गणितज्ञ राधानाथ सिकदरले सगरमाथा नै नआइकन कसरी नापे उचाइ ?



विश्व पौडेल ।

गणितज्ञ राधानाथ सिकदरले सगरमाथा नै नआईकन सगरमाथाको उचाइ मिलाएर त्यो नै संसारको सबैभन्दा अग्लो चुचुरो हो भनेकोमा म निकै पहिलेदेखि अचम्म मान्थें । नेपालमा भर्खर कोतपर्व भएको र एउटा पनि स्कुल नभएको त्यो जमानामा भारतमा बसेर कसरी त्यस्तो ठ्याक्कै पत्ता लगाए होलान् भन्ने सोच्थें । म सर्भेयर वा गणितज्ञ नभएकोले त्यो कत्तिको महत्वपूर्ण काम हो भन्ने मैले खुट्याउनसक्ने कुरा थिएन । तर अचम्म लाग्थ्यो ।

जर्ज एभरेस्टले सगरमाथा कहिल्यै देखेका थिएनन् । सन् १८५२ मा सगरमाथा सबैभन्दा अग्लो चुचुरो हो भनेर पत्ता लाग्दा उनी सर्भेयर जनरल पनि थिएनन् । अंग्रेजहरुले नेपालको आफ्नै नाम छ कि भनेर सोधेका थिए तर जवाफ पाएनन् भनिन्छ । हामीले स्थानीयलाई सोधेर नाम पठाएको भए त्यो चुचुराको नाम एभरेस्ट पनि रहन्नथ्यो होला । नेपाली भाषामा धेरैपछि बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिएका हुन् । हामीले पनि त्यसरी नयाँँ संस्कृत नाम दिनुभन्दा स्थानीय शेर्पाहरुले प्रयोग गर्ने गरेको नाम नै दिएको भए हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनता अक्सिन नपाएर छटपटिँदै मर्नु जम्मा एउटा सङ्ख्या हो भने चुनावमा कस्ले जित्ने भन्ने कौतुहल र सङ्ख्या हाम्रो जीवन हो !

नारायण गाउँले । कस्तो मनै अमीलो हुने ! पत्रकारितादेखि कलाकारितासम्म सक्रिय शोभा केसी

इतिहासको पुनर्लेखन !

डा. गोविन्दशरण उपाध्याय । इतिहासका पुस्तकहरू खोलेर पढ्दा दिक्क लागेर आउँछ, मन, बुद्धि

उत्तरदायीपूर्ण सरकार दिन संसद्सँग बृहत् नागरिक आन्दोलनको आह्वान

काठमाडौं । बृहत् नागरिक आन्दोलनले कोरोना संक्रमणको दोस्रो लहरले धेरैको मृत्यु हुनका साथै

सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ?

 – डा. रवीन्द्र पाण्डे । दोस्रो लहरको उछालसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको