देश निर्माणमा महिला पुरुषको समान सहभागिता



-दीर्घराज प्रसाई

पृथ्वीनारायण शाहलाई, भारतमा अंग्रेजको अत्याचार देखेर, हिमवत्खण्डका हिन्दुराज्यहरुको एकीकरण गर्ने जातृत भएर पृथ्वीनारायण शाहको नेतृत्वमा ५४ भन्दा बढी हिन्दु राज्यहरुलाई एकीकृत गरेर बनेको उसबेलादेखिको नेपाल हिन्दु अधिराज्य हो !

विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । ‘विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्डका थुप्रै स–साना हिन्दु राज्यहरु–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुर, बाइसे, चौबिसे, पाल्पा, कास्की लगायत ५४ भन्दा बढी हिन्दु राज्यहरुलाई एकीकृत गरेर बनेको उसबेलादेखिको नेपाल हिन्दु अधिराज्य हो । हिन्दु अधिराज्य नेपालको सार्वभौमसत्ता, एकता र पहिचानसँग जोडिएको स्रोत हो ।

पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाईनैं ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दुअस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवतखण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुबै राष्ट्रबाट विश्वभर हिन्दु दर्शन,संस्कृति र सभ्यताको विस्तार भएको हो । प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई संसारका देशहरुले ठूलो महत्व राख्दै आएका छन् ।

इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ ।

अनादिकालदेखिनै श्रृषिमुनीहरुको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण,अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरु कैलास–मानसरोवरदेखि गगासम्मकै भूभागमा सिर्जिएका हुन् ।
जनक राजाले मिथिला क्षेत्रमा हजारौंबर्ष अगाडि सच्यताको विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिहरुले वेदका ऋचा लेखेका थिए ।

तेइससय बर्ष अगाडि अशोकले यसक्षेत्रका सभ्य र सुसंकृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चारुमतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरु थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुमामा थियो । अहिले पनि हामीहरु वशिष्ट गुफा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– “भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ ।

विदेशी अधिक्रमणको कारणले भारतमा हिन्दुअस्मिता नष्ट गराउने काम भयो । भारतमा अंगे्रजहरुबाट हिन्दुअस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन । तर गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरुमा विभाजीत हिमवतखण्डका राज्यहरुको एकीकरण गरेर समयमैं विश्वभरमा हिन्दुहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर राख्ने काम गरे । यसउसले यो भूमि कहिले पनि बिटुलो भएन ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरणको महायक्षमा सक्रिय बनेर कान्तिपुर विजय गरेपछि कान्तिपुर, ललीतपुर, भक्तपुरमा इसाईहरुले प्रभाव जमाएर धर्मपरिवर्तन गराइरहेको थाहा पाएर उपत्यकाबाट इसाई पादरी केपुचीन अन्य इसाईहरुलाई निस्कासन गरेका थिए ।

इसाईहरुलाई यो क्षेत्रबाट लखेटेपछि उनीहरु नेपालको हिन्दु अधिराज्य र पृथ्वीनारायण शाहसँग आक्रोशित भएकाले नेपालमा हिन्दुत्व र पृथ्वीनारायण शाह र उनले एकीकरण गरेको भूमिलाई ध्वस्त बनाउन पर्खेर बाटो हेरर बसेका थिए । नेपालमा उनीहरुले चाहेको जस्तै माओवादीहरु भेट्टाए । उनीहरु मार्फत नैं यृथ्वीनारायण शाहको शालीक भत्काउने, राष्ट्रिय एकता ध्वस्त गराउनमा सरिक गराए । यिनै माओवादीले कथित जनयुद्धको बेला पृथ्वीनारायण शाहको शालीक भत्काउने अभियान चलाए ।

स्मरणरहोस् जयप्रकाश मल्लको समयमा कान्तिपुरमा अंग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्र्ने पादरीहरु ‘ब्यापारको साथ बाइबल र बाइबलको साथ तरबार’ भन्ने उक्ति पृथ्वीनारायण शाहलाई जानकारी भइसकेको हुँदा यस्ता परचक्रीहरुलाई थुम्थुम्याएर राखिछाड्नु भन्दा, उपत्यका विजय गरेपछि, क्रिस्चियन धर्म प्रचारक पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले, केपुचिन पादरी आक्रोशित हुँदै पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर झुुठा कुरा बेलायतका रमन्ते कर्कपेट्रिकलाई लेख्न लगाएका थिए ।

तर पृथ्वीनारायण शाह त्यस्ता क्रुर थिएनन् र आफ्नो कब्जामा आइसकेका राज्यका जनताको संरक्षण गर्नु राजाको कर्तव्य हो भन्ने कुरा उनलाई राम्ररी थाहा थियो । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ ? यिनैं झुठा कुराहरुलाई कतिपय नेपाली लेखकहरु समेतले उद्धृत गर्ने कुकर्म गरेकाले पनि अरु धेरै भ्रम थपिन गएको हो । वास्तवमा यी सबै झुठा र पृथ्वीनारायण शाहलाई वदनाम गर्ने षडयन्त्रहरु थिए । कीर्तिपुरेहरुको नाक काटियो भन्ने हारिएको कुरालाई तीललाई पहाड बनाउने काम भएको हो ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, भेषभूषमा विभाजित नेपालीहरुलाई एक नेपाली जातिमा परिणत गराएका थिए । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तरभाषाको रुपमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझो सरकारी भाषाको रुपमा स्वतः रुपान्तर भयो । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठीत गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राती राती भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाएको थियो । कानफट्टा योगीहरुले त्यसबेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे । फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ ।

घर घरबाट हरेक नरनारीहरुमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो । खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृत स्थल लगायत बिवाहहरुमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो । यो पनि अध्यावधि नेपालीहरुले बिवाहको शुभलगनको बेलामा इतिहासको पाठ स्वरुप खाँडो जगाइन्छ ।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नैं थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चित्तित थिए । उता इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दु धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरुलाई आक्रमण गर्ने, मार्ने, मंदिर भत्काउने, धम्क्याउने अनेकौ अत्याचार फिरङ्गीहरुको देखेर हिवतखण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर प्रेरणा हिमवत्खण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जातृत गराएको थियो ।

नेपालको एकीकरण गर्ने उदेश्यबाट नैं प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोर्खामा ल्याएका थिए । पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्ने इसाईहरुलाई धपाएकाले त्यही डाहाले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राखेर २०६३ सालपछि माओवादीले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस हटाउन बाबुराम भट्टराईको दबाबमा गिरिजाप्रसाद र उनका गृहमंत्री कृष्ण सिटौलाले हटाएका थिए ।

त्यस्ता पुगपूरुषको तेजोवध गर्ने गद्दाहरुकोको लहैमा लागेर हामी नेपालीहरुले आफ्रनो राष्ट्रका धरोहर, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरेर आफ्नो अस्तित्व मेटाउने काम नगरौं !

अत: नेपालको स्थिरता, एकता र सार्वभौमसत्तालाई सुदृढ राख्न स्थायी संरक्षकको रुपान राजसंस्था तथा युगयुगदेखि आफ्रनो पहिचान देखाएर उभिएको हिन्दुअधिराज्य नेपाललाई यथावत कायम राखेर समान रुपमा देश निर्माणमा महिला पुरुषको सहभागीता हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यक्तित्व र व्यक्तित्व विकार

डा. गोविन्दशरण उपाध्याय । व्यक्तित्व चिन्तन, भावनात्मक प्रतिक्रिया, सम्वन्धको निर्वाह, सन्तुलित क्रियाकलाप र

कोरोनाको दोस्रो लहरको अवस्था यस्तो छ

 – डा. रवीन्द्र पाण्डे। .. – गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ ।

आक्रोशी तर विवेकी युवा नेतृत्वको अपरिहार्यता

केशवप्रसाद भट्टराई । १. नेपालको समस्या न भारत हो न अमेरिका हो, न

विवाद पर्दा धर्म सम्झौं

डा. गोविन्दशरण उपाध्याय । विवादे धर्ममनुस्मरेत् (चासू–४७०) वादविवाद वा झगडाका वखतमा धर्म सम्झनु