यौनका सवालमा फ्राइडको सिद्धान्तलाई वास्तविक ठानेर यौनव्यबहार गरे भने समाजबाट पतिपत्नीको नाता नै समाप्त हुन्छ



डा. गोविन्दशरण उपाध्याय ।

मान्छेको चरित्र होस् वा व्यक्तित्व दूवैको निर्धारण उ जन्मेको, हुर्केको र सिकेको समाजबाट निर्मित हुन्छ | यदि हामी नेपालमा जन्मेका छौँ भने नेपाली भूभाग, परिवेश, संस्कृति तथा सामाजिक परिवेशले हाम्रो “म” निर्माण भएको हुन्छ | हामी नेपाली हौँ किनभने हामीसंग नेपाली हुनका लागि पर्याप्त पृष्ठभूमि छन् |

सिगमन्ड फ्राइडको बुझाईको आँखाले युरोपेली वा अमेरिकी समाजको प्रतिनिधित्व गर्नु स्वभाविक हो तर कसैले सिगमन्ड फ्राइडको सिद्धान्तले नेपाली समाजलाई निर्देशित गर्छ भने त्यो व्यक्तिको अर्धसत्य बुझाईले समाज दिग्भ्रमित हुन्छ |

यदि नेपाली पतिपत्नी वा युवापुस्ताले यौनका सवालमा फ्राइडको सिद्धान्तलाई वास्तविक ठानेर यौनव्यबहार गरे भने समाजबाट पतिपत्नीको नाता नै समाप्त हुन्छ | यो सत्य हो कि हाम्रो शरीर कसैको सेक्स वा शुक्रकीट र दिम्वको प्रतिफल हो तर जुन स्त्री र पुरुषले फ्राइडको सिद्धान्तलाई मार्गदर्शकका रूपमा लिन्छ, उसले आफ्नो त घर विगार्छ नै अरूको घर पनि बन्न दिंदैन |

तेसैले पतिपत्नीको महत्वपूर्ण सम्बन्धलाई सधैं प्रेमपूर्ण, विश्वासीलो र घर बनाउन हरेक नेपाली महिला वा पुरुषले यहाँका धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यहरूको सम्मान गर्नुपर्छ | यदि प्रेम छ भने त्यो बजारमा होइन व्यबहारमा प्रकट हुनुपर्छ | त्यो प्रेम मौन रूपमा पनि निरन्तर रहन्छ | चिच्याएर बोल्दैमा धेरै प्रेम हुने र मौनतापूर्वक दोस्रोको हेरचाह गर्नुमा दोस्रो सधैं विजयी हुन्छ |

तेसैले अतिप्रगतिशील वा खुला बन्छु भन्दा दाम्पत्य जीवन असहज हुनसक्छ | एत्ति विचार गरौँ कि तपाईंको कर्म वा व्यबहार तपाईं वा तपाईं की श्रीमती/श्रीमान्लाई सहजरूपमा स्वीकार्य हुनैपर्छ | जति हामी सरल र सहज हुन्छौं, विना शर्त एकअर्काको हेरविचार गछौं, तेतिधेरै हाम्रो दाम्पत्य जीवन सरल र सुखी हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो

नारायण गाउँले । के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर