महालय पक्षसम्बन्धी केही निर्णयहरू
–प्राडा देवमणि भट्टराई ।
(क) पिताको जुन तिथि हो, पितृपक्षमा पनि यसै तिथिमा महालय श्राद्ध गर्नुपर्छ। पितामह प्रपितामह आदिको तिथिमा गर्न मिल्दैन ।
(ख) पूर्णिमा र चतुर्दशी तिथिहरूको महालय श्राद्ध अष्टमी, द्वादशी औंसीमध्ये कुनै एक तिथिमा गर्नुपर्छ ।
(ग) मातृनवमीमा
मातृपक्ष माता, पितामही, प्रपितामही एकपक्ष
पितृपक्ष– पिता, पितामह र प्रपितामह दोस्रो पक्ष मातामह पक्ष सपत्नीक मातामह, प्रमातामह, वृद्धप्रमातामह तेस्रो पक्ष
गरी यी तीन पक्षको श्राद्ध गर्न सकिन्छ।
(घ) पिता जीवित छंदै आमा मरेकाहरूले मातृ पितामही, प्रपितामही सहितको र अन्य पनि अविधवा मृतहरू भए अर्थात् सधवा स्त्रीहरूको अविधवा नवमी श्राद्ध गर्नुपर्छ।
(ङ) महालय पक्षमा तिथि गर्ने बेलामा पत्नी रजस्वला भए अष्टमी, द्वादशी, ओसी एवं भरणी, व्यतीपातमध्ये कुनै एक दिन श्राद्ध गर्नुपर्छ। तिथि सादृश्यका कारण तिथि नै लिनुपर्छ ।
(च) कन्या राशिमा सूर्य प्रवेश भएपछि महालय गर्ने भनिए तापनि आषाढबाट पाँचौंपक्ष जुन हो, त्यसैमा गर्नुपर्छ । अर्थात् आश्विन कृष्णपक्षमा महालय श्राद्ध गर्नुपर्छ ।
अर्को कुरा महालय पक्षमा कन्या राशिमा सूर्य सरेकै हुनुपर्छ भन्ने होइन। तर, यस पक्षको सुरुमा, बीचमा वा अन्त्यतिर नै गए पनि हुन्छ भनिएकाले कन्या राशिमा सूर्य रहनुमा अनिवार्यता छैन ।
(छ) मघा नक्षत्र हो भने हामीले पितृपक्षमा गर्ने श्राद्ध भनेको तिथिश्राद्ध हो । अतः महालय पक्षमा वा अरू बेला मघा नक्षत्र परेको भए श्राद्ध गर्न
हुँदैन, पिण्ड दिनुहुँदैन भन्ने कुरा अशास्त्रीय हो । मघामा कस्तोमा चाहिँ पिण्ड दिन हुँदैन भने जसले मघा नक्षत्रलाई निमित्त मानेर (तिथिनिमित्त होइन) मघाश्राद्ध गर्छ, त्यस्ताले पिण्डरहित मघाश्राद्ध गर्नुपर्छ। मघाश्राद्ध नैमित्तिक श्राद्ध होइ, वस्तुत काम्य श्राद्ध हो। अतः नक्षत्रपरक मघाश्राद्ध अपिण्डक हुन्छ। महालय पक्ष भनेकै तिथिश्राद्ध भएकाले मघासँग तिथिश्राद्धको सम्बन्ध छैन। मघा पर्यो भनेर महालय पक्षको
पिताको तिथि छोड्नु हुँदैन।
(ज) पितृपक्षभरि महालय हुन सकेन भने आश्विन शुक्ल पञ्चमीसम्मलाई गौण काल मानिएको हुँदा पञ्चमीसम्म श्राद्ध गर्न मिल्छ, गर्नुपर्छ ।
त्यसपछिका अष्टमी, द्वादशी, औंसी, भरणी र व्यतीपातमा पनि गर्न सकिन्छ।
(झ) गाईतिहारे औंसी (कार्तिक कृष्ण औंसी) सम्म श्रद्ध हुन सकेन र मार्गशीर्ष संक्रान्ति पनि लागेको छैन भने त्यस बीचमा निशिहरू, तिथि, वार आदिको विचार गरेर (जुराएर) महालय श्राद्ध गर्न सकिन्छ। यो अन्तिम अवसर हो। यसपछि अर्थात् मार्गशीर्ष संक्रान्ति लाग्यो, यस वर्ष महालय हुन सकेन भने दुरी अश्वस्य ज्यो… मन्त्रको १० महिनासम्म जप गरिरहनाले मात्र महालय श्राद्ध नगरेको प्रायश्चित हुन्छ र यस बीचमा ( १० महिनाभित्र) पर्ने एकोद्दिष्ट वा एकाहपार्वण आदि पितृहरूको तिथिश्राद्ध भने गर्दै जानुपर्छ ।
१० महिना जप्ने मन्त्र – ॐ दुरो अश्वस्य दुर इन्द्र गोरसि दुरो यवस्य वसुन इनस्पति। शिक्षानरः प्रदिवो अकामकर्शनः सखासखिभ्यस्तमिदं
गृणीमसि ।। (ऋग्वेद १/१५३/२. वेणीमाधव ढकाल सं. पू. २९७ बाट)
(ञ) महालयको श्राद्धकाल – दिनमानलाई पाँच भाग लगाएर चौथो भाग अर्थात् अपराह्नलाई लिनुपर्छ ।
श्राद्धकर्म पितृ र पुत्रहरूका लागि अत्यन्त उपयोगी कर्म हो। पितृतर्पण, पिण्डदान, ब्राह्मणभोजन आदि यसका मुख्य कर्म हुन्। यो कर्म तिथिप्रधान मानिएकाले निःसंकोच आफ्ना पितृ आदिको मृततिथिमा एकोद्दिष्ट वा एकपार्वण श्राद्ध गर्नुपर्छ भने महालय पक्षमा सम्भव भए सोह दिन नै आद्ध गर्नुपर्छ। सकिँदैन भने आफ्ना पिताको तिथिलाई निमित्त मानेर पितृपक्षमा त्यसै तिथिमा समस्त पितृहरूको महालय श्रद्ध गर्नुपर्छ।