बिहीबारदेखि काठमाडौंमा ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ हुने



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी बिहीबार काठमाडौमा कलाकारद्वय धर्मराज शाक्य (नेपाली) र झेन झोन्गी(चीन) को ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ ।

संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो । नेपाली कला, संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात प्रवद्र्धन र बजारीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका मेलाहरु आयोजना गर्दै आएको संघले विहीबारदेखि काठमाडौको बबरमहलस्थित नेपाल कला परिषद्मा कला प्रदर्शनी आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा प्रदर्शनीका संयोजक तथा संघका महासचिव शान्तकुमार श्रेष्ठले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको जानकारी दिए ।

प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रर्दशनीमा २२ वटा गणेशका चित्रका साथै १० वटा नेपाली मुर्ति र कलाकार झेन झोन्गी(चीन)का ३० वटा चित्र प्रदर्शनी राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हस्तकलामै जीवन लेख्ने मछिन्द्र

डम्मर बुढामगर, बागलुङ । भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग

आधुनिक गीत सङ्गीतले हराउँदै ‘सोरठी नाच’

बागलुङ। बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’

बादलुको घुम्टोले…

नारायण ढुंगाना, पोखरा । सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क

ललितकला पुरस्कार कलाकार गुरुङलाई

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान