आर्यघाटमा मृतक घटेको बारे



केहि अनलाइन पोर्टल तथा सामाजिक संजालमा आर्यघाटमा मृतकको संख्या घटेकोमा बिभिन्न अड्कलबाजी हेरेको थिएँ | ती अड्कलबाजी भन्दा कारण फरक छन् |
१. लक डाउनको कारण उपत्याका बाहिरबाट सिकिस्त बिरामी एम्बुलेन्स वा हवाइजहाज वा निजि साधनबाट काठमाडौं ल्याउन असंभव भएकोले त्यस्ता व्यक्तिको निधन ( हृदयाघात, सक्, स्वाश अबरुद्ध आदि कारण ) आफ्नो ठाउँमा भएकोले |
२. लक डाउनको कारण सडक दुर्घटना तथा हवाइ दुर्घटना शुन्य भएकोले |
३. अत्यधिक मदिरा सेवन गरेर हुने मृत्युको लागि रेस्टुरेन्ट / होटेल बन्द भएकोले |
४. लक डाउनको कारण अपराधिक कार्य ( कुटपिट, हत्या हिँसा, बलात्कार ) शुन्यप्राय : भएकोले |
५. लक डाउनको कारण फ्रस्टेसन कम भएको, सबैजना घरमै बस्ने भएकोले आत्महत्या गर्नेको संख्या नगन्य भएको तथा बिष किन्ने पसल बन्द भएकोले |
६. अस्पतालमा बिभिन्न रोगका अपरेसन स्थगित भएकोले | अस्पतालमा सिकिस्त बिरामी पुर्याउन सक्ने अवस्था नभएकोले |
७. आर्यघाटमा दाह संस्कार गरेमा मोक्ष पाइन्छ भन्ने धारणाले उपत्यका बाहिरबाट पनि मृतक ल्याइन्थ्यो, त्यो अहिले असम्भव भएकोले |
. उपत्याकाभित्र तर अलि टाढा मृत्यु भएका व्यक्तिलाई आर्यघाट ल्याउन असम्भब भएकोले स्थानीय घाटमै दाह संस्कार भएकोले |
९. बाहिरको खाना, भोजभतेर आदिले कहिलेकाँही गम्भीर फुड प्वाइजनिंग भएका थिए | घरमा पकाएको सफा र ताजा खाना खाँदा त्यो खतरा हटेकोले |
१०. बाँच्ने अभिलाषा तीब्र भएकोले |
११. विदेशबाट आउने नेपालीका शव आउन बन्द भएकोले ।

– अन्य कारण जस्तै बाताबरण राम्रो भएर, खानपिन राम्रो भएर लगायतका सकारात्मक पक्षको प्रभाव अहिलेको अहिल्यै परिणाममुखी भएको मान्नु हतार हुनेछ |

डा. रवीन्द्र पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी