असल नागरिक बन्न प्रण गरौँ



 डा. रवीन्द्र पाण्डे

१. म नेपाल सरकारका नियम, निर्देशन तथा अपिल पालना गरेर कोरोना संक्रमणबाट बच्न र बचाउन प्रतिबद्ध छु |
२. मैले आफुले जानेको ज्ञान, सिप तथा अनुभव कोरोना रोकथामको लागि अर्पण गर्नेछु |
३. मैले यस्तो महामारीमा भ्रष्ट्राचार, अकर्मन्यता, ढिलासुस्ती, कमिसन तथा कालोबजारी गर्नेछैन | मलाई थाहा छ यो मानवता बिरुद्धको अपराध हो |
४. म तथा मेरो परिवारलाई कोरोना संक्रमणको लक्षण देखिएमा लुकाउने छैन | सरकारी प्रयोगशालामा जांच गराएर पोजिटिभ देखिएमा नियम अनुसार आइसोलेसनमा बस्नेछु, बसाउने छु |
५. म बाहिरबाट नेपाल आएको व्यक्ति भए नियम अनुसार क्वारेन्टाइनमा बस्नेछु | क्वारेन्टाइनबाट भाग्ने छैन | क्वारेन्टिन अबधि पुरा गरेपछि कोभिड १९ नेगेटिभ देखिएमा आफ्नो थातथलोमा गएर त्यहाँको क्वारेन्टाइनमा बस्नेछु | संक्रमण देखिएमा आइसोलेसन बेडमा बसेर निको भएपछि मात्र आफ्नो थातथलो गएर क्वारेन्टाइनमा बस्नेछु |
६. मैले हेल्चेक्र्याई गरेमा मेरो परिवार, आफन्त र प्रिय व्यक्तिहरुमा यो रोग सर्छ भन्ने मलाइ थाहा छ |
७. मलाइ ज्वरो आउने, खोकी लाग्ने लगायत भएमा म घरमा छुट्टै बस्नेछु | रुघाखोकी समयमा निको नभए वा गाह्रो भएमा स्वास्थ्य संस्थामा जानेछु |
८. मेरो टोल, गाउँ तथा समाजमा कोहि नयाँ व्यक्ति आएमा स्थानीय निकायलाई खबर गर्नेछु |
९. मैले कोरोना संक्रमित वा कोरोना संक्रमणबाट निको भएका व्यक्तिलाई घृणा गर्ने, नराम्रो ब्यबहार गर्ने लगायत गर्ने छैन |
१०. सकभर म घरभित्र सुरक्षित बिधि अपनाएर बस्नेछु | घर बाहिर जानुपरेमा सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउनेछु | ३ जनाभन्दा धेरै संगै हिंड्ने छैनौं | अन्य व्यक्तिसंग ६ फिटको भौतिक दुरी कायम गर्नेछु |
११. मैले नाक, मुख तथा आँखामा सकभर छुने छैन | साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने वा नाक / मुख / आँखामा हात पुर्याउनेछु |
१२. घर, कार्यालय लगायत सम्बन्धित ठाउँलाई संक्रमणरहित बनाउनेछु |
१३. खोक्दा, छ्युं गर्दा म मान्छे नभएको ठाउँमा गएर कुहिनो तिर गर्नेछु | अनि स्यानिटाइजरले हात सफा गर्नेछु |
१४. मास्क, टिस्युपेपर, पंजा आदिलाई बाटोमा फाल्ने छैन | निश्चित ठाउँमा डिस्पोज गर्नेछु |
१५. थुक्ने बानी त्याग्नेछु |
१६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा सफाइकर्मीलाई निरुत्साहित गर्ने छैन |
१७. दैनिक ब्यायाम, योग, ध्यान, हर्बल टि सेवन, पोषिलो खाना तथा प्रशस्त पानी गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउनेछु |
१८. चुरोट, सुर्ती, रक्सीको सेवन गर्ने छैन |
१९. भीडभाडमा जाने छैन |
२०. जेष्ठ नागरिक तथा जोखिम समुहलाई सहयोग गर्नेछु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी