तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक



तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक भएको हो ।

प्रतियोगितामा क्याम्पियन स्कुल, लगनखेल, कक्षा आठमा अध्ययनरत सुश्री सुयेन भट्टराई प्रथम भएका छन् । त्यसैगरी गण्डकी बोर्डिङ्ग स्कुल, लामाचौर, पोखरामा कक्षा सातमा अध्ययनरत श्री आशिबा गुरुङ द्वितीय र द सेलिब्रेसन को–एड स्कुल, गोठाटार, काठमाडौँमा कक्षा सातमा अध्ययनरत श्री अमन बस्नेत तृतीय भएका छन् । श्री पन्चकन्या माद्यामिक विद्यालय, छाउनी काठमाडौँमा अध्ययरत सुश्री सरिता रम्तेलले सान्त्वना पुरस्कार जितेका छन् ।

प्रथम हुने सुश्री सुयेन भट्टराईलाई राजधानीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको १३ औं वर्सिकोत्सवको अबसरमा आयोजना हुने कार्यक्रमबीच टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै दोश्रो, तेश्रो तथा सान्त्वना हुने विद्यार्थीहरुलाई तक्मा तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकै थलोमा अग्रज र अनुज कलाकार

अन्नपूर्ण (कास्की) । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा

रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

नारायण ढुंगाना, काठमाडौँ । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस

हस्तकलामै जीवन लेख्ने मछिन्द्र

डम्मर बुढामगर, बागलुङ । भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग

आधुनिक गीत सङ्गीतले हराउँदै ‘सोरठी नाच’

बागलुङ। बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’