बेमौसमी बाजा भन्नु पनि वेकार नै हो



शारदाप्रसाद त्रिताल । 

राजनीति बक्र रेखामा चल्छ भन्ने कुरा सबैलाई थाहा भएकै हो ।राजनीतिको प्रकृति नै अस्थिर हुनु हो । नेपालमा मात्र होइन राजनीतिक मूल्य मान्यता कमजोर भएका संसारका अधिकांश देशमा हुने यस्तै हो ।

प्रधानमन्त्रीय पद्धति मान्ने अनि प्रधानमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्दा विरोध गर्ने यो मिल्दो भएन ।

२०४८ सालपछि धेरैजसो प्रधानमन्त्रीले यस्ता अधिकारको प्रयोग कुनै न कुनै रुपमा गरेकै देखिन्छ । यस्ता अवसरमा आआफ्नो डम्फू सबैले बजाएकै हुन् ।

बेमौसमी बाजा भन्नु पनि वेकार नै हो । अहिलेसम्मका यस्ता सबै कार्य मौसमको भविष्यबाणी आँकलन गरेर भएका छैनन् । हुन पनि सक्तैनन् ।

समस्या के हो भने राजनीति अस्थिर हुँदा राज्यका स्थायी संयन्त्र चलायमान हुन सक्ने बनाइएन । संवैधानिक अंगहरुदेखि लिएर गाउँपालिका वा नगरपालिकाका वडा कार्यालयसमेत दलगत राजनीतिका अखडा बनाइएका छन् ।

केन्द्रको राजनीति अलिकति यताउता हुनासाथ यी सबै संयन्त्र दलगत सोच अनुसार विभाजित हुन पुग्छन् र जनतामा पुर्याउने सेवा अवरुद्ध हुन्छ ।

यदि जनताको हितमा आधारित राजनीति चेतना हुन्थ्यो भने सबैभन्दा पहिले राज्य संयन्त्र बलियो बनाउन सबैले ध्यान दिने थिए ।

अहिले संघीय संसदमा हुने हुन् वा प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरु हुन् करीब ९८ प्रतिशत दलहरु २०४८ सालदेखि कुनै न कुनै रुपमा सत्ता सम्हाल्दै आएका होइनन् ?

अहिलेसम्म राज्यका स्थायी संयन्त्रलाई बलियो बनाउन कसैले ध्यान दिएको देखिएको छ ? सबैको ध्यान आफु, आफ्नो परिवार, नातागोता, दाता, गुट र दलको हित बाहेक अन्यत्र गएको देखिएको छ ?

२०७२ सालमा महाभूकम्प आयो, सक्नेहरुले कमाए नसक्नेले गाथा गाए, अहिले कोरोनाको कहर पनि त्यसैगरी जान्छ, फेरि चुनाव आउँछ हामीले मत दिएर जित्ने त अहिलेका अधिकांश नेता नै हुन् । त्यसैले यो नियमित प्रक्रिया हो भन्छु म त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी