बलिउडकी  नृत्य निर्देशक सरोज खानको हृदयघातका कारण निधन


प्रसिद्ध नृत्य निर्देशक सरोज खानको निधन भएको छ । बलिउडकी प्रसिद्ध नृत्य निर्देशक सरोज खानको निधन भएको हो ।  गएराती १ बजेर ५२ मिनेट जादा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनको हृदयघातका कारण निधन भएको छ ।

उनको जन्म सन् १९४८ मा मुम्बईमा भएको थियो । उनले स्वतन्त्र नृत्य निर्देशकका रूपमा सन् १९७४ देखि गीता मेरा नाम फिल्मबाट कलाक्षेत्रमा थालेकी हुन् ।

सरोजले श्रीदेवीसँग नगिना र चाँदनी फिल्ममा पनि काम गरेकी थिइन् । माधुरी दीक्षित र श्रीदेवीको करीयरलाई उचाइमा पु¥याउन उनको भूमिका उच्च रहेको बताइन्छ ।