यसरी हुँदैछ चीनविरुद्ध अमेरिकी षड्यन्त्र
राजन पौडेल।
कोरोना भाइरसको महामारीले यतिबेला विश्व सकंकटग्रस्त बनेको छ । महामारीबाट विश्वभर झडै ४५ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । झण्डै तीन लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ । यस मध्ये १४ लाख भन्दा बढी मानिस निको भएर घर फर्केका छन् ।
महामारीबाट कम प्रभावित भएको तथ्याङ्क रहेपनि कोरोना संक्रमणबाट नेपालसमेत अछुतो छैन ।
चीनको वुहान शहरबाट सुरु भएको यो महामारीले विश्वकै सर्वशक्तिमान राष्ट्रहरुलाई घुँडा टेकाएको छ । अमेरकाको चिकित्सकीय प्रणाली निकम्मा सावित भएको छ । वेलायत, स्पेन, इटली, फ्रान्स जस्ता चिकित्सा विज्ञानमा अग्रणी मुलुकहरु कोरोना विरुद्ध सही ढंगले लड्न सकेनन् । कोरोना भाइरसको प्रभावले गलाउँदै लग्दा विश्व दुई ध्रवमा बाँडिन लागेको छ । भाइरसको उत्पति र प्रभावबारे शक्ति राष्ट्रहरुबीच राजनीतिक तनाब बढरहेको छ ।
महाशक्ति राष्ट्र अमेरिका र महाशक्तिको होडमा अघि बढिरहेको चीनबीच कोरोना भाइरसलाई लिएर वाकयुद्ध चलिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका सल्लाहकारहरु कोरोना भाइरसको षड्यन्त्रको सिद्धान्त लेख्न र बोल्न व्यस्त छन् ।
चिनियाँ विदेशमन्त्रालयका अधिकारीहरु र चिनियाँ सरकारी संचारमाध्यमहरु अमेरिकाविरुद्ध आगो बनेका छन् । विश्वमा नयाँ ढंगको शीतयुघ सुरु हुने भन्दै चिन्ता बढेको छ ।
यसैपनि अमेरिका र चीनबीचको व्यापार युद्धले तनावग्रस्त बनेको विश्व यी दुई शक्ति राष्ट्रबीच हुने कुनै पनि तनावले झनै चिन्तित बनेको छ ।
बास्तवमा भाइरसको उत्पति भएको चीन र अमेरकाबीच किन यति धेरै तनाव बढ्दैछ यसका लागि क्यालेण्डरलाई पछाडि फर्काउँदै डिसेम्बर २०१९ को अन्तिम हप्ता पुग्नुपर्छ ।
घटनाक्रम
सन् २०१९ को डिसेम्बर अन्तिमतिरबाट चीनमा श्वासप्रश्वास सम्बन्धि समस्या देखियो । चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको यो समस्याको खोजी हुँदै गर्दा सन् २००३ मा देखिएको प्राणघातक रोग सार्स जस्तै भएको पत्तालाग्यो । वुहानमा नयाँ रोग देखिएलगत्तै वुहान म्युनिसिपल हेल्थ कमिसनले सूचना जारी गर्दै निमोनया जस्तै देखिने नयाँ रोगका बिरामीलाई प्रभावकारी उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दियो । डिसेम्बर ३१ मै चीनको नेशनल हेथ कमिसन (एनएचसी) ले विज्ञहरुको समूह उहान पठाएर नयाँ रोगको महामारीबारे अनुसन्धान गर्न लगायो । सोही दिन वुहान म्युनिसिपल हेल्थ कमिसनले निमोनियाका २७ केस कन्फर्म भएको जानकारी सार्वजनिक गर्दै
निमोनिया रोग थप फैलन सक्ने भन्दै जानकारी गराएको थियो ।
सन् २०२० को जनवरी २ मा चीनको सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सन(चाइना सीडीसी) र चाइनिज एकेडमी अफ मेडिकल साइन्सेस (सीएएमएस)ले रोगको जानकारी प्राप्त गर्न चार जना बिरामीको नमूना लिएको थयो । र, सोही दिन नेशनल हेल्थ कमिसनले रोगको प्रारम्भिक पहिचान, उपचारका लाग प्रारम्भिक क्वारेन्टाइन र आज्ञात कारण उत्पन्न भाइरल निमोनया नियन्त्रणका लागि गाइडलाईन तयार पारेको थियो ।
चीनले यो नयाँ रोगबारे विश्व स्वास्थ्य संगठनलाई जनवरी ३ का दिन पहिलो पटक जानकारी गराएको थियो । सोही दिन चीनले हङकङ, मकाओ, ताइवान र अमेरिकालाई निमोनया फैलिएको घटनाबारे जानकारी गराउँदै सावधानी अपनाउन आग्रह गरेको थियो ।
जनवरी ४ मा चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्डड पिभेन्सन (सीडीसी) प्रमुखले अमेरिकाका सीडीसी निर्देशकलाई टेलिफोन गरी निमोनया फैलिएकोबारे जानकारी गराएका छन् । दुई पक्ष यसबारे निरन्तर सम्पर्कमा रहने र सूचनाहरु आदनप्रदान गर्न एवं प्राविधिक सहयोग गर्ने विषयमा सहमत भएका थिए ।
जननवरी ५ मा वुहान युनिभर्सल हेल्थ कमिशनले प्रयोगशाला नतिजा सार्वजनिक गर्दै यो रोग इनफ्लुएन्जा, एभियन इनफ्लुएन्जा, एडेनोभाइरस, सेभियर एक्युट रेस्परेटोरी सिन्ड्रोम कोरोनाभाइरस (सार्स कोरोना भाइरस) जस्तो रोग नभएको देखायो । लगत्तै चीनले विश्व स्वास्थ्य संगठनलाई प्रयोगशालाको नतिजाबारे जानकारी गराउँदै नयाँ भाइरसको संक्रमणबारे जानकारी गरायो । यसपछि सोही दिन अर्थात् जनवरी ५ मै विश्व स्वास्थ्य संगठनले अज्ञात कारण देखिएको निमोनया आउटब्रेकबारे पहिलो पटक सूचना जारी गर्दै विश्वलाई जानकारी गरायो ।
जनवरी ७ मा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङले पार्टी केन्द्रीय कमिटीको पोलिटब्यूरो स्थायी कमिटी बैठक आह्वान गरी वुहानमा अज्ञात कारण निमोनयाको महामारी फैलन सक्ने भएका कारण यसकाविरुद्ध तत्काल सक्रिय बन्न पार्टी कमिटी र सरकारका अंगहलाई निर्देशन दिए ।
चीनको सीडीसीले पहिलो पटक नोभल कोरोना भाइरसको स्ट्रेन छुट्याृन सफल भयो । जनवरी ८ मा चीन र अमेरकाका सीडीसी प्रमुखहरुबीच टेलिफोनमा नोभल कोरोना भाइरसबारे सूचना र प्राविधिक सहयोग आदान प्रदानबारे पुनः छलफल भएको थियो । जनवरी ९ मा चीनले डब्लुएचओलाई फैलँदो महामारीबारे थप जानकारी गराएको थियो । वुहानमा देखिएको भाइरल निमोनियाको कारण पत्ता लगाउन प्रारम्भिक सूचना आदान प्रदान गरेको थियो । सोही दिन डब्लुएचओले आफ्नो वेवसाइटमा विज्ञप्ति जारी गर्दै छोटो अवधिमै नोभल कोरोना भाइरसको प्रारम्भिक पहिचान हुनु उल्लेखनीय उपलब्धि भएको जनाएको थियो ।
जनवरी ११ मा वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीले टेष्टिङ कीट्सको विकास गर्यो । चीनको नेशनल हेल्थ कमिसनका प्रमुख स्याओवेई र डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम ग्रेबियसबीच महामारीबारे टेलफोनमा कुराकानी भएको थियो ।
जनवरी १२ मा वुहान म्युनिसिपल हेल्थ कमिसनले आज्ञात कारणले फैलिएको भाइरल निमोनया’ नामलाई नयाँ नाम दिँदै नोवल कोरोना भाइरसको कारण फैलिएको निमोनया’ रुपान्तरण गरेको थियो । जनवरी १२ मा वुहानमा नोवल कोरोना भाइरसबाट संक्रमति हुनेको संख्या ४१ पुगेको थियो । सोही दिन डब्लुएचओले आफ्नो वेवसाइटमार्फत चीन भन्दा बाहिर थाइल्याण्डमा पहिलो पटक नोवल कोरोना भाइरसको बिरामी फेला परेको सार्वजनिक गरेको थियो ।
जनवरी २२ मा चिनियाँ राष्ट्रपतिले फ्रान्सका राष्ट्रपति इमानोअल म्याक्रोनलाई टेलिफोन गरी आफ्नो देशमा फैलिएको भाइरसबारे जानकारी गराएका थिए । म्याक्रोनले चीनलाई जस्तोसुकै चिकित्सकीय सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जनवरी २२ मा जर्मन चान्सलर एन्जेला मार्केल र राष्ट्रपति सी बीच भाइरसकै विषयमा टेलिफोन वार्ता भएको छ । मार्केलले चीनले भाइरस पहिचान गरेर समयमै लड्न गरेको तयारीबारे चीनको प्रशंशा गरेकी थिइन ।
जनवरी २३ मा पहिलो पटक अमेरिकामा नोवल कोरोना भाइरसको बिरामी देखापरेको जानकारी अमेरिकाको सीडीसीमार्फत सीडीसी चीनले प्राप्त गरेको थियो भने यसलाई चीनको नेशनल हेथ कमिशनले रेकर्ड गरेको थियो ।
र, जनवरी २३ मै वुहान इपिडेमिक प्रिभेन्सन एण्ड कन्ट्रोल हेडक्वार्टरले सूचना जारी गर्दै वुहानमा बिहान १० बजेदेखि वुहान शहरमा प्रवेश गर्ने र बाहिर जाने सडक मार्ग, रेलमार्ग, जलमार्ग, हवाईजहाज आवतजावतमा रोक लगाएको थियो । त्यसपछिका घटना क्रमबारे त आम विश्व धेरैनै जानकार छ ।
फैलँदो भाइरस
चीनले आफ्नो मुलुकभित्र देखिएको नयाँ रोगको बारेमा विश्व स्वास्थ्य संगठन र अमेरिका, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया सहित बाँकी देशलाई समयमै जानकारी गराएको थियो । तर, चीनमा देखिएको रोग चीन भित्रै रहने अड्कलवाजी बाँकी देशहरुले गरेर गम्भीर गल्ती गरे । जनवरी २३, २०२० मा चीनले वुहान शहरमा लकडाउन गर्यो । सडक, रेल, हवाई र पानीजहाजहमा प्रतिबन्ध लगायो । चीन सबैभन्दा बढी प्रभावित बन्यो । वुहानबाहेक बाँकी स्थान सुरक्षित गर्न चीनलेसबैखाले उपाय अपनायो । अन्य देशलाई संवेदनशील बन्न आग्रह गर्यो । तर, कोरोना भाइरसबाट मानिस मर्ने क्रम बढ्न थाल्यो । संक्रमतिको संख्या हजारौं पुग्यो । विश्व स्वास्थ्य संगठनले विदेशी राष्ट्रहरुलाई पनि भाइरसविरुद्ध तयारी अवस्थामा रहन भन्यो ।
जनवरी २९ मा चिनिया विदेशमन्त्री याङ जेइचीले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग छलफल गरेका छन् । पोम्पियोले चीनले भाइरस नियन्त्रणमा गरेको प्रयास सराहनीय भएको टिप्पणी गरेको समाचार चीनको सिन्ह्वा न्यूज एजेन्सी र अमेरिकाको फक्स न्यूजमा प्रकाशित भएको थियो ।
तर, जसै कोरोना भाइरस चीनबाट अन्य देशमा समेत प्रवेश गर्यो । विश्वभर अफरातफरी मच्चिन थाल्यो । चीनभन्दा बाहिर पहिलो मृत्यु फिलिपिन्समा भयो । दक्षिण कोरियाको चर्चमा कोरोना भाइरस फैलियो । दक्षिण कोरियाले द्रुत गतिमा भाइरस नियन्त्रणको पहल गर्यो ।
असफल अमेरिका
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनको भाइरसले अमेरिकालाई खासै प्रभाव नगर्ने दाबी गरेका थिए, यसबेलासम्म पनि ।
ट्रम्पले कोरोनाविरुद्धको लडाइँमा चीनले सही दिशामा काम गरिरहेको भन्दै प्रशंशा गरिरहेका थिए ।
भाइरसले विश्वव्यापी रुप लिन थालिसकेको थियो । इटली स्पेन लगायत यूरोपका मुलुकहरु प्रभावित भैसकेका थिए ।
यतिबेलासम्म पनि अमेरिकी राष्ट्रपतिले ठूलाठूला सार्वजनिक सभाहरु गर्दै डेमोक्रेटहरुलाई गाली गर्दै समय बिताए । अमेरिका यति धेरै निश्चिन्त बन्यो कि सर्वशक्तिमान महाशक्तिलाई कोरोना भाइरसले माखो मार्दैन । तर, अमेरिकामा कोरोना भाइरस प्रवेश गर्यो । अमेरिकी जनता संक्रमिमत बन्दै गए । वासिङटन डीसी, न्यूयोर्क, क्यालिफोर्निया, जस्ता राज्यमा संक्रमण बढ्दै गयो । न्यूयोर्कमा मानिस मर्ने क्रमले रफ्तार लियो । परिणाम आज अमेरिका कोरोना भाइरसको सबैभन्दा चपेटामा छ । १४ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोनाबाट ९० हजार भन्दा बढी अमेरिकीहरुको मृत्यु भइसकेको छ । अमेरिकी अस्पतालहरुमा अफरातफरी मच्चिएको छ । भाइरसलाई रोक्न न त चिकित्सकहरु तयारी अवथामा थिए, न त भौतिक तयारी नै थियो । यसबाट बुझ्न सकिन्छ अमेरिकाले विश्व महाशक्ति बन्नका लागि बर्षेनी खर्बौं डलरको खोलो बगाइरहेको त थियो तर, चिकित्सा विज्ञान त भुत्ते पो रहेछ । चिकित्सा अनुसन्धानमा सबैभन्दा अग्रणी मुलुक भनेर दाबी गर्ने अमेरिका कोरोना भाइरसबाट बच्न टेष्टिङ कीट्स, पीपीई सेट र भेन्टिलेटरको अभावमा छटपटाइरहेको छ । कोरोना
भाइरसले देखाइदिएको छ, अमेरिक स्वास्थ्य सेवा निकम्मा सावित भएको छ ।
षड्यन्त्रको सिद्धान्त
जब अमेरकामा कोरोनाको चपेटा बढ्दै गयो, राष्ट्रपति । उनका सल्लाहकारहरुमा वेचैनी उत्पन्न भयो । र, त्यसपछि मात्र उनीहले चीनमाथि आरोपको बर्षा सुरु गरे । उनीहले कहिले चीनले कोरोना भाइरसबारे विश्वलाई समयमै सूचित नगरेको आरोप लगाए भने कहिले विश्व स्वास्थ्य संगठनलाई प्रभावित गरेर चीनले गलत तथ्य बताएको टिप्पणी गरे । अमेरिकी धुरीमा रहेका अष्ट्रेलिया, बेलायत जस्ता मुलुक पनि अमेरिकी आरोपकै पछि लाग्दै गए ।
कोरोना भाइरस चीनको वुहानबाट फैलएकोमा कुनै दुई मत छैन । तर, पहलो घटना कसरी भयो, मानिसमा कसरी सर्यो, जनावरबाट जनावरमा सर्ने भाइरस मानिसमा कसरी आयो भन्नेबारे अनेक अड्कलबाजीहरु अझै भैरहेका छन् । अमेरिकालगायत पश्चिमा सरकारहरुले यतिबेला चीनलाई वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीको प्रयोगशालाबाट भाइरस बाहिरिएको आरोप लगाइरहेका छन् । तर, अमेरिका, वेलायत, अष्ट्रेलिया, जापान लगायत देशका प्रख्यात भाइरोलोजिष्टहरु, जेनेटिक वैज्ञानिकहरु कोरोना भाइरस कुनै प्रयोगशालाबाट निस्केको नभै जनावरबाट मानिसमा सरेको पुष्टि गर्दैछन् । अधकांश संक्रामक रोगमा जस्तै यो नयाँ कोरोनाभाइरस पनि चमेरोबाट अन्य कुनै जातको जीवमार्फत थाहै नपाईकन मानिसमा सरेको हुनसक्ने बताइरहेका छन् ।
अब यता, चीनविरुद्ध भने यही भाइरसको नाममा षड्यन्त्रको नयाँ सिद्धान्तको प्रतिपादन गरिएको छ । राजनीतक रुपमा कसैलाई नङ्याउन पर्यो भने यस्तो षड्यन्त्रका अनेकौं सिद्धान्त प्रतिपादन गर्दै आएको छ । कोरोना भाइरसको महामारीले नराम्ररी नांगिएको अमेरिकाले चीनलाई दोषी देखाउन यस्तो सिद्धान्तको सहारा लिएको छ ।
वैज्ञानिक तथ्यलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरिरहेका छन् । तत्य बताउने वैज्ञानिक सल्लाहकारहरु राष्ट्रपतिको सल्लाहकारबाट धमाधम निकालिँदै छन् । चीन सम्पूर्ण रुपले दोषी हो भन्नेहरु अहिले ह्वाइट हाउसको प्रिय बनिरहेका छन् ।
यतिबेला, राष्ट्रपति ट्रम्प र विदेशमन्त्री एर्व सीआईएका पूर्व निर्देशक माइक पोम्पियो दाबीका साथ भन्दैछन्, कोरोना भाइरसको उत्पति वुहानको भाइरस प्रयोशालामा भएको हो । तर, उनकै मुलुक सहित, वेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्ड बीचको जासुसी सूचना आदान प्रदानमा वैज्ञानिक तथ्यका आधारमा कोरोना भाइरस वुहानको योगशालामा नभै वुहानको बजारबाट सरेको दाबी गरिएको छ ।
अर्थात्, शक्तिशाली ट्रम्प र उनका दाहिने हात पोम्प्ओि चीनविरुद्ध षड्यन्त्रको सिद्धान्त अनुसार मात्र आरोप लगाउँदैछन् । किनकी केही महिना भित्रै अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ । ट्रम्पलाई पुनः राष्ट्रपति बन्नुपरेको छ । अमेरका भित्रै उनको लोकप्रियता दिनदिनै खस्कँदै गएको छ । यसैले ट्रम्पले राष्ट्रवादी गोराहरुको सबैमत प्राप्त गर्नका लागि चीनलाई आरोपित गरिरहनु आवश्यक छ । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा ‘रसिया कार्ड’ सिद्धान्त प्रयोग भएको थियो । सन् २०२० मा ट्रम्पले‘चाइना कार्ड’ सिद्धान्त प्रयोग गर्न खोजेका छन् । ट्रम्पलाई चुनाव जित्छु भन्ने विश्वास सकिँदै गएको छ । अमेरिकाको आन्तरिक राजनीतिक लप्काले चीनलाई पोलेको छ । र, चीन पोलिँदा यसको दीर्घकालीन असर सम्पूर्ण विश्व नै बन्ने आधार तयार हुँदैछ ।