काठमाडौं । नेकपा एमालेले निर्वाचनमा पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् । निर्वाचनका क्रममा अन्तरघात भएको भन्दै परेका उजुरीमाथि छानविन गरी उक्त समितिले कारबाही सिफारिस गर्नेछ ।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचनको समयमा अनुशासनहीनता र अराजकता भएको भन्दै उजुरी परेको र उजुरीमाथि छानविन गर्न समिति बनाउने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया