काठमाडौं । रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएको हो ।
निर्वाचन आयुक्तहरूको बैठकले उक्त निर्णय गरेको उनले जानकारी दिए । लामिछानेले पहिले घण्ट मात्रै प्रस्ताव गरेका थिए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । तर उजुरीको दाबी नपुगेको भन्दै आयोगले उजुरी खारेज गरेको छ ।

प्रतिक्रिया