टाँगावालको उपदेश
डा. गोविन्दशरण उपाध्याय ।
२००२ मा भारतको रुपेडियाबाट नेपालगंज टाँगा (घोडा गाडी) मा आउंदै थिएँ | म अगाडी बसेको थिएँ | घोडा एताउति नहेरी ठकठक हिंडीरहेको थियो | म टाँगावाल संग गफ गर्न थालें |
“यो घोडा एताउति किन जाँदैन ?
“एसको आँखामा जगर बाँधिएको छ
“जगर भनेको के हो ?
“जगर आँखालाई अगाडी मात्र हेर्न मिल्ने गरी बनाएको टालो हो
“जगर नलगाए के हुन्छ ?
“घोडाले बाटो हिड्दाहिड्दै घोडी हेर्न थाल्छ, घाँस हेर्न थाल्छ अनि, हिड्न ढिलो हुन्छ |
“तोकिएको समयमा यात्रुलाई लक्षमा पुर्याउन सक्दैन
“घोडाकोझैं जगर लगाएर हिड्नेहरू सधैं सफल हुन्छन् |
“लक्ष नलिएर हिड्नेहरू घाँस/घोडीमा भड्किन्छन् |
“म संग बोल्न केही थिएन | म संग कुनै जगर थिएन |
………………………..
टाँगावालले बोलेका बचनहरू घांसीका भन्दा कम थिएनन् | आफ्नो लक्ष नभएका मान्छेले ठूलो लक्षलिएर देश, विश्वको प्रतिमान बदल्छु भन्नेलाई सघाउनु पर्छ | यही नै धर्मको मर्म हुन्छ |
नेपाललाई विश्वमा चिनारी दिनुछ र विश्वको सम्बृद्धतम मुलुक बनाउनुछ भने कि आफैले त्यो लक्ष निर्माण गर्नुस् र जगरलगाएको घोडाझैं एकमना भएर हिड्नुस्, होइन भने वृहत्तर लक्षसंग आफुलाई संगै उभ्याउनुस् |