फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ गएका छन् । एएफपीको प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको यो पहिलो पटक हो । उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्नेछन्, । कीभले इयुको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो।

प्रतिक्रिया