लिपुलेक र नेकपा
शारदाप्रसाद त्रिताल ।
नेकपा अढाइ वर्षदेखि एकलौटी रुपमा सत्तामा छ । २०६४ सालपछि कुनै न कुनै रुपमा अहिलेका नेकपाका नेताहरु सरकारको नेतृत्व गरेका वा सरकारमा बरिष्ठ पदमा रहेका व्यक्तित्व नै हुनुहुन्छ ।
ल विगतका सरकारले ध्यान दिएनन् अरे । अहिले नेकपाका बरिष्ठ नेता एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री केही महिना अगाडि हेलिकोप्टरमा सो क्षेत्रको निरीक्षण गरेर आएको भन्ने खबर सुनेको हो ।
त्यतिवेला सडक बन्न शुरु भएकै हुनु पर्छ । त्यसरी बन्दै गरेको सडक निरीक्षणमा नदेखिएको हो वा देखेर पनि जानकारी नगराइएको हो थाहा
भएन ।
राज्य संयन्त्रका विभिन्न अंगले पनि जानकारी गराएकै हुनुपर्छ । अहिले मिडियामा आएपछि सत्तारुढ दल नेकपाले बक्तव्य निकालेर विरोध जनाउनु गज्जव छ । जनतालाई वेकूप बनाएको हो कि आफू वेकूप बनेको हो बुझी नसक्नु भयो।