समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय



डा. गोविन्दशरण उपाध्याय ।

नेपाली रजौटा जयपृथ्वी बहादुर सिंह (१८७७–१९४०) र भारतीय चिन्तक एम.एन. रॉय (१८८७–१९५४) दूवै मानवतावादी चिन्तक हुन् । दशवर्षको अन्तरालमा दुवैको जन्म र मृत्यु भएको देखिन्छ र मानवतावादका सवालमा चिन्तनमा पनि समानता देखिन्छ । दूवैको पृष्ठभूमि निकै परम्परागत भए पनि चिन्तन, व्यबहार तथा राजनैतिक दृष्टिकोण निकै क्रान्तिकारी, दूरगामी र महान् देखिन्छ । फरक एत्ति हो कि भारतमा एम.एन. रॉय का राजनैतिक, दार्शनिक, सामाजिक चिन्तनका विषयमा हरेक विश्वविद्यालयहरूमा पठनपाठन हुन्छ भने जयपृथ्वी बहादुर सिंहका विषयमा बल्लबल्ल चर्चा हुन थालेको छ ।

पहिले राजा जयपृथ्वी बहादुरको मानवतावादी दृष्टिकोण वारे चर्चा गरौँ । सिंहको मानवतावादी चिन्तन उच्चनैतिकता तथा समाजसेवा र समाजसुधारमा केन्द्रीत छ । श्रीसिंहका लागि नैतिकता नै सर्वोच्च मानवमूल्य हो । उच्च नैतिकताले व्यक्तिगत र सामाजिकतहमा व्याबहारिक प्रभाव पार्छ र हरेक व्यक्तिलाई इमान्दारी, करुणा, सहयोगी, सम्भवमा व्यबहार गर्ने प्रेरणा प्रदान गर्छ । मानवताका लागि हरेक मान्छेको जीवनमा उच्चनैतिकता हुनैपर्छ । यसैगरी सामाजिक न्याय र सेवाले मानवतावादी दृष्टिकोण र व्यबहारलाई बलियो बनाउँछ । मानवतावादलाई बलियो बनाउनका लागि शिक्षाको समुचित व्यबस्था हुनुपर्छ । शिक्षित हुन पाउनु हरेक मान्छेको नैसर्गिक अधिकार हो । शिक्षित व्यक्तिले मानवतावादलाई बलियो बनाउँछन् । श्रीसिंहको मानवतावादी चिन्तन समतामूलक समाजको निर्माणको पक्षधर थियो । मानवताको हितकर हुँदा, धर्म, संस्कृति तथा परम्पराहरूसंग सिंहको कुनै विरोध थिएन ।

यसैगरी सार्वभौमिक भातृत्व (Universal Brotherhood) पनि सिंहका मानवतावादीको प्रमुख साध्य हो । हरेक व्यक्ति केवल मानव हो । मानवताका लागि वर्ग, जाति, समुदाय, भूगोल, भाषा तथा धर्मभन्दा माथि उठ्नुपर्छ । राजनैतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक कारणहरूले व्यक्तिगत मानव तथा सामुहिक मानवहरूप्रति कुनै पनि प्रकारको भेदभाव हुनुहुँदैन, अस्मिताको अपमान हुनुहुँदैन । मानव केवल मानव हो । धर्म, संस्कृति, राजनीतिआदि सबैको उद्देश्य मानव कल्याण हुनुपर्छ । मानवताका विरुद्धमा उपयोग हुने जुनसुकै व्यबस्था भए पनि अस्वीकार्य हुनुपर्छ । साथै, उनी राजतन्त्रका पक्षमा नभई प्रजात्रन्त्रका पक्षधर थिए ।

असलमा, सिंहको मानवतावादलाई ‘समतामूलक मानवतावाद’ भन्न मिल्छ र यो सर्वतोमुखी (Holistic Humanism) मानवतावाद हो । यस्ता विशेषताहरू अन्य मानवतावादी चिन्तनमा भेटिन्छ । यी सबै थोकको चर्चा श्रीसिंहले (Humanist Manifesto) अर्थात् Humanism नामको पुस्तकमा व्याख्या गरेका छन् ।अव केही कुरा एम.एन रोयका मानवतावादी चिन्तनका विषयमा लेखौं । बंगाली ब्राहमण परिवारका जन्मेका रोय भारतीय स्वतन्त्रता सेनानी, भारतीय कम्युनिस्ट पार्टीका संस्थापक सदस्य, भारतीय कांग्रेस र गान्धीका अनुयायी र अन्त्यमा उग्रमानवतावादी (Radical Humanism) दृष्टिकोणका प्रणेता हुन् । उनके सन् १९४५ पछि कम्युनिष्ट, समाजवाद, धार्मिकता तथा लोकतन्त्रको कठोर आलोचना गर्दै ‘उग्रमानवतावाद’को पक्षमा उभिएका छन् । रोयका दार्शनिक मानवतावादी चिन्तन वारे विश्वभरी अध्ययन गरिन्छ ।

रोयको मानवतावादी सिद्धान्तले मूलतः बौद्धिक स्वतन्त्रता, तार्किकता तथा बैज्ञानिक चिन्तनलाई महत्व दिन्छ । उनले परम्परागत आध्यात्मिक चिन्तन, माक्र्सवादी विचारधारा तथा प्रतिनिधि मूलक लोकतान्त्रिक व्यबस्थाको कठोर आलोचना गर्दै व्यक्तिगत स्वतन्त्रता र बौद्धिक स्वायत्तताको वकालत गरेका छन् । मान्छे प्राकृतिक रूपमा स्वतन्त्र हुन्छ र बुद्धिले यस्तो स्वतन्त्रतालाई स्थापित गर्न मदत गर्छ । हरेक मान्छेले स्वतन्त्रता पूर्वक, तार्किकता र बौद्धिक स्वायत्ततासंग जीवन यापन गर्न पाउनु नै सर्वोच्च मानवता हो । मानव नै सम्पूर्ण धर्म, संस्कृति, परम्परा, राजनीति, विज्ञान सबैको केन्द्र हो । मानव स्वतन्त्रता र अस्तित्वका विपक्षमा उभिने कुनै पनि विषयवस्तु र व्यबस्था अस्वीकार्य हुनुपर्छ ।

एम.एन रोयको मानवतावादी चिन्तन मूलतःव्यक्तिवादी स्वतंत्रता (Individual Liberty), वैज्ञानिक तर्क (Scientific Rationalism), नव नैतिकता (New Ethics) को तात्विक विशिष्टतालाई अंगीकार गरेर निर्मित भएको छ भने यसले रिलिजन, लोकतन्त्र र साम्यवादी व्यबस्थाहरूलाई मानवतावाद विरोधी शक्तिका रूपमा आलोचना गरेका छन् । Beyond Communism नामक पुस्तकमा रोयले ‘पूँजीले मानवभाग्य निर्धारण गर्छ’ भन्ने माक्र्सवादी सिद्धान्तको आलोचना गर्दै हरेक व्यक्तिको आफ्नो निजत्व हुन्छ र त्यही निजत्वमा मानव सुरक्षित र विकसित हुन्छ भनेका छन् ।

यसरी यी दूवै समकालीन मानवतावादीहरूले धर्म, संस्कृति, राजनीति, अर्थनीतिका तुलनामा मानव–जीवन र मानवमूल्यलाई बढी महत्व दिएका छन् । श्रीसिंहले नैतिकता, सेवा, सामाजिक न्यायलाई बढी महत्व दिंदै धार्मिकता र नैतिकतालाई पनि महत्व दिएका छन् भने एम.एन रोयले तर्क, विज्ञान र व्यक्ति स्वतंत्रतामा बलदिंदै धार्मिकतालाई अस्वीकार गरेका छन् । दूवैको मानवतावादी चिन्तनको बैचारिक दृष्टिकोण बुझ्दा सिंहको मानवतावाद नैतिकता, सेवा र शिक्षामा समर्पित छ भने रोयको मानवतावाद विज्ञान एवं व्यक्तिगत स्वतंत्रतामा केन्द्रित छ । सिंहको मानवतावादी चिन्तनले परम्परा र आधुनिकता दुवै दृष्टिकोणहरूलाई सम्मान गर्छ भने रोयको चिन्तन अतिआधुनिक र उग्रमानवतावादी रहेको छ ।

अन्त्यमा दूवैका मानवतावादी दृष्टिकोणले मान्छेलाई महत्व दिएका छन् भने पूर्णमानवतावादको स्थापनाका लागि मानवकल्याणकारी चिन्तन र सुधार यी दुवैको प्रमुख भूमिका भएको स्वीकार गरेका छन् । सिंहको मानवतावाद ज्यष्कितष्अ छ भने रोयको मानवतावाद उग्रपन्थी छ । नेपालीहरूले सिंहरुपी हिरालाई चिन्न सकेनन् भने रोयलाई भारतीयहरूले महत्वपूर्ण स्थान दिएर विश्वव्यापीकरण गरिरहेका छन् जव कि सिंहको समतामूलक मानवतावादी सिद्धान्त बढी स्वीकार्य र व्यावहारिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान बर्खास्तबारे प्रधानमन्त्रीः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने कारबाही गर्छ

काठमाडौँ। । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !

-नारायण गाउँले । हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले

‘यो पुरै घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन्’

-रामकुमारी झाँक्री । शनिबार बिहानै पार्टी कार्यालय पुग्दा मेरा सहकर्मी साथीहरू पहिले नै

किन चाहियो अब राजा ?

-जेपी गुप्ता । ज्ञानेन्द्र शाहजीले पढ्न नसकेको महात्मा गान्धीको एक उद्धरण छ ।