ओलीलाई ज्ञानविज्ञानवादी भन्दै लामालामा वाक्यमा बधाई लेख्नेमा त उहाँहरू नै अगाडि हुनुहुँदो रहेछ ! चिन्नुहुन्छ ?



नारायण गाउँले ।

-केही महिना अगाडि खतिवडा सरले पुस्तक आयातमा समेत कर लगाउनुभो ! केही पत्रकार मित्रले विभिन्न तर्क दिएर त्यसको बचाउ र समर्थन गर्नुभो ।

तर आज त्यो कर हटाएकोमा विष्णु पौडेल र केपी ओलीलाई ज्ञानविज्ञानवादी भन्दै लामालामा वाक्यमा बधाई लेख्नेमा त उहाँहरू नै अगाडि हुनुहुँदो रहेछ ! चिन्नुहुन्छ ?

-कृषिमन्त्री घनश्याम भूसालले मल नल्याउने ठेकेदारलाई कारबाही गरेको भनेर प्रसंशामा स्ट्याटस लेख्ने पनि उहाँहरू नै हुनुहुन्थ्यो । तर कहिल्यै मलको कारोबार नै नगरेका र हरेक ठेक्कामा बदमासी गरेका घरबेटीले नै मल ल्याउने ठेक्का किन र कति कमिशनमा पाएका थिए भन्ने उहाँहरूले लेख्नुभएन । थप दिग्दारी त के छ भने, अझै पनि मलको ठेक्का उनैसँग छ । अनि धरौटी जफत भएको समाचार नि ?

भन्नुहोला, त्यो सही हो । मलमा करोडौंको अनुदान छ । ठेक्काको मोबिलाइजेशन भनेर २०-२५% पहिल्यै झिक्न र बाँड्न पाइन्छ । मल ल्याउनुपर्दैन । अनि सरकारले दुई तीन लाख धरौटी जफत गरेको र ठेक्का तोडेको अभिनय गर्छ, सकियो । ठेक्का दिने पनि आफै, पाउने पनि आफै, अनुदान पड्काउने पनि आफै, मल नल्याउने पनि आफै, कारबाही गरेको अभिनय गर्ने पनि आफै अनि बाँकी ठेक्का पनि आफ्नै ।

धान रोप्ने बेला मल आएन । धरौटी जफत भन्ने समाचार आयो । कहिल्यै नसुनिएको मल पैँचो माग्ने खबर आयो । अहिले गहुँ छर्ने बेला फेरि मल आएन । समाचार आयो, मल नल्याउने त फेरि पनि त्यही ठेकेदार रहेछ । मल त पक्कै आउने छैन तर फेरि कारबाहीको खबर भने आउनेछ र सरकारको फेरि प्रसंशा गर्न भने पाइने नै छ । जय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको