यो क्षेत्रमा भएको उच्च प्रकारको सङ्गठनात्मक प्रणाली र अनुशासन र, अर्कातिर, नेकपाको सङ्गठनात्मक प्रणालीमा भएको हद दर्जाको अव्यवस्था र अनुशासनविहीनताको पृष्ठभूमिमा नै हामीले नेकपालाई चीनको पार्टीबाट त्यसबारे शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिइरहेका छौँ र त्यसप्रकारको जोड दिने हाम्रो पार्टीले हैसियत पनि राख्दछ ।
हाम्रो पार्टीको अन्य सबै राजनीतिक पार्टी वा सङ्गठनभन्दा उच्च प्रकारको सङ्गठनात्मक प्रणाली र अनुशासन भएको हाम्रो दावीलाई के कसैले तथ्यका आधारमा आलोचना गर्यो भने हामीले त्यसप्रकारको आलोचनालाई स्वागत गर्ने छौँ ।
तर, हामीले भन्न सक्दैनौँ, सीको शिक्षालाई नेकपाले कति गम्भीर रूपमा लिनेछ वा कार्यान्वयन गर्न सक्नेछ ? तैपनि यो खुसीको कुरा हो कि प्रचण्डले चीनको पार्टीबाट अनुशासनसम्बन्धी विषयमा शिक्षा लिने आवश्यकतामा जोड दिएर विचार प्रकट गरेका छन् । यस सन्दर्भममा हामीले एउटा अर्को कुराको चर्चा गर्नु पनि सायद अप्रासाङ्गिक हुने छैन ।
हाम्रो पार्टीको आठौँ महाधिवेशनले नेकपालाई देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति तथा मित्रशक्तिको रूपमा विश्लेषण गरेको छ । त्योसित हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक मतभेदहरू छन् र त्यसअनुसार हामीले लगातार सङ्घर्ष गर्दै आएका छौँ र गर्नु पनि पर्नेछ । तैपनि त्यो सङ्गठनलाई हामीले नेका, राप्रपा वा मधेशवादीहरू जस्तो प्रतिक्रियावादी र दुश्मन शक्ति मान्दैनौँ ।
अर्कातिर, त्यसका नीति र कार्यशैलीप्रति हाम्रा गम्भीर प्रकारका मतभेद भएपनि र त्यसकारण, आवश्यकतानुसार त्यसका विरुद्ध हामीले लगातार सङ्घर्ष गर्नुपर्ने आवश्यकता भएपनि गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा त्यसको स्पष्ट अडान छ भन्ने हाम्रो सोचाइ छ । त्यही कारणले सबै राजावादी वा प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई अपदस्थ गर्नका लागि लगातार अभियान चलाइरहेका छन् ।
राष्ट्रियताका विषयमा त्यसले ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाइरहेको छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसप्रकारको सम्झौतापरस्त प्रवृत्ति भएपनि त्यो सिधै साम्राज्यवादी शक्तिहरूको पूरै दलाल भएको छैन । त्यसैले साम्राज्यवादीहरूले त्यसलाई पूरै समर्थन गर्दैनन् र एक वा अर्को प्रकारले त्यसलाई कमजोर पार्ने वा अपदस्थ गर्ने षडयन्त्र गरिरहेका छन् ।
त्यसैले साम्राज्यवादीहरूले त्यसलाई पूरै समर्थन गर्दैनन् र एक वा अर्को प्रकारले त्यसलाई कमजोर पार्ने वा अपदस्थ गर्ने षडयन्त्र गरिरहेका छन् ।
हामीहरूको स्पष्ट मत छ कि अहिलेको स्थितिमा नेकपाको सरकार ढल्यो भने त्यसबाट देशी वा विदेशी प्रतिक्रियावादीहरूलाई नै मद्दत पुग्ने छ । तर, सामान्यतः देशी वा विदेशी शक्तिहरूको प्रभावशाली प्रकारले सामना गर्नका लागि र विशेषतः गणतन्त्रको रक्षाका लागि, अर्काशब्दमा, देशलाई प्रतिगमनमा जानबाट बचाउनका लागि सङ्गठनात्मक रूपले पनि त्यो अनुशासित र बलियो हुनुपर्दछ भन्ने हाम्रो सोचाइ रहेको छ ।
त्यसैले हामीले सीको सङ्गठनात्मक प्रणाली वा अनुशासनबारे चीनको पार्टीबाट शिक्षा लिनुपर्ने आवश्यकतामा जोड दिएका छौँ । निश्चय नै, यो हाम्रो मैत्रीपूर्ण सल्लाह हो ।
चीनले पुँजीवादको बाटो समातेको भएपनि त्यसले जुन विकास गरिरहेको छ, त्यो उल्लेखनीय छ । सीको भ्रमणको सिलसिलामा जारी गरिएको हाम्रो पार्टीको वक्तव्यमा चीनले कसरी त्यसप्रकारको विकास गरिरहेको छ ? त्यसबाट नेकपाले सिक्नुपर्ने आवश्यकता जोड दिएको थियो ।
वास्तविकता यो हो कि अहिले नेकपाको सरकारको नेतृत्वमा जुन विकास कार्यहरू भइरहेका छन्, ती अत्यन्त असन्तोषजनक प्रकारका छन् । प्रथमतः, विकासको ठूलो रकम खर्च नै हुँदैन । द्वितीय, त्यसमा पनि ठूलो भ्रष्टाचार हुन्छ ।
त्यसले गर्दा देशको विकास लगातार अबरुद्ध हुने गरेको छ । त्यसप्रकारको पृष्ठभूमिमा चीनको विकाससम्बन्धी अनुभवबाट शिक्षा लिएर नेकपाको सरकारले विकास कार्यमा ध्यान दिन सक्यो भने त्यो स्वागतयोग्य कुरा हुनेछ । तर, आज देशमा विभिन्न माफिया ग्रूप, भ्रष्ट प्रशासनतन्त्र, देशी विदेशी वा दलाल पुँजीपतिहरूको जुन व्यापक सञ्जाल छ, के त्यसबाट सरकार बाहिर निस्कन सक्नेछ ? देशको विकासका लागि त्यो निर्णयात्मक महत्वको कुरा हो ।
तर, आज देशमा विभिन्न माफिया ग्रूप, भ्रष्ट प्रशासनतन्त्र, देशी विदेशी वा दलाल पुँजीपतिहरूको जुन व्यापक सञ्जाल छ, के त्यसबाट सरकार बाहिर निस्कन सक्नेछ ?
सीले आफ्नो संदेशमा “प्रभूत्ववाद, नवउपनिवेशवाद र एकत्ववाद विरुद्ध …. अझै जुध्नुपर्ने अवस्था रहेको” बताएका छन् । नेकपाले सीको यो विचार प्रति पनि ध्यान दिनुपर्ने आवश्यकता छ । उनीहरूले, साम्राज्यवाद, नवउपनिवेशवाद, प्रभूत्ववाद प्रति सम्झौतापरस्त नीति अपनाउने गरेका छन् र उनीहरूप्रतिको विरोध वा सङ्घर्षको नीतिलाई पूरै जस्तो तिलाञ्जली दिएका छन् वा एक वा अर्को प्रकारले सम्झौतापरस्त नीति अपनाएका छन् ।
नेकपाले अपनाएको त्यसप्रकारको नीतिले सीको अमेरिका, भारत वा कुनै पनि साम्राज्यवादी वा नवउपनिवेशवादका “विरुद्ध अझै जुध्नुपर्ने आवश्यकता भएको” सोचाइसित मेल खान्न ।
नेकपाले सीमित रूपमा भए पनि सीले प्रकट गरेको त्यसप्रकारको विचारलाई अपनाउन सकेमा त्यसबाट नेकपाको सङ्गठन, राष्ट्रियता र देशको विकासका लागि पनि मद्दत पुग्न सक्ने थियो ।
सीको त्यसप्रकारको मन्तव्यपछि नेकपाले पुरानै प्रकारको नीति अपनाइरहने छ वा त्यसमा केही सुधार गर्ने छ ? हामीले आशा गर्दछौँ, नेकपाले सीका सकारात्मक विचारहरूलाई आफ्नो सङ्गठन र देशको विकासका सन्दर्भमा पनि अपनाउने प्रयत्न गर्नेछ ।
२०७६ असोज २८ गते