पर्व र विषालु घृणावाद



डा. गोविन्दशरण उपाध्याय
माघेसंक्रान्ति सम्भवतः सबैभन्दा प्राचीन वैदिक पर्व हो । यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन् । हामी सबै नेपालीहरूले आ–आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ । माघेसंक्रान्तिको हामी सबैमा शुभकामना ।
माघी होस् वा अन्य पर्वहरू घृणावादीहरूले कित्ताकाट गरेका छन् । नेपालीका पर्वहरूलाई ‘जातीय, नश्लीय’ घृणावादमा रुपान्तरित गर्ने दूषित प्रयत्न गरिरहेका छन् । तर तिनको दूषित प्रयत्न भन्दा नेपालीहरूको मौलिक “सहृदयता“ बढी बलियो छ । हामी सबै मिलेर आ–आफ्नो रितिरिवाजअनुसार मौलिक पर्वहरू मान्ने गरेका छौँ ।

हो, समय परिवेशअनुसार पर्वहरू मनाउने तौरतरिकामा केही फरक आएको छ तर मूल भने अवछिन्न छ । एउटा कुरा अलि चिन्ता गर्नु पर्ने भएको छ त्यो होः आत्मासंग जोडिएका पर्वहरू फैसनसरह क्षणिक रमाइलो गर्ने वा पर्वभेलाको नाममा आफ्नै छिमेकीहरूप्रति राजनैतिक घृणा पोख्ने (घृणावादीले छलछापट) का कारक बन्न थालेका छन् । पर्वहरूमा मनको पवित्रता, पर्वसंग जोडिएका प्रतिमानहरूप्रति पूर्ण समर्पण र पर्वका माध्यमबाट भौतिक तथा आध्यात्मिक उन्नयन सबैभन्दा महत्वपूर्ण विषय हुन् ।यदि हामीले आफ्ना पर्वहरू सतही रूपले मात्र मान्ने गर्यो भने यसको आत्मा मर्छ र क्रमशः सङ्क्रमित भएर यसको मौलिकतानै नष्ट हुन्छ । सचेत रहनु पर्छ र आफ्ना बालबालिका, किशोरकिशोरी लगायत छिमेकीलाई पर्वहरूको मौलिकतासंग परिचय गराउनु पर्छ ।

घृणावादले पर्वको आध्यात्मिक उन्नयनको पक्षलाई आत्मसात गर्दैन तर यसलाई उपयोग गरेर एकआपसमा परापूर्वकाल देखि सहकार्य गर्दै आएका समुदायहरूमा फाटो हाल्छ । मूलतः यी डलरवादी मात्र हुन्छन् कि एकेश्वरवादी हुन्छन् । जसले पुरानो नष्ट गरेरमात्र विकास हुन्छ भन्ने मान्यता राख्छन्, तेस्ता जडहरूले मौलिक पर्वहरूमा महत्व पाउनु हुँदैन । पर्वहरूका माध्यमबाट विषालु घृणावाद रोपिंदै छ, हामी सबै सचेत हुनु जरुरी छ । घृणावादीहरू पर्वभेलामा द्वन्द होस् भन्ने चाहन्छन् र यो चाहनापूर्तिको लागि राजनैतिक शक्तिसम्म प्रयोग गर्न सक्छन् ।

पर्वहरूको अवसर पारेर घृणावाद रोप्नेहरू धेरै छैनन् तर तिनको विषले नेपाली समाज विभाजित भएको अनुभव गर्ने धेरै छन् । पवित्र पर्वहरू विनम्रता र पवित्रतापूर्वक मान्नु/मनाउनुको सट्टा रक्सीको विज्ञापन गर्दै राजनैतिक नेतृत्वलाई मंचमा उभ्याएर आफ्नै छिमेकीलाई तथानाम गालीगलौज गरेको तीतो अनुभव हामीसँग छ । जामा जे–जस्तो दिए पनि मूलतः यी नेपाली संस्कृतिलाई निल्ने घृणावादी नै हुन् ।
यस वर्ष जाडोमा खडेरी लाग्यो । आकाशवाट पानीको एकबूँद झरेको छैन । मैले आफ्नो जीवनमा यस्तो अचम्म भोगेको थिइन । माघी मनाउँदै गर्दा शहरियालाई केही फरक नपर्ला तर हिमालदेखि तराईसम्मका कृषकहरूलाई मर्का परेको छ । तिनका लागि बोल्दिने केही छैन । शहरियाहरू ‘हामी सुकिलामुकिला र पैसावाल’ छौँ भनेर फुर्किनु पर्दैन, कृषकले अन्न उत्पादन गर्न सकेनन् भने भोकभोकै मर्नेहरूमा सहरिया पहिलो समाचार बन्ने छौँ ।

माघेसक्रान्ति हामी सबैको मौलिक तथा रैथाने पर्व हो । यो पर्वले हामीलाई आफ्नो जरोकिलोसँग जोड्छ । हामी प्रकृतिसंग जोदिन्छौँ । त्यसैले हामी सबैले प्रकृतिलाई माया गरौँ. प्रकृतिले हामीलाई माया गर्ने छ । हामी सबैको कल्याण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा

माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली