टीकाहरूको पुन: मूल्यांकन
डा. गोविन्दशरण उपाध्याय ।
श्रीशंकराचार्यले श्रीमद्भागवतगीताको ज्ञानयोग मूलक व्याख्या गरे, श्री रामानुजाचार्यले भक्तियोग मूलक र भारतीय राजनीतिज्ञ बालगंगाधर तिलक, महात्मा गांधी र डा. राधाकृष्णनले कर्मयोग मूलक व्याख्या गरे | नेपालीमा पनि कविराज गौतमले भक्ति मूलक र कुलचन्द्र गौतम प्रभृत्ति विद्वानहरूले ज्ञानपरक बाटो अवलम्बन गरेका छन् |
गीताको ज्ञानयोग मूलक व्याख्या गर्नेहरू थूप्रै छन्, भक्तिमूलक व्याख्या गर्नेहरूको पनि ठूलो सङ्ख्या छ | स्मार्तहरूले गीतालाई तेतिध्यान दिएका छैनन् यद्यपि बालगंगाधर तिलकले पछिल्लो पटक गीताको महत्वबुझेर ज्ञानधारा र भक्तिधारा भिन्न गीताको कर्मयोगी सिद्धान्तमा जोड दिए |
गीताले ज्ञानयोग, भक्तियोग र कर्मयोगको अभ्यासमा जोड दिन्छ | तर आजको नेपाली तथा भारतीय परिपेक्षमा उपरोक्त तीनैबटा दृष्टिकोणको प्रचारप्रसारले वर्तमान समस्याको हल निक्लन सक्दैन |
ज्ञान हुनु राम्रो कुरा हो तर ज्ञान प्राप्त गरेर संसारलाई माया ठान्नेहरू निकै कम छन् | भक्ति गरेर आफुलाई भगवानको दास, प्रपन्न, शरणका लागि संसारलाई तुच्छ ठान्ने पनि भेट्न गारो छ | हो, व्यबहारमा “कर्म”को महत्व बढेको छ तर गीताले भनेझैं निष्काम कर्म आजको दार्शनिक र मनोबैज्ञानिक मार्गचित्रसंग मेल खाँदैन |
आजको सन्दर्भमा ज्ञान तथा भक्तियोग सुविधाजनक जीवन प्रणाली भएका मान्छेहरूका लागि “मनोरन्जन”को साधन भएका छन् भने कर्मयोगको दार्शनिक तथा व्याबहारिकता परिवर्तित भएर व्यक्तिगत स्वार्थमा रूपान्तरित भएको छ |
जतिबेलासम्म वैदिक सनातन संस्कृतिमा धर्मका तत्वहरू सुरक्षित थिए, तेस वखतसम्म ज्ञानयोग, भक्तियोग र कर्मयोगसहितका अभ्यासहरूको औचित्य प्रगाढ थियो तर आजको परिवेशमा गीताका उपरोक्त व्याख्याहरूले रुपान्तरित गर्न सक्दैन |
क्रमशः: