सरलता र सुख



डा.गोविन्दशरण उपाध्याय ।

कसैको लागि जिन्दगी सजिलो छ भने कसैको लागि यही सगरमाथा चढ्नु भन्दा पनि गारो छ | सवैको लागि जीवन बाध्यता हो | प्राण रहेसम्म बाँच्नैपर्छ |

प्रकृतिले गरीव र धनी भन्दैन | आज प्रकृतिले धनि र गरीवलाई एकै ठाउँमा उभ्याईदिएको छ | धनि र गरीव मान्छेको स्वार्थको परिणाम हो तर रोग, भोक र वृद्धावस्थाले धन हेर्दैन |

धनले सुख र खुसीको ग्यारेन्टी गर्न सक्दैनन् केवल पूर्वाधारको ग्यारेन्टी गर्न सक्छन् | धनि होस् वा गरीव सबैसंग उसको एउटा शरीर छ | शरीर रहेन भने धनि पनि रहन्न गरीव पनि रहन्न |

धन भएका मान्छेहरू मनका भिखारी हुनसक्छन् भने भिखारी मनले अत्याधिक धनि हुनसक्छन् | प्रश्न धेरै वा थोरै सहयोगको होइन, कुरो सहयोगी भावनाको हो |

मेरो लागि जिन्दगी सहजता, सरलता र प्राकृतिक स्वीकृति हो | अनावश्यक महत्वाकांक्षा अभिमान जगाउँछ, केही मान्छे तेस्तो अभिमानको रक्षा र विस्तार गर्न जोडिन्छन् | अनि, अप्राकृतिक जीवन आरम्भ हुन्छ |

प्राकृतिक जीवन (सहजता, सरलता) स्वीकार गरेर सुखी रहने कि महत्वकाक्षी जीवन अवलम्बन गरेर अप्राकृतिक (जटील, असहज) जीवन बाँच्ने ? निर्णय आफैले गर्ने हो |

सुखी र दुखी जीवन आफ्नै हातमा छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको निजामती प्रशासन कस्तो हुनुपर्छ ?

-गजेन्द्रकुमार ठाकुर ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका

बौद्धचिन्तनको दोश्रो पाटो

डा. गोविन्दशरण उपाध्याय । सिद्धार्थ गौतम राजकुमार थिए । तर त्यो राजवंश कुनै

नेपाली राजनीतिमा ‘अन्धभक्त’को पुजामा मौलाएको ‘हिरोवाद’

-डा. युवराज संग्रौला  नेपाली राजनीतिमा दुईवटा विकृतिले, जरा गाडेका छन् । १. जो

कुनै पुरुषले तपाईंको इच्छाविपरीत ब्रत बस्न जबरजस्ती गर्यो भने….

नारायण गाउँले । विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन्