काठमाडौँ । नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार काठमाडौं आइपुगेका छन् ।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । लिउले आजै अपरान्ह ४ बजे परराष्ट्रमन्त्री नारायण खड्कालाई र त्यसपछि साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छन् । चीनको विदेश नीति र सम्बन्धमा सीपीसी विदेश विभागले महत्वपूर्ण भूमिका राख्छ । त्यस कारणले पनि लिउको भ्रमणलाई प्राथमिकताका साथ हेरिएको छ ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट भएको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए । नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्नटनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।



प्रतिक्रिया