पत्रकार डेकेन्द्र थापाको नाममा



नारायण गाउँले ।

पत्रकार डेकेन्द्र थापालाई ‘सुराकी’को आरोपमा तत्कालीन माओवादीले जिउँदै गाडेको त पढ्नुभएकै थियो होला ।
अस्ति प्रचण्डको हातबाट उनै डेकेन्द्र थापाको नाममा स्थापित पत्रकारिता पुरस्कार वितरण भएछ । सबैले स्वर्गीय डेकेन्द्र थापा अनुकरणीय, कर्मठ र असल पत्रकार भएको बताए !

कृपया ‘के भयो त ?’ भनेर मलाई गाली नगर्नुहोला । जे भयो मैले त्यही लेखेको हुँ ! एउटा असल मान्छे युद्धका नाममा जिउँदै गाड़िएका रहेछन् भन्ने उहाँलाई पनि लाग्यो होला । उसो त सामन्तवाद विरुद्धको युद्ध भनिएको थियो, तर मारिने १७ हजार मध्ये कुनै एउटा सामन्तको नाम भन्नुस् त भनियो भने, कसले भन्न सक्ला ? आज त्यो युद्धमा सामिल भएकाहरूले कम्तिमा कुनै एक सफायामा त गर्व गर्न सक्नुपर्ने र यो व्यक्ति मारिनै पर्ने थियो र मारियो भनेर छाती चौड़ा गर्न सक्नुपर्ने हो । सामन्तको नाममा यदि आम सर्वसाधारणमात्रै मारिएको हो भने त्यो युद्धलाई कसरी सफल र महान् भन्न सकिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

के नेपाली पर्यटक होइनन् ?

डा. गोविन्दशरण उपाध्याय । एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ