माइग्रेन : कारण, लक्षण, रोकथाम



– डा रवीन्द्र पाण्डे

के तपाईंको टाउको दुखाइ पाँच वा त्यसभन्दा धेरैपटक दोहोररिहेको छ। उक्त दुखाइ ४ देखि ७२ घन्टासम रहने प्रकृतिको छ ? कम्तीमा दुईपटक एक साइडको टाउको दुखेको छ ? जुन सह्य वा असह्य प्रकृतिको सामान्य शारीरकि क्रियाकलाप गर्दा वा नगर्दा पनि दुखाइ बढ्ने खालको छ ?

अनि, घटीमा एउटा थप लक्षणजस्तै वाकवाकी लाग्नु, वान्ता हुनु, प्रकाश वा आवाजप्रति असहिष्णु हुनु छ ? यी चारवटा लक्षण पाइएमा तपाइर्ंलाई माइग्रेन भएको अनुमान गर्न सकिन्छ। दुखाइ व्यक्ति, कारक तत्त्व तथा रोगको गम्भीरता अनुसार कोही व्यक्तिलाई प्रत्येक साता वा १५ दिनमा वा प्रत्येक महिनामा वा प्रत्येक दुई-तीन महिनामा वा वर्षमा एकपटक पनि हुनसक्छ। एक दुखाइदेखि अर्को दुखाइबीचको अवधिमा माइग्रेनको बिरामीलाई कुनै पनि लक्षण देखिँदैनन् अर्थात् पूर्ण स्वस्थ महसुस हुन्छ।

माइग्रेन बढीमा १५ प्रतिशत जनसंख्यामा विद्यमान स्वास्थ्य समस्या हो। यो रोग पुरुषलाई भन्दा महिलालाई तीन गुणा बढी हुन्छ।

१५ देखि ४५ वर्षसम्मको उमेरका व्यक्तिलाई जोखिम वर्ग मानिन्छ। अमेरकिाजस्तो विकसित राष्ट्रमा २ करोड ८० लाख व्यक्ति माइग्रेनले पीडित छन् र प्रतिवर्ष १८ प्रतिशत महिला तथा छ प्रतिशत पुरुष माइग्रेनले पीडित भइरहेका छन्।

माइग्रेनका कारण काम गर्न नसकेर कार्यक्षमतामा ह्रास हुन्छ। उपचारको खर्च विश्लेषण गर्दा वाषिर्क खर्बौं रुपियाँ खर्च भएको अमेरकिी तथ्यांकले बताएको छ। यो समस्या प्रत्येक देश, जाति, वर्ण र समुदायमा विद्यमान छ।

मस्तिस्कमा ‘डोपामिन’ र ‘सेरोटोनिन्’ भन्ने रसायनहरूको तह तथा मात्रा परविर्तन हुँदा रक्तनलीहरू फराकिला वा साँघुरा हुन्छन्।

जब ती रसायनको मात्रा बढ्छ, मस्ितष्कका रक्तनलीहरू सांघुरिन्छन् ।रसायनहरूको मात्रा घट्दा रक्तनलीहरू फराकिला तथा सुन्निएका हुन्छन्।

सेरोटोनिनहरूको मात्रा घटेपछि माइग्रेन हुन्छ। असामान्य रूपमा रक्तनलीहरू ठूला भएपछि दुखाइ सुरु हुन्छ। ती सुन्निएका रक्तनलीहरूले आफ्नो वरिपरि घेरिएका स्नायुहरूलाई च्याप्छ।

ती च्यापिएका रुक्तनलीहरू टाउकोको दायाँबायाँ भागमा रहने ‘टेम्पोरल आर्टेरी’ हुन्, जुन टाउकोको हड्डीबाहिर र छालाभित्र रहेका हुन्छन्।

च्यापिएका स्नायुहरूले संवेदनशील स्नायु प्रणालीमा असर गर्छन्, जसका कारण पाचन रसको श्रवणमा असर हुन्छ, रक्तनली साँघुरा हुन्छन् र हृदयगति बढ्छ। संवेदनशील स्नायु प्रणालीले दुखाइ नियन्त्रणको पनि काम गर्छ।

जब उक्त प्रणालीमा असर पर्छ, त्यसपछि टाउको दुख्ने, वाकवाकी/वान्ता हुने, पखाला लाग्ने आदि हुन्छ। शरीरमा कोलेस्ट्रोल चिनी तथा महिलामा ‘एस्ट्रोजेन’ हार्मोनको मात्राले पनि माइग्रेनको गम्भीरता निर्धारण गर्छ।

पूर्वाभासका आधारमा माइग्रेन दुई किसिमको हुन्छ। ७५ प्रतिशत माइग्रेन पूर्वाभासबिनाको हुन्छ, त्यसलाई कमन माइग्रेन भनिन्छ।

२५ प्रतिशत माइग्रेन पूर्वाभाससहितको हुन्छ। त्यसलाई ‘क्लासिकल माइग्रेन’ भनिन्छ। आँखाको कुनै समस्या नभए पनि आँखा दुख्ने, हेर्न तथा देख्नमा कठिनाइ हुने प्रकारको नेत्रगत माइग्रेन पनि यदाकदा पाइन्छ।

बच्चाहरूमा वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, तिर्खा बढी लाग्ने, पखाला लाग्ने आदि लक्षणहरूसहितको आमाशयगत माइग्रेन पनि हुन्छ।

उपद्रवस्वरूप हुने माइग्रेनमा स्थायी स्वास्थ्य समस्या जस्तै : पक्षाघात हुन्छ। मेरुदण्डगत माइग्रेनमा टाउको दुख्दैन तर रिंगटा लाग्ने, घुमाउने, संशय हुने, बोल्नमा कठिनाइ हुने, हातखुट्टा झमझमाउने, शारीरकि सन्तुलनमा समस्या देखिने आदि हुन्छ। त्यस्तै शरीरमा पानी तथा लवणको कमीले धेरै दिनसम्म रहने जलवियोजनयुक्त माइग्रेन हुन्छ।

महिलामा हुने माइग्रेनमध्ये ६०-७० प्रतिशत कारक तत्त्व हार्मोन वा महिनावारीजन्य माइग्रेन हो। यसमा महिनावारी हुनुपूर्व, भइरहेको समयमा, महिनावारीपश्चात्, डिम्ब निष्कासन भएको समयमा, गर्भावस्थामा, रजोनिवृत्ति अवधिमा, परविार नियोजनको चक्की वा सुई प्रयोग गरेको अवस्थामा तथा रजनोवृत्तिपश्चात् हार्मोन लिइरहेका महिलाहरूमा महिनावारीगत माइग्रेन हुन्छ। एस्ट्रोजन हार्मोनका कारण सेरोटोनिनको मात्रा कमी भएर रक्तनली संकुचन भई पीडा बढ्छ।

टाउको दुख्ने ९० प्रतिशत कारक तनाव वा धपेडी हुन्छ। तनावले टाउकोको मांसपेशी संकुचन गराउँछ। जसका कारण रक्तप्रवाहमा कमी भई टाउको दुख्छ। यो माइग्रेनभन्दा भिन्न अवस्था हो। त्यस्तै माइग्रेन भएका व्यक्तिहरूमध्ये तीन प्रतिशतलाई टाउको दुख्दैन, अन्य लक्षणहरू देखा पर्छन्।

माइग्रेन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग होइन। तर, ८० प्रतिशत माइग्रेन पारविारकि इतिहास अर्थात् वंशाणुगत हुन्छ।

माइग्रेनको कारक तत्त्व व्यक्तिपिच्छे फरक हुने भएकाले तथा यसको ठोस कारण यकिन नभएको हुँदा परीक्षणबाट यसको कुनै निदान हुँदैन।

चिकित्सकको सल्लाह अनुसार निश्चित अवधिसम्म टाउको दुख्न निको नभएमा अन्य कारण पत्ता लगाउन ईईजी, सीटीस्क्यान, एमआरआईजस्ता परीक्षणहरू गर्नुपर्छ।

यी परीक्षणहरूबाट टाउकोभित्र रक्तश्राप वा रगतको ढिका जमेको, पक्षघात भएको, मस्तिस्कका नसाहरू सुन्निएको, मस्ितष्कको तरल पदार्थमा घटबढ वा संक्रमण भएको, मस्तिस्क वा मेरुदण्डभित्रको जाली सुन्निएको, क्षारेरोगजन्य समस्या, ट्युमर मस्तिस्कको क्यान्सर आदि पत्ता लाग्छ।

त्यस्तै, एक्सरेबाट पिनास तथा आँखाको परीक्षणबाट नेत्रगत समस्या पहिचान हुन्छ। पिनास र आँखाको समस्याले पनि बारम्बार टाउको दुख्छ। माइग्रेन भएको बिरामीलाई टाउको दुख्न कम हुने, बान्ता रोक्नेजस्ता लाक्षणिक उपचार गरिन्छ ।

त्यस्तै चिकित्सकको सल्लाहबमोजिम माइग्रेनको औषधी कोर्स पूरा गर्नुपर्छ। कारक तत्त्वको त्याग सन्तुलित आहार, स्वास्थ्य जीवनशैली, तनावको व्यवस्थापन तथा समयमै रोगको निदान र उपचारबाट यसको रोकथाम गर्न सकिन्छ।

कारण तथा कारक तत्त्व

माइग्रेनको यकिन कारण अहिलेसम्म पत्ता लागेको छैन। रक्तनली फैलिनु र मस्तिस्कका स्नायु तरंग रसायनहरू डोपामिन तथा सेरोटोनिनमा असामान्य परविर्तन हुनुलाई माइग्रेनको प्रमुख कारक मानिएको छ।

माइग्रेनको ‘टिगर्स’ अर्थात् कारक तत्त्वका रूपमा निम्नलिखितलाई लिइएको छ :
एलर्जीजस्ता असहिष्णुजन्य प्रतिक्रियाहरू।

चम्किलो प्रकाश, चर्को आवाज र केही गन्धहरू जस्तै : बडीस्प्रे, पफ्र्युम आदि।

शारीरकि धपेडी तथा मानसिक तनाव।

सुताइको तरकिा, समय र अवधिमा परविर्तन/अनियमितता।

धुम्रपान गर्नु तथा धूवाँमा रहनु।

भोको बस्नु वा व्रत बस्नु।

अत्यधिक मद्यपान गर्नु।

शरीरमा पानीको कमी हुनु।

सुक्खा तथा चिल्लो पदार्थको सेवन गर्नु।

अनियमित महिनावारी, गर्भावस्था, परविार नियोजनको चक्की तथा सुईको प्रयोग तथा रजोनिवृत्ति हुने समयमा हार्मोनको उतार-चढाव हुनु।

चर्को घाम, धूलो, धूवाँ तथा भीडभाडयुक्त वातावरण।

हावापानीमा परविर्तन, हाई अल्टिच्युड।

क्षारेरोग, कोलेस्ट्रोल वृद्धि, डिप्रेसन, चिन्ता तथा वंशाणुगत समस्या।

नसा फैलाउने औषधी, हार्मोन, उच्च रक्तचापको औषधी सेवन, अम्लपित्तको औषधी सेवन तथा केही एन्टिबायोटिक प्रयोग गर्ने व्यक्ति।

१५ देखि ४० वर्षको उमेर, खासगरी किशोरी तथा युवतीहरू।

टाइरामाइन भन्ने तत्त्व पाइने खानाहरूको सेवन जस्तै- रेड वाइन, पोलेको माछा, कुखुराको कलेजो, बंगुरको मासु तथा साना सिमीहरू, स्वाद तथा वासनाका लागि प्रयोग हुने रसायनहरू जस्तै- मोनोक्सोडियम ग्लुकोमेड तथा नाइट्रेनयुक्त खानाहरू -सुँगुरको परकिार हट डग, सलामी)।

चकलेट, चीज, बदामको तेल, केरा, अमिला फलफूल, प्याज, सुन्तला, गोलभेडा, बोसोयुक्त दुग्ध पदार्थ, पुरानो अचार आदि।

लक्षणहरू
माइग्रेनले असर गर्नुभन्दा पहिले केही व्यक्तिहरूमा पूर्वलक्षणहरू देखा पर्छन् -मुड परविर्तन हुने, बेचैनी तथा डिप्रेसन हुने, स्पर्श-स्वाद र गन्धको संवेदना परविर्तन हुने, कमजोरी तथा मांसपेशी बाउँडिने आदि।)

पूर्वाभास : करबि २५ प्रतिशत बिरामीलाई माइग्रेनको पूर्वाभास हुन्छ।

जस्तै-
आँखा धमिलो हुने, कालो देखिने, आँखाअगाडि बक्ररेखाहरू, प्रकाशका थोपाहरू तथा काला धब्बाहरू देखिने।
घाँटी, हात तथा खुट्टामा सियोले घोचेजस्तो हुने।

चेतना परविर्तन भएर बेचैनी हुने तथा एक्लै बस्न मन लाग्ने।

गुलियो खाने तीव्र इच्छा हुने।

हिँडाइ तथा बोलीको सन्तुलनमा अप्ठ्यारो हुने।

मुख्य लक्षणहरू

प्रायः टाउकोको आधी भाग/एकातर्फ सह्य वा असह्य रूपमा दुख्नु।

घोचेजस्तो, रोकेजस्तो तथा वल्केजस्तो पीडा हुनु।

शारीरकि काम गर्दा दुखाइ बढ्नु।

दुखाइको कारण नियमित काम गर्न नसक्नु।

वाकवाकी लाग्नु/बान्ता हुनु।

प्रकाश तथा आवाजप्रति असहिष्णु हुनु।

नाडी चलेकोजस्तो ढुकढुक वा बलकबलक गरी दुख्नु।

धेरै रसि उठ्ने, झर्किने तथा एक्लै बस्ने मन गर्नु।

टाउको दुखाइ ४ देखि ७२ घन्टासम्म रहनु।

सुतेपछि वा बान्ता भएपछि टाउको दुख्न कम हुनु।

प्रायः टाउको एक साइडमा दुख्छ, ३०-४० प्रतिशतलाई दुवैतर्फ पनि दुख्न सक्छ। ८० प्रतिशतभन्दा बढी बिरामीलाई वाकवाकी लाग्छ। कसैलाई बान्ता हुन्छ, ७० प्रतिशतलाई प्रकाश तथा आवाजप्रति झर्को लाग्छ।

बच्चाहरूमा देखिने लक्षणहरू
वाकवाकी तथा बान्ता हुनु।

एकाग्रतामा कमी हुनु।

पसिना आउनु।

पेट दुख्नु, पखाला लाग्नु।

पिसाब बढी लाग्नु।

तिर्खा लाग्नु।

रोकथाम

दुखाइको पटक तथा तीव्रता घटाउनु, गुणस्तरीय जीवनशैली स्थापित गर्नु, कारक तत्त्वको त्याग गर्नु, लाक्षणिक उपचार गर्नु तथा माइग्रेनलाई उन्मूलन गर्नु रोकथामको प्रमुख लक्ष्य हो। यसको कारण व्यक्तिपिच्छे फरक हुने तथा ठोस कारण यकिन नभएकाले निम्न उपायहरू रोकथामका लागि अभ्यास गर्नुपर्छ।

आफ्नो दैनिकीमा दुखाइको प्रकृति, पटक, सम्भावित कारण टिपोट गर्ने।

चिल्लो तथा सुक्खा खाना नखाने।

पानी पटक-पटक र प्रशस्त मात्रामा खाने।

भोको नबस्ने।

दिनको छदेखि आठ घन्टा नियमित समयमा सुत्ने।

चर्को घाम, धूलो, भीडभाड तथा ध्वनि प्रदूषणबाट पृथक् रहने।

धपेडी तथा तनावलाई न्यूनीकरण गर्ने।

नियमित व्यायाम, योग तथा ध्यान गर्ने।

सन्तुलित, पोषिलो, चिल्लो कम भएको तथा प्राकृतिक खानाहरू जस्तै- सागपात, फलफूल गेडागुडी प्रशस्त खाने।

एउटै आसनमा लामो समय नबस्ने/नउठ्ने।

धुम्रपान र अत्यधिक मद्यपान त्याग गर्ने।

मांसपेशी खुकुलो हुने अभ्यास गर्ने, गीत श्रवण, उष्ण स्नान, अध्ययन, विश्राम, भ्रमण गर्ने।

टाउको दुख्न थालेमा अँध्यारो तथा शान्त कोठामा बसेर बरफ वा चिसो पानीले कपडा भिजाएर टाउको, घाँटी र काँधमा बेर्ने।

घाँटी र टाउकोलाई आरामदायी सिरानीमा राखेर सुत्ने।

एक कप चिया वा कफी पिउने।

दुखाइ कम गर्ने सुरक्षित औषधी सेवन गर्ने।

टाइराइमिनयुक्त खानाहरू सूर्तीजन्य पदार्थ, चीज, दही, बट्टावाला मासु, बरफ, सिमी, प्याज, बट्टावाला सुप, बंगुरको सुकुटी, केरा, मेवा, भुइँकटहर, गोलभेडा, मर्चा, पुरानो अचार, ससेज, जाम, हट डग, कफी, चकलेट, चिया, वाइन, बियर आदिको सीमित प्रयोग गर्ने। खानालाई संरक्षण गर्ने रसायन, रंग, कृत्रिम गुलियो पदार्थ, चिल्लोयुक्त दुग्ध पदार्थ आदिको सेवन नगर्ने।

चिल्लोमा तारेर पकाएका सबै परकिार, चिल्लोमा डुबाएर पकाएका समोसा, पकौडा, दालमोठ, मिठाई आदि, चिसो पेयहरू खासगरी खैरो रंगको आइसक्रिम, खैरो चकलेट आदि नखाने।

एक्युपञ्चर, एक्युपे्रसर, मसाज, हर्बल, औषधी, हर्बल चिया, भिटामिन तथा खनिज तत्त्वहरूको सेवन गर्ने

पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा. केसीका पक्षमा माइतीघरमा प्रदर्शन(फोटोफिचर)

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको पक्षमा

सरकारले भन्यो-यस्ता व्यक्तिको मात्र कोरोना परीक्षण गर्नु

काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएकालाई कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरेको

थप १,३१३ जनामा कोरोना संक्रमण, १,४५५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।