फेडरिक सेगल र म्याक्समूलर



डा. गोविन्दशरण उपाध्याय ।

पहिले जर्मन विद्वान म्याक्समूलर कै कुरा गरौँ किनभने यी हाम्रो समाजमा बढी प्रसिद्ध छन् | सन् १८५० मा जर्मन विद्वान म्याक्स-मूलरले पश्चिमा र पूर्वेली आर्य जातको कल्पना गरेका थिए | वैदिक इतिहासमा म्याक्समूलरको “आर्य जाति हुन्” भन्ने कल्पना उनको सबैभन्दा ठूलो अपराध हो जुन आजसम्म तिनले दिएको गहिरो घाउँ लिएर वैदिकहरू बाँच्न बाध्य छन् |

म्याक्स-मुलर (१८२३-१९००) जर्मन विद्वान हुन् जसलाई ईस्ट-इन्डिया कम्पनीले इन्दोलोजीको बाइबल अनुकुल अनुवाद गर्न गरे यद्यपि म्याक्स-मूलर आफैमा इसाईप्रति गहिरो आस्था राख्ने व्यक्ति थिएनन् | इनले हितोपदेशको अनुवाद गरेर पुस्तक छपाउँदा आफ्नो नाम “नारायण म्यासमूलर राखेका थिए” जसले उनी संस्कृतप्रति कति असक्त थिए भन्ने तत्थ्य प्रष्ट पार्छ |

उनले वैदिक चिन्तनलाई पश्चिमासम्म पुर्याउने काममा ठूलो कार्य गरेका छन् तर विलियन जन र हरबर्ट होपले वैदिकहरूका बीचमा फाटो उत्पन्न गराएर पश्चिमी सुप्रिमेसी लाद्न गरेको “आर्य” तथा “आर्यआक्रमणको सिद्धान्त”लाई अझैं सवल बनाएर वैदिक सभ्यता र संस्कृतिप्रति घोर अपराध गरेका छन् |

अझैं उदेक लाग्दो तत्थ्य के छ भने आर्य जात होइन भन्ने सिद्धान्त प्रतिपादन भैसकेको अवस्थामा पनि (आधुनिक पश्चिमा इतिहासकारहरूले आर्य जात होइन भन्ने स्वीकार गरिसकेका छन्) हाम्रा नेपाली तथा भारतीय विद्वानहरू ज्यान छोडेर आर्यहरूलाई “जाति र आक्रमण”कारी सिद्ध गर्न ज्यान दिएर लागेका छन् |

अर्को अझै रोचक तत्थ्य के छ भने जर्मनबाट धर्मप्रचारकको रुपमा भारत आएका फेर्डिक सेगल (१७७२- १८२९) ले संस्कृत भाषाको गहन अध्ययन गरेर र तेसका आधारमा “भारतीय उपमहाद्वीपका मान्छेहरूले युरोपेली संस्कृतिको स्थापना गरेका हुन” भन्ने सिद्धान्तको स्थापना गरे जसलाई संक्षेपमा (ओआइटी) भनिन्छ | तर उनको यो सिद्धान्तलाई तेस बखतका कुनै पनि विद्वानहरूले महत्व दिएनन् किनभने सेलगको सिद्धान्त स्वीकार गर्नुको अर्थ पश्चिमा-सुप्रिमेसीका विरुद्ध थियो |

एउटा इसाई धर्मगुरू भएर पनि सत्यका पक्षमा लाग्ने यी विद्वानको आजभोली पनि चर्चा हुँदैन किनभने पुन: एसले पश्चिमेली सुप्रिमेसी र बाइबलको सुप्रिमेसीलाई चुनौती दिन्छ भने संस्कृत भाषानै युरोपेली भाषाको जनक भएको इनको मान्यता आज धेरैले इनको नाम नै उल्लेख नगरी प्रचारप्रसार गरिरहेका छन् |

म्याक्समूलरलाई संस्कृत साहित्य र संस्कृतिको ठूलो विद्वान तथा उपकारक ठान्नेहरूले म्याक्समूलरले आफ्नै स्वदेशी सेगलको अनुसन्धानलाई किन वेवास्था गरेका रहेछन् भन्ने बुझ्नुपर्छ | यो तत्थ्यलाई जोनाथनको भनाईले बल मिलेको छ |

यदि निरपेक्ष रुपले म्याक्समूलर र सेगलले बुझेको भारतवर्षीय सभ्यताको समीक्षा गर्ने हो भने इसाई धर्म प्रचारक भएर पनि सेगलले इतिहासका सवालमा इमान्दारीको बाटो अपनाएका छन् भने म्याक्स-मूलरले आफ्ना अन्नदाता इष्ट-इन्डिया कम्पनीको नूनको सोझो गर्दै सबै वैदिक ग्रन्थहरूको अनुवाद गर्दा “इसाई पन्थ र बाइबलको सुप्रिमेसी” रक्षा गरेका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी