भारतमा एकैदिन १२ हजारलाई कोरोना सङ्क्रमण


भारतमा कोभिड सङ्क्रमण ह्वात्तै बढेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमण दरमा ४० प्रतिशतले वृद्धि भई १२ हजार २१३ जनालाई कोभिड सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अधिकांश सङ्क्रमण दिल्ली र महाराष्ट्रमा भएको बताइएको छ ।

भारतमा अहिले ५८ हजारभन्दा बढी सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । अहिलेसम्म भारतमा चार करोड ३२ लाखभन्दा बढी मानिसलाई कोभिड सङ्क्रमण भएको छ भने पाँच लाख २४ हजारभन्दा बढी मानिसको कोभिडको कारणले मृत्यु भएको छ । त्यस्तै भारतमा झन्डै दुई अर्ब मात्रा खोप लगाइएको छ।