‘बाधक शिवमाया होइनन्, प्रचण्ड हुन्’



नारायण गाउँले ।

धेरै माओवादी मित्रहरू उपसभामुखको जोशप्रति आक्रामक देखिनुभएको छ । खासमा शीतल निवासदेखि बालुवाटारसम्मको मलमा हर्लक्क फुलेको त्यो जोशिलो फूल कुनै बाधक होइन ।

खोइ त सभामुखको उम्मेदवार छान्न सकेको ? चार महिना हुन लाग्यो, सभामुख जस्तो पद रिक्त भएको, अझै बाँडफाँड़ र लेनदेन मिलेको छैन । उपसभामुख पनि हावामैं खालि गराउने ? अनि दुबै पद अर्को चार महिना खालि राख्ने ? चार महिनामा मिलाउन नसकिएको हिसाब के उपसभामुखकै कारण बिग्रिएको हो र ?

बाधक शिवमाया होइनन्, प्रचण्ड हुन् । प्रचण्डले सभामुखमा माओवादी दाबी छोड्नेबित्तिकै यो प्रकरणमा पूर्णविराम लाग्छ । पार्टी एकीकरणका नाममा सबै शीर्ष पदमा हात धुनुपर्दा र कार्यालय सहयोगीको भूमिकामा खुम्चिनुपर्दा प्रचण्डलाई पनि गाह्रो छ र ओलीजीलाई पनि फेरि एमसिसि सदनमा छिर्नै नदिने सभामुख बनाउन सजिलो छैन । आम जनतालाई पचासको ठाउँमा पाँच सय अर्ब आउने पक्का भयो भनेर झुटो गफ गरेको कुरो, सदनसम्मैं नपुगी तुहिन दिनु पनि भएन ।

हलो आफै अट्काएर दोष जति शिवमायालाई ? बरू ओलीले त कम्तिमा ‘साहसी र क्रान्तिकारी’ छवि बनाइदिएका छन्, प्रचण्डले त दोषमात्रै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

के नेपाली पर्यटक होइनन् ?

डा. गोविन्दशरण उपाध्याय । एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ