बाँदर र बाघ



डा. गोविन्दशरण उपाध्याय ।

एउटा जङ्गल थियो | तेस जङ्गलमा एउटा वादर र एउटा बाघ एक्लै वस्थे | एक दिन वादरलाई निकै निराशा उत्पन्न भएछ | एक्लोपनका कारण उ मर्न चाहन्थ्यो | नजिकै गुफ़ाभित्र बाघ सुतिरहेको थियो | उसले गुफामा गएर सुतिरहेको बाघको कान तान्यो | बाघ रिसाए उठ्यो – को मर्न चाहन्छ मेरो कान तानेर ?
नजिकै उभिएको वादरले भन्यो “म मर्न चाहन्छु, मलाई खानुस्”
“तर तँ किन मर्न चाहन्छस् ? – बाघले सोध्यो
“म यो जंगलमा एक्लो भएँ, मेरो कोई पनि साथी छैन, म बाँचेर के गर्नु ? वांदरले भन्यो |
अनि, बाघले सोध्यो ‘तैले मेरो कान तान्दा कसैले देखेको त थिएन ? बाघले सोध्यो |
“छैन महाराज” – वांदरले विम्रतापूर्वक भन्यो |
बाघले एताउति हेर्यो, आंग तान्यो | अनि अलिकति वांदरतिर फर्केर भन्यो
“तैले कान तानेको मलाई निकै मन पर्यो | अझैं दुई पटक मेरो काम तान | तँ झैं म पनि त एक्लो छु | अव मिलेर बसौं |”

मित्रताको खाँचो सबैमा हुन्छ | एक्लोपनले सबैलाई खान्छ | एक्लोपनले उदासी, निराशा र आत्महत्याको इच्छा निम्त्याउँछ | सानोठूलो, धनिगरीव तथा अन्य प्रकारका विभेद र सीमाहरू छोडेर मित्रता गासौं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको पदको गरिमा र मर्यादालाई बारम्बार यसरी अवमूल्यन गर्नु पनि शोभनीय भएन,हजुर !

केशवप्रसाद भट्टराई । १. ठिक बेठिक आफ्ना ठाउँमा होलान् तर नागरिकता विधेयकमा सत्तारूढ

मनोविज्ञान कि चित्त विज्ञान ?

डा. गोविन्दशरण उपाध्याय । आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ । सन् १९०२ मा

विधेयक खारेज भएपछि कथित सिन्दूरसँग साटिने भनेको नागरिकता रोकिन्छ त ?

नारायण गाउँले । ‘विदेशी बुहारीलाई एउटा हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने

दोष चोलेन्द्र शम्सेरको हुँदै होइन, दलहरू, राज्य संयन्त्र र संविधानको हो

केशवप्रसाद भट्टराई । दोष चोलेन्द्र शम्सेरको हुँदै होइन, दलहरू,राज्य संयन्त्र र संविधानको हो