दैनिक संक्रमितको संख्या चारदेखि सात सयको बीचमा किन ?



डा. रवीन्द्र पाण्डे |
..
बिगत धेरै दिनपछि दैनिक संक्रमितको संख्या ४०० – ७०० को बिचमा छ | सामान्यतया कोरोना संक्रमणको ट्रेण्ड यस्तो प्रकारको हुँदैन | रोग नियन्त्रण हुने समयमा जब कर्भ फ्ल्याट हुन्छ, त्यो अवस्थामा अहिलेको ट्रेण्ड देखिन्छ |

नेपालमा कोरोना संक्रमणको उच्च बिन्दु कहिले पुग्छ भन्ने बारे बैज्ञानिक आधार छैन | सरकारी, सामुदायिक तथा नीजी प्रयोगशालाबीच समन्वय गरेर जाँचको दायरा दैनिक पन्ध्र हजार पुर्याउन सकिन्छ | यसको लागि सरकारले स्टकमा रहेका स्याम्पल नीजी ल्याबलाई दिने तथा त्यसबापत नीजी ल्याबलाई सरकारले शुल्क तिर्न्र ब्यबस्था गर्दा आम जनतामा आर्थिक बोझ पर्दैन |

हामीकहाँ मोलिकुलर बैज्ञानिक, माइक्रोबायोलोजिष्ट तथा भाइरोलोजिस्टको दक्ष जनशक्तिलाई सरकारले उपयोग गरेको देखिएको छैन | त्यो दक्ष जनशक्तिलाई सामान्य सिस्टमबारे तालिम दिएर खटाउने हो भने २४ घण्टा नै परीक्षण गर्न सम्भव छ |
कोरोना भाइरस RNA भाइरस रहेको तथा RNA को छिट्टै नै नष्ट हुने भएको हुँदा कोल्ड चेन मेन्टेन नगरेमा तथा तत्काल परीक्षण नगरेमा RNA नष्ट भएर संक्रमितको PCR रिपोर्ट नेगेटिभ आउन सक्छ | यो तथ्यलाई ध्यान दिनु जरुरी छ |

भारतबाट नेपाल फर्किने नागरिकको गाउँमा, सिमावर्ती जिल्लामा तथा ठूला सहरमा परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा पुगेको छ भनेर यकिन गर्न सकिंदैन | त्यसैले परीक्षणलाई अभियानको रुपमा संचालन गर्नु जरुरी छ | स्वेच्छाले PCR टेस्ट गर्न चाहनेलाई Paying clinic वा निजि ल्याबबाट परीक्षण गर्ने ब्यबस्था पनि गर्न सकिन्छ | धनी व्यक्तिलाई राज्यले निशुल्क परीक्षण गर्नुभन्दा त्यो शुल्कलाई आम जनताको परीक्षणमा खर्च गर्नु न्याय संगत हुन्छ |

सरकारी तथा नीजि क्षेत्रका बिज्ञहरुले कोरोना संक्रमणको यो एकै गतिलाई विश्लेषण गर्नु जरुरी छ | यो विश्लेषण र ब्यापक परीक्षणबाट ४-५ दिनमै हामीले संक्रमणको गति र चरण बुझ्न तथा त्यहि अनुसार रणनीति बनाउन सहयोग मिल्नेछ |
अन्यथा हामीलाई कोरोना संक्रमण भुसको आगो भएको छ कि उच्चबिन्दुमा पुगेर झर्दैछ भन्ने यथार्थता थाहा हुँदैन | यथार्थता थाहा नभएको अवस्थामा कुहिरोको काग बन्नुको कुनै बिकल्प हुँदैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी