भुत्ते राष्ट्रवादले जन्माएको लुते तानाशाह



–स्वागत नेपाल
संसारभरि जहिले पनि जहाँ पनि भुत्ते राष्ट्रवादले कि लुते तानाशाह जन्माउँछ कि जनतामा निरासा र वितृष्णा जन्माउँछ । निरासा र वितृष्णाका कारण फेरि कि भीडतन्त्र जन्मिन्छ कि स्पष्ट विचार सहितको वौद्धिक विद्रोह जन्मिन्छ । भीडतन्त्रले अमुक अमुक हिरोइजम स्थापित गर्छ । र, समस्याको दीर्घकालीन विचार सहितको होइन कि सरकारले केही गर्न नसकेकोले जनतामा उब्जिएको रीस फेर्न तात्कालीक समाधान खोज्छ । अनि केही समयपछि विलाएर जान्छ ।वौद्धिक वैचारिक विद्रोहले सुसुप्त रुपमा बन्दै नयाँ विचार सहितको समाधान लिएर आउँछ ।

सरकारबाट विश्वास र सुरक्षा नपाएपछि पत्रकारले प्रहरीको काम गर्न थाल्छ अनि प्रहरीले सिनेमाको हिरोजस्तो बनेर फेक इन्काउन्टरहरु पनि गर्न थाल्छ । पक्राउ गर्न नपर्नेलाई पक्राउ गर्छ, पक्राउ गर्नै पर्नेलाई पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै इन्काउन्टर गरिदिन्छ । स्यावासी पनि पाउँछ र प्रोमोसन पनि हुन्छ । गुण्डालाई मारि नै दिने गैरन्यायिक कानुनी सफाया सबैथोक भए पनि कोही केही बोल्दैन किनकि राज्यको अकर्मण्यताबाट सबै आजित भएका हुन्छन् ।

यो सबैको वीचमा आफूलाई शक्तिशाली देखाउन शासकले पनि आदेश निर्देशको भरमा शासन चलाउन खोज्छन् । अदेशको भरमा शासन चलाउने र हुकुमीतन्त्र अर्थात् अध्यादेशराज अर्को शब्दमा डिक्रीक्रेसीले मुलुक चलाउन खोज्ने भ्रममा आफैँ जाकिन पुग्छन् ।
नेपालमा अहिले ठ्याक्कै यस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी